गौचन हत्या घटनाको छानविन गर्न गठित समिति २४ घण्टा नबित्दै परिवर्तन
काठमाडौं, २४ असोज । अज्ञात समूहको गोली प्रहारबाट हत्या गरिएका निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन हत्या घटनाको छानबिनका लागि बनेको समितिका संयोजक दुई दिनमै परिवर्तन भएका छन्। सोमबार नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) शेरबहादुर बस्नेतको संयोजकत्वमा डीएसपी अजय केसी, अंगुर जिसी र इन्स्पेक्टर दीपेन्द्र अधिकारी सदस्य भएको समिति बनेको थियो।
प्रहरीले छानबिन समितिको विस्तार भन्दै मंगलबार शेरबहादुर बस्नेतलाई संयोजकबाट हटाएर डीआईजी गणेश केसीको संयोजकत्वमा नयाँ समिति बनाएको हो । हिजो संयोजक बनेका बस्नेतलाई सदस्य बनाइएको छ भने तीन सदस्यमा अपराध महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीको नाम थप गरिएको छ।
घटनाको विशेष अनुसन्धानका लागि गठित समितिको संयोजक दुई दिनमै परिवर्तन गरिएको हो। नेपाल प्रहरीको महानगरीय महाशाखा, सीआईबी तथा लोकल युनिटले आफ्नोतर्फबाट गर्नुपर्ने अनुसन्धान सँगै यो समितिले विशेष अनुसन्धान गर्नेछ ।
Comments
अरु समाचार
-
तीन दशकको पत्रकारिता योगदानको कदर, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सुन्दरहरैँचा, मोरङ, असोज ९ गते । तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित भएका छन्। सामाजिक गतिविधि,...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...












