एमाले र माओवादी एकताप्रति चीन निकै खुसी, भारतको असन्तुष्टि
काठमाडौं, १७ असोज । नेकपा एमाले र नेकपा माओवादी केन्द्र वीचको पार्टी एकता गर्ने तयारीपछि नयाँ तरंग पैदा भएको छ । आगामि प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै पार्टी एकताको चर्चा चलिरहेका बेला मुलुकको राजनीतिमा नयाँ तरंग पैदा भएको छ । दुई बामपन्थी पार्टीबीच एकताको गृहकार्यपछि पक्ष विपक्षमा चर्चा परिचर्चा सुरु भएको हो । जसको चर्चा नेपालमा मात्रै नभएर विदेशमा समेत सुरु भएको छ । नेपालका दुई छिमेकी देश भारत र चीनले पनि यसलाई विशेष महत्वका साथ हेरेका छन् । भारत एकताको विपक्षमा उभिएको छ भने चीन पक्षमा देखिएको छ । भारतले यस विषयमा असन्तुष्टी जनाएको छ भने उत्तरी छिमेकी चीनले खुसी व्यक्त गरेको छ ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रवीच पार्टी एकता गर्न दुवै पार्टीका नेताहरु सम्मिलित सात सदस्यीय संयोजन समिति बनेपछि भारतीय अधिकारीहरुले आफूलाई गल्ती गरेको बताएको जानकारी अध्यक्ष पुष्पकमल दाहालले पार्टीको बैठकमा गराएका छन् । ‘तपाईको स्वतन्त्र व्यक्तित्व बनिरहेको थियो, एमालेसँग पार्टी एकता गर्ने तयारी हामीलाई राम्रो लागेको छैन’ प्रचण्डले बैठकमा राखेको धारणा उदृत गर्दै एक बरिष्ठ नेताले भने ‘चिनियाहरु भने हाम्रो यो तयारीमा खुसी देखिन्छन ।’
चिनिया कम्युनिष्ट पार्टीका नेताहरुले एमाले र माओवादी केन्द्रका नेताहरुलाई पार्टी एकता गरेर अगाडि बढ्न सुझाव दिँदै आएका थिए । एमाले र माओवादी केन्द्रवीचको एकता बाबुराम भट्टराईलाई पनि सहभागी गराउने बारेमा छलफल भइरहेको पनि प्रचण्डले बैठकमा जानकारी गराएका छन् ।
संयोजन समितिमा एमालेका तर्फबाट अध्यक्ष केपी शर्मा ओली, बरिष्ठ नेताद्धय माधवकुमार नेपाल, झलनाथ खनाल र बरिष्ठ उपाध्यक्ष बामदेव गौतम छन भने माओवादी केन्द्रका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादल रहेका छन् ।
दशै विदामा एमाले र माओवादीका नेताहरुवीच भएको छलफलका आधारमा सात बुँदे समझदारी तयार गरिएको छ । सो समझदारीपत्रलाई अध्यक्ष प्रचण्डले पार्टी नेताहरुलाई सोमबार जानकारी गराएका हुन । एमालेसँग पार्टी एकता गर्ने प्रचण्डको प्रस्तावलाई माओवादी केन्द्रका अधिकाँश नेताहरुले महान, ऐतिहासिकको संज्ञा दिँदै राष्ट्रिय स्वाधिनता र समाजवादी क्रान्तिको ढोका खोल्ने प्रस्ताव रहेको धारणा व्यक्त गरेका छन् भने मात्रिका यादव, गोपाल किराँती र मणि थापाले फरक मत राखेका छन् । उनीहरुले एमालेसँग पार्टी एकता गर्ने प्रस्ताव गलत भएको धारणा व्यक्त गरेका थिए ।
आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा सुर्य चिन्हबाट चुनाव लड्ने, दुवै निर्वाचनमा एमालेका ६० प्रतिशत र माओवादी केन्द्रका ४० प्रतिशत उम्मेदवार उठाउने प्रस्ताव दुवै पार्टीका नेताहरुले तयार पारेको प्रचण्डले बैठकमा जानकारी गराएका थिए ।
प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेदवार चयन गर्न बोलाइएको बैठकमा प्रचण्डले एमालेसँग पार्टी एकताको प्रस्ताव राखेका थिए । सो प्रस्तावमा अधिकाँश नेताहरुले आफनो धारणा राखेका थिए । एमालेसँग पार्टी एकताको प्रस्तावपछि माओवादीका नेता तथा कार्यकर्ताहरुका वीचमा नेतृत्वसँगै एमालेमा प्रवेश गर्ने वा बिद्रोह गर्ने भन्नेमा बहस शुरु भएको छ ।
Comments
अरु समाचार
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
काठमाडाैं । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
अधिवक्ता मञ्जु मिश्र कैलाली–३ बाट स्वतन्त्र उम्मेदवार
धनगढी । युवा कानुन व्यवसायी अधिवक्ता मञ्जु मिश्र आगामी प्रतिनिधिसभा निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारका रूपमा...











