यी हुन्, रोल्पाबाट प्रदेश र प्रतिनिधिसभा निर्वाचनको लागि माओवादी केन्द्रका उम्मेदवार
रोल्पा, १६ असोज । नेकपा माओवादी केन्द्र रोल्पाले प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ । माओवादी केन्द्रले प्रदेश र प्रतिनिधिसभा निर्वाचनको लागि पार्टीका केन्द्रीय तहका नेता देखि पार्टी अध्यक्षका स्वकीय सचिवसम्म सिफारिस गरिएको छ । प्रतिनिधिसभा निर्वाचनका लागि वर्षमान पुन ‘अनन्त’लाई अगाडि सारिएको छ । पूर्वअर्थमन्त्री र पूर्व शान्तिमन्त्री बनिसकेका अनन्त माओवादी केन्द्रका प्रभावशाली नेता हुन् ।
यसैगरी प्रदेश सांसदका लागि रोल्पा क्षेत्र नम्बर १ बाट सचिवालय सदस्य जोखबहादुर महरा र युवा नेता कुलप्रसाद केसी ‘सोनाम’लाई सिफारिस गरिएको छ । महरा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको स्वकीय सचिव हुन् । बादल समूहबाट एकता प्रक्रियामा आएका सोनाम भने अहिलेसम्म कुनै पनि लाभको पदमा पुगेका छैनन् ।
यसैगरी क्षेत्र नम्बर २ बाट केन्द्रीय सचिवालय सदस्य दीपेन्द्र कुमार पुनमगर ‘सिजल’लाई सर्वसम्मत रुपमा उम्मेदवार सिफारिस गरिएको छ । जनयुद्धकालमा एउटा हात गुमाएका दीपेन्द्र विद्यार्थीबाटै राजनीतिमा लागेका हुन् । यसैगरी समानुपातिक तर्फ केन्द्रीय सांसदका लागि पूर्वमन्त्री जयपुरी घर्तीमगर, हाल सभामुख रहेकी ओनसरी घर्तीमगरलाई पनि सिफारिस गरिएको छ ।
प्रदेशका लागि क्षेत्र नम्बर १ बाट चन्द्रबहादुर बुढामगर ‘शेष’, मिना बुढामगर ‘प्रतिक्षा’, पवनकुमार कवँर, ओमबहादुर पुनमगर, सीता आचार्य, राजकुमार कवँर, इन्द्रबहादुर रोका सिफारिसमा परेका छन् । यसैगरी क्षेत्रनम्बर २ बाट सुरेन्द्र थापा घर्ती ‘ध्रुव’, तोपबहादुर डाँगी, कर्मलाल परियार, रामधन पुनमगर, हरीसरा घर्तीमगर, भक्तबहादुर वली र काशीराम बुढामगर सिफारिसमा परेका छन् ।
Comments
अरु समाचार
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...
-
केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी...
-
संवैधानिक परिषद्मको चर्काचर्कीमा भिष्मराजको अर्थपूर्ण सक्रियता, कसको भूमिका के ?
काठमाडाैं । प्रधानन्यायाधीश सिफारिसका लागि प्रधानमन्त्री वालेन्द्र शाहले लिएको बहुमतको निर्णयले तरङ्ग पैदा गरिदिएको छ। संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी...
-
जानकी नवमीमा राष्ट्रिय बिदा दिन शाह नेतृत्वको सरकारसँग साधुसन्तको आग्रह
जनकपुरधाम । जनकपुरधामका साधुसन्तहरुले 'जानकी नवमी' को दिन राष्ट्रिय बिदा दिन बालेन्द्र शाह नेतृत्वको नवगठित सरकारसँग आग्रह गरेका छन् ।...
-
यी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका...












