कमल थापालाई गृहमन्त्रालय दिने भएपछि राप्रपाले देउवा सरकारलाई समर्थन गर्ने
काठमाडौं, २३ असोज । राप्रपाले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई समर्थन गर्ने निर्णय गरेको छ । राप्रपा कार्यसम्पादन समितिको बैठकले चुनाव सुनिश्चित गर्न सरकारलाई समर्थन गर्ने निर्णय गरेको हो । साथै चुनावमा कांग्रेससहितका दलसँग तालमेल गर्ने निर्णय गरेको छ ।
विपक्षी दलसँग गरेको चुनावी सहकार्य र एकता गर्ने माओवादी केन्द्रको निर्णयले सरकार अल्पमतमा पर्ने र प्रतिनिधिसभा र प्रदेशसभा चुनाव नै धरापमा पर्न सक्ने राप्रपाको ठहर छ । राप्रपाको संसदमा १९ सांसद रहेका छन् । नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँग मिलेर चुनावी गठबन्धन बनाएपछि बिच्किएका प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार पुर्नगठनको तयारी गरेका छन् ।
उनले माओवादी मन्त्रीलाई सरकारबाट हटाएर राप्रपा, संघीय समाजवादी फोरमलगायतका दललाई सरकारमा सहभागि गराउने तयारी गरेको स्रोतको भनाई छ । यसो गर्दा माओवादी बाहेक पनि आफ्नो पक्षमा बहुमत रहिरहने देउवाको बुझाई छ ।
देउवाले सोहि योजनामा राप्रपा अध्यक्ष कमल थापासँग पटक पटक छलफल गरेको र उनलाई उपप्रधानमन्त्रीसहित गृहमन्त्री बनाउने आश्वासन दिएपछि राप्रपाले सरकारमा जाने निर्णय गरेको बताइएको छ ।
Comments
अरु समाचार
-
निर्वाचनको अन्तिम परिणाम चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस गर्ने तयारी
काठमाडौँ । निर्वाचन आयोगले २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम परिणाम आगामी चैतको पहिलो साता राष्ट्रपतिसमक्ष पेस...
-
१६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक, कुन पार्टीको कति ?
काठमाडौं । निर्वाचन आयोगले १६५ वटै क्षेत्रको निर्वाचन परिणाम सार्वजनिक गरेको छ । सबैभन्दा अन्तिममा संखुवासभाको मत परिणाम सोमबार राति...
-
निर्वाचन अपडेटः संखुवासभाबाट एमाले उम्मेद्वार डा. अर्जुन कार्की निर्वाचित
संखुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा डा. अर्जुन कुमार कार्की निर्वाचित भएका छन् । नेकपा एमालेका उम्मेदवार कार्की राष्ट्रिय स्वतन्त्र पार्टी...
-
भारतीय प्रधानमन्त्री मोदीसँग रास्वपा सभापति लामिछाने र बालेनले गरे टेलिफोन संवाद
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले टेलिफोन...
-
धनुषा-१ मा नेकपाका मातृका यादवले पाए निर्वाचित भएको प्रमाणपत्र
धनुषा। धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा नेकपाका मातृकाप्रसाद यादवलाई निर्वाचन अधिकृतले निर्वाचित प्रमाणपत्र प्रदान गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी...
-
संखुवासभा निर्वाचन अपडेट: जारी मतगणनामा अर्जुन कार्कीको अग्रता कायमै
संखुवासभा । सङ्खुवासभामा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । पछिल्लो मतपरिणामअनुसार नेकपा एमालेका उम्मेदवार अर्जुनकुमार कार्कीको अग्रता कायमै राखेका...
-
यस्ताे छ निर्वाचित सांसद बालेनकाे निर्वाचन खर्च
सुरुङ्गा (झापा) । झापा–५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित बालेन्द्र शाहले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गरेका छन् । निर्वाचन प्रतिनिधिमार्फत...
-
चुनावी नतिजासँगै सेयर बजारमा उछाल, लगातार तेस्रो सकारात्मक सर्किट
काठमाडौं । शेयर बजारमा उछाल आएको छ । यही फागुन २१ गते सम्पन्न भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वाधिक मत...
-
निर्वाचन अपडेट: १६१ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक, रास्वपाले जित्यो १२४ सिट
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि चैत ५ गते सम्पन्न निर्वाचनअन्तर्गत जारी मतगणनामा हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२४ निर्वाचन...











