भारतीय प्रहरीको नियन्त्रणमा रहेका सप्तरीका देवनारायण र उनका छोरामाथि अपहरण मुद्दा

सप्तरी, १६ असोज । भारतीय प्रहरीको नियन्त्रणमा रहेका सप्तरीको तिलाठीका देवनारायण यादव र उनका छोरा अजयमाथि अपहरणको मुद्धा चलाईएको छ । सीमा मिचन खोज्दा प्रतिबादमा उत्रिएका यादव बाबुछोरालाई आइृतबार भारतीय सीमा सुरक्षा बल एसएसबीले नियन्त्रणमा लिएको थियो ।
भारतको सुनौलीबाट पक्राउ परेका छोरा अजयलाई छुटाउन सुनौली गएका बेला देवनारायणलाई पनि भारतीय प्रहरीले पक्राउ गरेको थियो । भारतको सुपौल जिल्ला अन्तर्गत कुनौली थानाले पक्राउ गरेका देवनारायणलाई बीरपुर थानाले अपहरणको मुद्दा चलाएको हो ।
अजयले केही महिना अघि १८ बर्षीया भारतीय युवतीसँग विवाह गरेका थिए । युवतीका परिवारले उजुरी गरेपछि अजय र उनका बाबुलाई पक्राउ गरिएको भारतीय प्रहरीले जनाएको छ । तिलाठीका गाउँलेले भने यादव बाबुछोरालाई भारतीय प्रहरीले फसाउन खाजेको आरोप लगाएका छन् ।
नेपाल भारत सिमामा पर्ने तिलाठिमा पोहोर भारतीय पक्षले सिमा मिच्न खोजेपछि रोक्न गएका देवनारायण भारतीय सुरक्षाकर्मीसँगको झडपमा घाइते भएका थिए । त्यहि कारण देवनारायण र छोरालाई पक्राउ गरि अपहरणको मुद्दा चलाएकोे तिलाठीका बासिन्दाको भनाई छ । यता नेपाल सरकारले भने उनीहरुको रिहाईको पहल भईरहेको जनाएको छ । गृहमन्त्री जनार्दन शर्माको पहलमा उनीहरुको रिहाईको लागि भारतीय अधिकारीसँग कुराकानी भईरहेको जनाईएको छ ।
http://news-nepal.com/64028e/
Comments
अरु समाचार
-
तीन दशकको पत्रकारिता योगदानको कदर, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सुन्दरहरैँचा, मोरङ, असोज ९ गते । तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित भएका छन्। सामाजिक गतिविधि,...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...












