वीरगञ्ज महानगरको मतगणना अन्तिम चरणमा, संघीय समाजवादी फोरमका सरावगी जिततर्फ
पर्सा, ११ असोज । वीरगञ्ज महानगरको मतगणना अन्तिम चरणमा पुगेको छ । मतगणना अन्तिम चरणमा पुग्दा संघीय समानवादी फोरम जीततर्फ अग्रसर भएको छ । मतगणनाको शुरुवातदेखि नै कडा प्रतिस्पर्धा रहेको वीरगञ्ज महानगरको मेयरमा संघीय समाजवादी फोरमका विजय सरावगी जीततर्फ अग्रसर भएका हुन् । मतगणना सकिन लाग्दा सरावगीले आफ्ना मुख्य प्रतिद्वन्द्वी काँग्रेसका अजय द्विवेदीसँगको मतान्तर बढाउँदै लगेका छन् ।
८४ हजार भन्दा बढी मत खसेकोमा ८१ हजार ४ सय ७५ मत गन्दा सरावगीले १८ हजार ८ सय ८४ मत पाएका छन् भने कांग्रेसका अजयकुमार द्विवेदीको १६ हजार ९ सय ३५ मत छ । फोरमले कांग्रेससँगको मतान्तर १ हजार ९ सय ४९ पुर्याएको हो । मतगणनाको सुरुमा राजपा अघि रहेको थियो । त्यसपछि कांग्रेस र फोरमले आलोपालो अग्रता लिइरहेका थिए । हिजोदेखि भने समाजबादी फोरमले लगातारजसो अग्रता लिइरहेको छ । उपमेयरमा भने कांग्रेसले अग्रता लिएको छ ।
संघीय समाजवादी फोरम नेपाल
मेयर (विजयी सरावगी) : १८८८४
उपमेयर (पिंकी यादव) : १८००५
नेपाली कांग्रेस
मेयर (अजयकुमार द्विवेदी) : १६९३५
उपमेयर (शान्ति कार्की) : १९३३८
राजपा
मेयर (राजेशमान सिंह) : ११५४४
उपमेयर (रम्भा मिश्र) : १०१०९
नेकपा एमाले
मेयर (बसुरुद्दिन अन्सारी) : ८११९
उपमेयर (सोफिया आचार्य) : १०१६५
माओवादी केन्द्र
मेयर (रहबर अन्सारी) : ८११९
उपमेयर (दुर्गा क्षेत्री) : ४९३२
फोरम लोकतान्त्रिक
मेयर (विमल श्रीवास्तव) : ८२१९
उपमेयर (रींकू यादव) : ७२०४
Comments
अरु समाचार
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
काठमाडाैं । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...












