जलविद्युत आयोजनाको उद्घाटन गर्न भारतीय प्रधानमन्त्री मोदी नेपाल आउँदै
काठमाडौं, १७ असोज । जलविद्युत आयोजनाको उद्घाटन गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउने भएका छन् । भारतीय कम्पनी सतलजको लगानीमा बन्न लागेको अरुण तेस्रो जलविद्युत आयोजनाको शिलान्यास गर्न मोदी नेपाल आउन लागेका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी मोदीले संयुक्त रुपमा उक्त आयोजना शिलान्यास गर्ने कार्यक्रम छ ।
त्यसका लागि मोदी असोज अन्तिम साता वा कात्तिक पहिलो साता नेपाल आउने तयारी भइरहेको छ । मोदीको नेपाल भ्रमणको मिति टुंगो लगाउन परराष्ट्र मन्त्रालय गृहकार्यमा जुटेको छ । मोदी तेस्रोपटक नेपाल आउने निश्चित भइसकेको प्रधानमन्त्री देउवाका परराष्ट्र मामिला सल्लाहकार दिनेश भट्टराईले जानकारी दिए । उनले भने, ‘अब प्राविधिक कुराहरु मिलाउन बाँकी छ ।’
अरुण तेस्रो करिब एक खर्ब १६ अर्ब लागतमा बनाइँदैछ । नौ सय मेगावाटको आयोजनाबाट नेपालले एक सय ९८ मेगावाट बिजुली निःशुल्क पाउनेछ । सन् २००८ मा सतलजले अरुण तेस्रो आयोजना निर्माणको जिम्मा पाएको थियो ।
Comments
अरु समाचार
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
शेयर बजारमा देखियो उछाल, झण्डै ६५ अंकले बढ्दा २१ अर्ब २२ करोडको शेयर किनबेच
काठमाडौं । शेयर बजारमा उछाल देखिएको छ । साताको अन्तिम कारोबार दिन आज बिहिबार नेप्से ६४ दशमलव ६९ अंकले बढेर...
-
खाडीका ७ देशमा पुनः श्रम स्वीकृति दिने निष्कर्षमा सरकार
कठमाण्डौ – सरकारले संयुक्त अरब इमिरेट्स (यूएई)सहित कतार, ओमान, यमन, जोर्डन, साउदी अरब, र टर्कीएमा कार्यरत नेपाली श्रमिकलाई पुनः श्रम...
-
जेनजी आन्दोलन पुनर्निर्माण कार्ययोजना : आगामी वर्ष तीनै तहका सरकारले बजेट छुट्याउनुपर्ने
काठमाडौं । गत भदौ २३ र २४ गते देशका विभिन्न स्थानमा भएको आन्दोलनले व्यापक भौतिक तथा आर्थिक क्षति पुर्याएपछि सरकारले...
-
ग्यास सिलिण्डर कालोबजारी नियन्त्रणका लागि विभाग सक्रिय, ६ हजार सिलिन्डर बरामद
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ललितपुरको हरिसिद्धि स्थित श्रीराम ग्यास उद्योगको गोदामबाट ठूलो मात्रामा ग्यास सिलिन्डर लुकाएर...
-
पेट्रोलमा १५ रुपैयाँ र डिजेल र मट्टीतेलमा १० रुपैयाँ बढ्यो
काठमाडाैँ । मध्यपूर्वी क्षेत्रमा तनाव चर्किरहेका बेला नेपालमा पेट्रोलियम पदार्थको मूल्य बढेको छ। नेपाल आयल निगमले एकैपटक पेट्रोलमा प्रतिलिटर १५...
-
पूर्वी नाकाबाट भित्रिए छ हजार ७९१ पर्यटक
झापा । पूर्वी नाका काँकडभिट्टा हुँदै आठ महिनामा छ हजार ७९१ तेस्रो मुलुकका पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन कार्यालय...
-
चार लेन सडक निर्माणका लागि विद्युत् पोल हटाइँदै
भोजपुर । टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुमा अवस्थित मलुवा पोखरी पछिल्लो समय पर्यटकको आकर्षक गन्तव्यका रूपमा परिचित बन्दै गएको छ । सरकारले...
-
ग्यासको अनावश्यक भण्डारण नगर्न निगमको अनुरोध
काठमाडौं । नेपाल आयल निगमले आवश्यकताअनुसार मात्र एलपी ग्यास खरिद गर्न र अनावश्यक भण्डारण नगर्न सबैमा अनुरोध गरेको छ ।...












