कौडीको मूल्यमा पशुपतिनाथको जग्गा प्रयोग गर्दै त्रिभुवन विमानस्थल, १ रोपनीको भाडा ४४ रुपैयाँ
काठमाडौं, ११ असोज । पशुपतिनाथको नाममा भएको हजार रोपनीभन्दा बढी जग्गा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले अतिकम भाडामा भोगचलन गर्दै आएको छ । विमानस्थलले प्रयोगमा ल्याएको एक हजार एक सय ६१ रोपनी जग्गाको भाडाचाहिँ प्रतिरोपनी मासिक ४४ रुपैयाँ मात्र छ। बर्सेनि २३ लाख २२ हजार मात्रै तिर्दै आएको विमानस्थलले गत वर्षदेखि बढाएर १ करोड पुर्यायो।
भेटीघाटीबाट उठ्ने रकमबाट जेनतेन पूजाआजा चलाउँदै आएको पशुपति विकास कोषले आफ्नै जग्गाबाट चाहिँ न्यूनतम मूल्य पनि पाएको छैन । २०३९ सालदेखि उक्त जग्गा प्रयोग गरेबापत विमानस्थलले प्रतिरोपनी २३ पाथी धानको दरले तिरो तिर्दै आएको थियो । कोषले भने पशुपति क्षेत्र विकास कोष ऐन बनाएसँगै ०४४ सालदेखि नै एक हजारभन्दा बढी रोपनी जग्गा प्रयोग गरेबापत वार्षिक २३ पाथी धान मात्र तिरेर नहुने भन्दै मौखिक ताकेता गर्दै आएको छ ।
कोष सञ्चालक परिषद्को बैठकमा भने सात वर्षदेखि विमानस्थलले बर्सेनि तिर्ने रकम अत्यन्त कम भएको भन्दै बढाउनुपर्ने भनी निर्णय हुँदै आएको कार्यकारी निर्देशक रमेश उप्रेतीले बताए । उनले भने, ‘विमानस्थलले प्रतिवर्गफिट जसरी रकम असुल्छ त्यसरी हिसाब किताब गरेर लिने हो भने पनि कोषले कम्तीमा वार्षिक २० करोड रुपैयाँ लिनुपर्ने हो ।’
कोषका निर्देशक प्रेमहरि ढुंगानाका अनुसार २०३९ साल पुस २३ गते तत्कालीन हवाई विभागसँग ११ सय ६१ रोपनी जग्गा प्रयोग गरेबापत प्रतिरोपनी २३ पाथीका दरले तिर्नेगरी सम्झौता भएको थियो । प्रतिपाथी दुई हजार रुपैयाँका दरले दिने नियम लागू भएपछि विमानस्थलले कोषलाई वार्षिक २३ लाख २२ हजार रुपैयाँ तिर्दै आएको थियो ।
पछिल्ला वर्ष कोषले कम्तीमा वार्षिक १० करोड पाउनुपर्छ भनेर ताकेता गरेपछि विमानस्थलले गत वर्षदेखि वार्षिक एक करोड रुपैयाँ तिर्न थालेको हो । ढुंगानाले भने, ‘संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री कोषको अध्यक्ष र नागरिक उड्डयन प्राधिकरणको अध्यक्ष नै हुने भएकाले तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनकुमार शाहीको विशेष पहलमा वार्षिक एक करोड रुपैयाँ कोषलाई तिर्नुपर्ने गरी सम्झौता पुनरवलोकन भएको हो ।’
प्राधिकरणले बजेट उपलब्ध गराएपछि विमानस्थल कार्यालयले कोषलाई वार्षिक भाडा तिर्दै आएको छ । प्राधिकरणका प्रवक्ता वीरेन्द श्रेष्ठले प्राधिकरण र कोष दुवै सरकारी स्वामित्वमा रहेकाले भाडा तिर्न कुनै समस्या नरहेको बताए ।
‘सरकारको एउटा निकायले अर्को निकायलाई तिर्न कुनै कठिन छैन त्यसमाथि पशुपतिनाथसँग जोडिएको विषय हो यो’, उनले भने, ‘तोकिएको तिरेकै छौं, उचित रकम तिर्नका लागि निर्णय भएर आए हामीलाई आपत्ति छैन तर निर्णय त्यसरी आएकै छैन ।’ कोषका कार्यकारी निर्देशक उप्रेतीले कोष निर्णय गराउन तयार रहेको बताए ।
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












