गौचनको हत्यापछि अन्य निर्माण व्यवसायीलाई पनि ज्यान मार्ने धम्की !
काठमाडौं, २५ असोज । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या पछि अन्य निर्माण व्यवसायीलाई समेत मार्ने धम्की आउन थालेको छ । केही निर्माण व्यवसायीलाई आफुले मागेजति चन्दा नदिए गौचनको जस्तै हालत बनाईदिने भन्दै धम्की आएपछि उनीहरु त्रसित भएका छन् ।
सोमबार दिउँसो काठमाडौंको बानेश्वरमा गौचनलाई गोली हानी हत्या गरेको केही घण्टापछि उपत्यकामा रहेका निर्माण व्यवसायीलाई समेत ज्यान मार्ने धम्की आएको उनीहरुले बताएका छन् । यतिबेला निर्माण व्यवसायीलाई गुण्डाहरुको डरले चिन्तित बनाएको छ ।
लामा कन्स्ट्रक्सनका अध्यक्ष तथा प्रबन्ध निर्देशक जीपछिरिङ लामालाई फोनमार्फत् धम्की आएकाले उनले बताए। ‘गौचनको के हाल भयो चाल पाइस ? पैसा दिइनस भने त्यही हाल बनाइदिन्छु’, फोनबाट आएको धम्की उदृत गर्दै लामाले भने। काँग्रेस नेतासमेत रहेका लामा निर्माण व्यवसायी महासंघका पूर्व अध्यक्ष हुन्।
त्यस्तै रुपन्देहीका दुई व्यवसायीलाई समेत फोनबाट ज्यानको धम्की दिएको उजुरी प्रहरीमा परेको छ। प्रहरीका अनुसार रुपन्देहीका व्यवसायी सुजु मल्ल तथा पदम ढुंगानालाई फोनबाट ‘काठमाडौंमा के भयो चाल पाइस होला पैसा दिइनस् भने त्यही हालत बनाइदिन्छु’ भन्दै फोनबाट धम्की आएको थियो।
त्यसैगरी संघका कोषाध्यक्ष रोशन दाहाल, व्यवसायीहरु रामजी पन्त, सूर्यबहादुर खड्का, कृष्णप्रसाद गौतम, मुकेश पन्तलगायत व्यवसायीलाई आएको निर्माण व्यवसायी महासंघका प्रवक्ता रामशरण देउजाले जानकारी दिए । देउजाले भने, “धम्की धेरैजनालाई आएको छ । कुरा बाहिर गयो भने ठिक हुनेछैन भनेर फोन आएको छ । त्यसैले व्यवसायीहरुले खुलेर भन्न सक्नुभएको छैन ।”
धम्कीबारे सम्बन्धित निकायमा जानकारी गराएको र सुुरक्षाका लागि प्रहरी खटाइएको देउजाले जानकारी दिए । “धम्कीका कारण व्यवसायी त्रसित भएका छन् । संसद भवन छेउमै अपराधी आएर दिनदहाडै गोली हानी हत्या गर्छ भने सुरक्षित हुन कहाँ जाने ?” उनले भने ।
गौचन हत्यापछि अज्ञात व्यक्तिबाट धम्की आउने गरेको भन्दै आवश्यक परेका व्यक्तिलाई जिल्ला सुरक्षा व्यवस्था समितिले सुरक्षाकर्मी खटाउने प्रहरी प्रवक्ता डीआईजी मनोज न्यौपानेले बताए । “कडा सुरक्षा व्यवस्थाको बीचमा पनि गौचनको हत्या भएको छ । केहीलाई धम्की आएको छ । प्रहरीले यसमा गम्भीर भएको छ । घटनाको अनुसन्धान गर्न समिति बनेको छ, छिट्टै अपराधीलाई कानुनी दायरामा ल्याइनेछ,” न्यौपानेले भने ।
धम्की आएका फोन नम्बरहरु कुनै पनि देखिएका थिइनन्। सबैमा प्राइभेट नम्बर देखिएको थियो। सुरक्षाको कारण टेलिकम सेवा प्रदायकहरुले विशिष्ट व्यक्तिहरुका फोन नम्बरहरु कल गर्दा नदेखिने र प्राइभेट देखाउने बनाइदिएका छन्। विदेशबाट आउने फोन कल प्राइभेट देखिनु सामान्य मानिन्छ। इन्टरनेटमार्फत् गुण्डा समूहले नम्बर नदेखिनेगरी फोन गरेको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ।
Comments
अरु समाचार
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...
-
केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी...












