रविन्द्र मिश्र काठमाडौंमा प्रकाशमानविरुद्ध र उज्जवल थापा ईश्वर पोखरेलविरुद्ध चुनाव लड्ने
काठमाडौं, २३ असोज । विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्र काठमाडौं १ बाट उम्मेदवार बन्ने भएका छन् । विवेकशील साझा पार्टीले आसन्न प्रतिनिधिसभा चुनावमा काठमाडौंका १० मध्ये ५ क्षेत्रमा उम्मेदवारी दिने भएको हो । काठमाडौं १ बाट उम्मेदवार मिश्र काँग्रेस नेता प्रकाशमान सिंहका विरुद्ध चुनाव लड्ने भएका छन् । त्यस्तै सहसंयोजक उज्ज्वल थापा काठमाडौं ५ बाट उम्मेवार बन्ने छन् । थापाले एमाले महासचिव ईश्वर पोखरेलको सामना गर्नेछन् ।
यसअघि काठमाडौं ५ बाट जित्दै आएका कांग्रेस नेता नरहरी आचार्य भने यसपटक सो क्षेत्रबाट उम्मेदवार नबन्ने भएका छन् । काठमाडौंसमेत अन्य उम्मेदवारसमेत तोकेर सोमबार नै उम्मेदवारी घोषणा गरिने विवेकशील साझा पार्टीले जनाएको छ ।
यसअघि काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवार बनेर दोस्रो र तेस्रो स्थान पाएका रञ्जु दर्शना र किशोर थापा भने प्रतिनिधिसभा सदस्य उम्मेदवार नबन्ने भएका छन् । थापा प्रदेशसभाको उम्मेदवार बन्ने सम्भावना छ । २५ वर्ष पनि नपुगेकी रञ्जु दर्शना भने उमेरका कारण प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा उम्मेदवार बन्न पाउने छैनन् । कानुन अनुसार सांसदको उम्मेदवार हुन २५ वर्ष पुगेको हुनुपर्छ ।
Comments
अरु समाचार
-
अदालतबाट हुने फैसला सरकारको हार–जित होइन : मुख्य रजिस्ट्रार पौडेल
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतका निर्णयलाई सरकारको जित वा हारका रूपमा व्याख्या गर्नु उपयुक्त नहुने...
-
रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि चितवनमा सुरु हुने प्रथम महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाह सहभागी हुने...
-
‘सरकारको मुख्य प्राथमिकता भ्रष्टाचार नियन्त्रण र सुशासन कायम’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताएका छन्। प्रतिनिधिसभामा गृह मन्त्रालयअन्तर्गत...
-
मुद्दाबीच पनि रवि प्रधानमन्त्री बन्न सक्ने सम्भावना नकार्न सकिँदैन: किशोर श्रेष्ठ
काठमाडौं । वरिष्ठ पत्रकार किशोर श्रेष्ठले रास्वपा सभापति रवि लामिछानेमाथि लागेका मुद्दाहरूले उनलाई प्रधानमन्त्री बन्नबाट रोक्ने आशंका रहे पनि अहिले...
-
निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारीबारे निजामती कर्मचारी वृत्तमा व्यापक चासो
काठमाडौं । सरकारले निजामती सेवा ऐन अध्यादेशमार्फत ल्याउने तयारी गरिरहेको भन्ने चर्चा सार्वजनिक भएपछि निजामती कर्मचारी वृत्तमा व्यापक चासो र...
-
अर्थमन्त्री वाग्लेको अभिव्यक्तिप्रति एमाले सांसदकाे आपत्ति, स्पष्टीकरणा दिन माग
काठमाडौं । नेकपा (एमाले) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संसदमा उठाइएका प्रश्नहरूको जवाफ दिने क्रममा विपक्षी सांसदहरूलाई लक्षित गर्दै दिएको...
-
देउवा र कोइराला पक्ष कांग्रेसको विराटगरमा आज संगुक्त भेला
काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा। शेखर कोइराला समूहको कोशी प्रदेशस्तरीय संयुक्त भेला आज विराटनगरमा...
-
कांग्रेस क्रियाशील सदस्यता अद्यावधिक गर्न असार ७ गतेसम्म मौका
काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न नसकेका केही जिल्लाका लागि असार ७ गतेसम्मको मौका दिएको छ । सदस्यता...
-
मेरो फेभरेट देशले विश्वकप खेलेकै छैन: प्रधानमन्त्री शाह
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले फिफा विश्वकप फुटबलतर्फ संकेत गर्दै विश्वकपमा ‘फेभरेट’ देश नखेलेको बताएका छन् । शनिबार साँझ फेसबुकमा...











