साला साली, श्रीमती र सासुलाई मृत्युदण्डको माग गर्दै एक युवाद्धारा आत्महत्या
एजेन्सी । श्रीमतीलाई मृत्युदण्ड सजायको माग गर्र्दै एक युवाले आत्महत्या गरेका छन् । विवाह गरेको दुईवर्ष नपुग्दै भारतस्थित आगराका विशेष मेडतवालले श्रीमतीलाई मृत्युदण्डको माग गर्दै आत्महत्या गरेका हुन् । २०१५ नोभेम्बरमा धुमधामसँग रितिका उर्फ (मोहिनी) सँग विहे गरेका मेडतवालले १६ पेजको सुसाइड नोट लेखेर आफ्नी श्रीमती र सासुलाई कारबाहीको माग गर्दै मोदी सरकारसँग गुहार मागेका हुन् ।
आफ्ना बाबुसँगै आर्टिफिसियल सुनको कारोबारी गर्ने ती युवाले आफ्ना साला साली, श्रीमती र सासुलाई कारबाहीको माग गर्दै आत्महत्या गरेका हुन् । मेडतवालकी आमाका अनुसार घरपरिवारसँग छुट्टीएर बस्ने जिद्धी गरेकी बुहारी मोहिनी दुई महिनादेखि माइतीमा बस्दै आएकी हुनाले आफ्नो छोरा डिप्रेशनमा गएको र आत्महत्या गरेको प्रहरीलाई बताएकी छन् । मेडतवाल आइतबारका दिन आफ्नै कोठामा मृत भेटिएका थिए ।
उनले सुसाइड नोटमा भनेका छन्–‘ मैले यसकारण आत्महत्या गरे की, मेरी श्रीमती, सासु र साला सालीलाई सजाय मिलोस् । मलाई मोदी सरकारसँग पूरा भरोसा छ की कोर्ट उनीहरुलाई सजाय दिन अपिल गर्नेछ । ताकी कोही पनि ससुरालीहरुको यस्तो किसिमको उत्पीडनमा कोही पनि युवा नपरुन ।’
‘उनीहरुलाई फाँसीको सजाय हुनुपर्छ । अनिमात्र मेरो आत्मालाई शान्ति मिल्नेछ । होइन् भने म भूत बनेर उनीहरुलाई दुःख दिइरहनेछु । मेरी आमाले मोहिनीलाई धेरै माया दिइन् । हरेक समय श्रीमतीलाई उनकी आमाले भड्काउथीन्, घरपरिवारसँग छुट्टिएर एक्लै बस्न दबाब दिन्थीन् । पसलबाट फर्किएपछि आमासँग बस्दा श्रीमतीले नराम्रो मान्थिन् । म आमालाई छोड्न चाहान्नथे । तर, यति धेरै हैरान भएकी मलाई आत्महत्या गर्न बाध्य बनाईयो ।’
Comments
अरु समाचार
-
Govt Commends Chinese Tunnel Rescue Experts; China Reaffirms Commitment to Strengthen Disaster Management Cooperation
Kathmandu, September 18: Minister for Science, Technology and Innovation Mahabir Pun held a meeting with Zhang Maoming, Ambassador of the...
-
आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटलमा डा. निरन्जन आचार्य सीईओ नियुक्त
काठमाडौँ । आईपीओ निष्काशनको प्रक्रियामा रहेको हिमाल डेन्टल हस्पिटल एण्ड इन्स्टिच्यूट अफ डेन्टल साइन्स लिमिटेडले डा. निरन्जन आचार्यलाई प्रमुख कार्यकारी...
-
इरान युद्धमा अमेरिकाको खर्च ३८ अर्ब डलर, ०.५५ ले महँगी बढ्ने अनुमान
काठमाडौं ।अमेरिकाले इरानविरुद्धको ६ महिना लामो युद्धमा हालसम्म ३८ अर्ब डलर खर्च गरेको छ। अमेरिकी संसद्को गैरदलीय लेखाजोखा निकायका अनुसार...
-
एआई जोखिमलाई ‘हौवा’ मान्छन् ट्रम्प
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बौद्धिकता (एआई)बाट उत्पन्न हुन सक्ने जोखिमसम्बन्धी चेतावनीलाई अस्वीकार गर्दै त्यसलाई चीनसँगको प्राविधिक प्रतिस्पर्धाबीच...
-
ब्रिक्स सम्मेलनमा ‘आर्थिक सहकार्य, ऊर्जा सुरक्षा र विश्वव्यापी तनाव’ प्रमुख मुद्दा
नयाँ दिल्ली । चीन, रुस, भारतसहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आइतबार भारतको राजधानी नयाँ दिल्लीमा सम्मेलनको दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय...
-
नयाँ दिल्लीमा जारी भएको १८ औँ ब्रिक्स शिखर सम्मेलनको घोषणापत्रमा के छ ?
काठमाडौं । भारतकाे नयाँ दिल्लीमा भैरहेकाे १८ औँ ब्रिक्स शिखर सम्मेलनको पहिलो दिन भदाै २७ गते शनिबार नयाँ दिल्ली घोषणापत्र...
-
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीप्रति PNO द्वारा गहिरो दुःख व्यक्त
काठमाडौं । रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको अकल्पनीय तथा विनाशकारी बाढीबाट भएको मानवीय क्षतिप्रति पीपल अफ नेपाली ओरिजिन (PNO), NRNA...
-
‘बाढी प्रभावित क्षेत्रमा आपतकालीन सहायतासँगै उद्धार तथा राहत कार्यमा सक्रिय चीन’
काठमाडौं । चीनले नेपालमा गतसाता आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा आपत्कालीन सहायता उपलब्ध गराउनुका साथै उद्धार तथा राहत...
-
भारत सधैं नेपालको ‘सुख दुःखको साथी’: भारतीय रक्षामन्त्री सिंह
काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। नयाँ...












