५५ वर्षपछि एमाले-माओवादीको एकता, कहिले सम्म टिकाउन सक्लान नेताहरुले ?
काठमाडौं, १९ असोज । जुट्नभन्दा बढी फुट्न जानेका वामपन्थीमध्ये ठूला दलले एउटै कम्युनिस्ट केन्द्रका लागि गरेको संकल्पले राजनीति ध्रुवीकरणको दिशामा जान थालेको छ। अहिलेलाई निर्वाचनमा तालमेल र निर्वाचनलगत्तै पार्टी एकता गर्ने सैद्धान्तिक सहमति एमाले, माओवादी केन्द्र र नयाँ शक्तिले भनेजस्तै पूरा होला त ? आशंका उब्जिएको छ।
नेपालका कम्युनिस्ट पार्टीहरूमा जुटभन्दा फुटको इतिहास बढी छ। सैद्धान्तिक-राजनीतिक विषयमा मतान्तरभन्दा पनि धेरैजसो व्यक्तिगत इगो, पद-प्रतिष्ठा र अवसरकै कारण कम्युनिस्ट पार्टीहरू जुट्ने-फुट्ने गरेको पाइन्छ। कम्युनिस्ट पार्टीकै नेता-कार्यकर्ता ‘वाम पार्टी एकताको महाअभियान’ टिक्ला-नटिक्ला, यस्तै हुन्छ भनेर ठोकुवा गर्न सक्ने अवस्थामा देखिन्नन्। यद्यपि, एमाले र माओवादी केन्द्रका नेता समाजवादको आधार निर्माण गर्दै विश्वलाई नै नयाँ सन्देश दिने ऐतिहासिक आवश्यकता र आकस्मिकताको ‘द्वन्द्ववाद’बाट आएको परिघटना भएकाले टिकाएर परिणाममुखी निकास दिनुपर्ने बताउन थालेका छन्। आजको अन्नपूर्ण पोष्टमा खबर छ ।
मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलीले त एमाले एकता प्रक्रियासँग अभ्यस्त रहेको भन्दै विभाजनभन्दा एकता प्रवाहमा आश्वस्त पार्न समय खर्चिए। ‘म झापाबाट राजनीति थालेको, झलनाथजी इलामबाट, वामदेवजी उता-उता, कता-कताबाट, अर्का साथीले कताबाट, ईश्वर पोखरेलले धनुषाबाट थालेको हो, यसभित्र अनेक समूह मिल्दा(मिल्दा माले, माक्र्सवादी मिलेर एमाले बनेको हो’, अध्यक्ष ओलीले भने, ‘एउटा भूलचुक भएको थियो एक बेला। यो हुँदो रहेनछ भनेर फेरि मिल्यौं। एक हुने हाम्रो वास्तविक चरित्र हो। यसपटक पनि हामीले उल्लेख्य हिसाबले अगाडि बढ्ने संकल्प गरेका छौं। मञ्चमा अगाडि बस्नुभएका नेताहरूको बडी ल्याङ्वेज हेरे पुग्छ।’
एकता र फुटको शृंखला
Comments
अरु समाचार
-
दोलखाका युवा नेता ‘नोर्बु शेर्पा’ केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्दै
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का युवा नोर्बु शेर्पाले नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्ने घोषणा...
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...












