नेपालमा लुकेर बसेकी भनिएकी बलात्कारी बाबाकी छोरी हनिप्रित ३९ दिनपछि गिरफ्तार
काठमाडौं, १७ असोज । बलात्कारको आरोपमा जेल सजाय काटिरहेका बाबा राम रहिमकी कथित छोरी हनिप्रितलाई प्रहरीले पक्राउ गरेको छ । बाबुले गरेको अपराधमा संलग्न रहेको आरोपमा प्रहरीको फरार सूचीमा रहेकी हनिप्रित ३९ दिनपछि पक्राउ परेकी हुन् । उनलाई डेराबस्सी पुलिसले मंगलबार मोहालीबाट पक्राउ गरेको हो ।
योभन्दा अघि उनले पंजाब र हरियाणा हाइकोर्टमा आत्मसमर्पण गर्न सक्ने सम्भावना दर्साइएको थियो । राम रहिमलाई गत अगस्ट २५ तारिखमा बलात्कारको मुद्दामा सिबिआई कोर्टले दोषी ठहर गरेको थियो । उनी हेलिकोप्टरमा बाबासँगै रोहतक पुगिने तर त्यसलगत्तै उनी फरार थिइन् । बाबु जेल गएपछि हनिप्रित पहिलो पटक मिडियाको सामुन्ने आइन् । दुई समाचार च्यानललाई दिइएको अन्तर्वार्तामा उनले बुवा जेल गएपछि आफू एक्लै भएको बताइन् । स्मरण रहोस्, हनिप्रितमाथि देशद्रोहको मुद्दा दर्ता छ ।
हनिप्रित भन्छिन्, ‘के एउटी छोरीले आफ्नो बुवालाई प्रेम गर्न सक्दिन ?’
हनिप्रित भन्छिन्, ‘जुन हनिप्रितलाई तपाईंले मिडियामा देखाउनुभयो, उनी त्यस्ती छैनन् । उनलाई यसरी देखाइयो कि म आफैं उक्त पात्रसँग डराउन थालेकी छु । म आफ्नो मानसिक स्थिती बयान गर्न सक्दिनँ । मलाई देशद्रोही भनिएको छ जुन नितान्त गलत हो । आफ्नो बुवासँग एक छोरी अदालत पुग्छिन् । यस्तो अनुमती बिना सम्भव छैन ।’
‘एक युवती यति धेरै आर्मीका बिच एक्लै अनुमती बिना कसरी अदालत जान सक्छिन् ? त्यसमा मलाई गलत ठहराइयो । सबै प्रमाण संसारसामू छ । मलाई लागेको थियो कि बिहान अदालत जान्छौं र बेलुका फर्कनेछौं ।’
राम रहिमसँगको सम्बन्धबारे हनिप्रितले भनिन्, ‘मैले बुझ्न नसकेको कुरा के भने एक छोरी र बुवाको पवित्र सम्बन्धलाई किन यति धेरै बढाइएको छ । मेरो डरको कारण नै यहि थियो कि हनिप्रितलाई कसरी प्रस्तुत गरियो । बुवा र छोरीको सम्बन्धलाई निकै नराम्रो बनाइयो । के एउटा बुवाले छोरीको टाउकोमाथि हात राख्न सक्दैनँ ? के एक छोरीले आफ्नो बुवालाई प्रेम गर्न सक्दिनँ ?’
Comments
अरु समाचार
-
रुस–युक्रेनबीच युद्ध अन्त्य गर्न युएईमा वार्ता शुरु हुने पुष्टि
किएभ । रुसले युक्रेन र अमेरिकासँग युएईको अबुधाबीमा चार वर्षे युद्ध अन्त्य गर्न बुधवारदेखि नयाँ चरणको वार्ता शुरु हुने पुष्टि...
-
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई भ्रष्टाचार अभियोगमा १० वर्ष जेल
ढाका । बङ्गलादेशको एक अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई भ्रष्टाचारको अभियोगमा १० वर्षको जेल सजाय सुनाएको छ । विशेष न्यायाधीशको अदालत–४...
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...
-
Nepali Consul General Niraula and Yunnan Normal University Professor Lu Hold Meeting
Lhasa, Magh 15 — A meeting was held on Thursday at the Consulate General office in Lhasa between Nepali Consul...
-
Alexander Kadakin: The Diplomat Who Turned Service into a Lifelong Mission
The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most often associated with India, as it were the relations with this...
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
‘नेपाल मानव अधिकारको संरक्षणप्रति प्रतिबद्ध छ’: परराष्ट्र सचिव अमृतबहादुर राई
काठमाडाैं । नेपाल सरकारका परराष्ट्र सचिव अमृतबहादुर राईले मानव अधिकारको संरक्षण र प्रवर्द्धनप्रति नेपाल पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।...
-
चीनकी नेपाल मामिला प्रमुख झेङ युहा काठमाडौँ आउँदै
काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को एक उच्चस्तरीय टोली बिहीबार काठमाडौँ आउने भएको छ । बदलिँदो अन्तर्राष्ट्रिय शक्ति सन्तुलन,...
-
Kathmandu Event Highlights Mountaineering Tourism in Nepal–Canada Ties
Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program in Kathmandu to commemorate the 61st year of Nepal–Canada diplomatic...











