विप्लव पार्टीले भ्रष्टाचारीहरुको सूची सार्वजनिक गर्दै जनकारबाही गर्ने
पोखरा, २४ असोज । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको पाँचौं पूर्ण गोप्य बैठक पोखराको लुम्लेमा सम्पन भएको छ । बैठकले पार्टी महासचिव विप्लपद्वारा प्रस्तुत क्रान्तिकारी ध्रुवीकरणलाई तीव्र पार्नेसहितको ८ पृष्ठ लामो राजनीतिक प्रस्ताव पारित गरेको छ ।
बैठकले नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धनलाई ‘दक्षिणपन्थी’को संज्ञा दिएको छ । असोज २१ देखि २३ गतेसम्म भएको सो बैठकले आगामी कात्तिक १ गतेदेखि पार्टीको विशेष राजनीतिक अभियान सुरु गर्ने निर्णय गरेको पोलिटब्यूरो सदस्य अनिल शर्माले जानकारी दिए ।
भ्रष्टाचारीलाई कारबाही गर्नेसहितका निर्णयसमेत सो बैठकमा भएको जनाइएको छ । वैद्य माओवादीसँग तत्काल पार्टी एकीकरण हुने सम्भावना कम रहेको निष्कर्ष बैठकले निकालेको छ ।
नेकपाले सरकारद्वारा घोषित राज्यसभा र संसद्को चुनाव खारेज गर्ने औपचारिक निर्णय पनि गरेको छ । नेकपाले राष्ट्रिय स्तरका भ्रष्टाचारीको घर घेर्ने र ती भ्रष्टाचारीहरूको सम्पत्ति राष्ट्रियकरण गर्न दबाब दिने लगायतका निर्णय गरेको हो ।
Comments
अरु समाचार
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...
-
केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी...












