प्रदेश नम्बर २ र ६ मा एमाले र माओवादीले आधा–आधा सिट पाउने, कसरी हुँदैछ व्यवस्थापन ?
काठमाडौं, २६ असोज । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि २ र ६ नम्बर प्रदेशमा नेकपा एमाले र माओवादी केन्द्रले आधा आधा सिट पाउने भएका छन् । एमाले माओवादीबीच गठबन्धनको कार्यदलमा प्रदेश नम्बर २ र प्रदेश नम्बर ६ मा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बराबरी हुनेगरी सिट संख्या बाँडफाँट गर्ने प्रारम्भिक सहमति भएको हो ।
प्रारम्भिक सहमति अनुसार प्रदेश २ मा एमालेले १६ र माओवादीले १६ सिट तथा प्रदेश ६ मा एमालेले ६ र माओवादी केन्द्रले ६ सिट पाउने छन् । प्रदेश २ र ६ सहित अन्य प्रदेशका बारेमा निर्णय लिन आज संयुक्त कार्यदलको बैठक बस्दैछ ।
‘प्रदेश नम्बर २ मा एमाले र माओवादीबीच बराबर हुनेगरी प्रतिनिधिसभाका लागि निर्वाचन क्षेत्र भागबन्डा गर्ने सहमति भइसकेको छ,’ माओवादी नेता भरत साहले भने, ‘जसअनुसार प्रदेश नम्बर २ मा एमालेले १६ र माओवादीले १६ वटा सिट पाउने छ । त्यसका लागि कुनकुन निर्वाचन क्षेत्र भन्ने विषयमा कार्यदलको बैठकले अन्तिम टुंगो लगाउनेछ ।
‘प्रदेश २ बाट प्रतिनिधिसभाका कम्तीमा १५ वटा सिट जित्ने उद्देश्यसहित भागबन्डा गरिँदैछ,’ स्रोतले भन्यो ।जसअनुसार सप्तरी, वारा र पर्सामा एमालेले बढी क्षेत्र पाउने छ भने माओवादीले सिरहामा बढी क्षेत्र पाउने छ । ६४ वटा प्रदेशसभा सदस्यको हकमा एमालेले जितेका स्थानीय तह रहेका प्रदेशमा एमालेले नै प्राथमिकता पाउने छ भने माओवादीको हकमा पनि यही नीति लागू हुनेछ ।
प्रदेश नम्बर ६ बाट प्रतिनिधिसभामा १२ सदस्य निर्वाचित हुनेछन् । त्यसमध्ये एमालेलाई ६ र माओवादीलाई ६ वटा बाँटफाँट गर्ने प्रारम्भिक सहमति जुटेको छ । तर, ६ नम्बर प्रदेशसभाका बारेमा भने सहमति हुन सकेको छैन ।
एमालेको भागमा दैलेखका २ वटा निर्वाचन क्षेत्रसहित मुगु, डोल्पा र सुर्खेत–१ परेको छ भने माओवादी केन्द्रलाई जाजरकोट, रुकुम, सल्यान, कालिकोट, जुम्ला परेको छ । तर, सुर्खेत–२ र हुम्ला कसलाई दिने÷लिने भन्ने विषयमा टुंगो लाग्न सकेको छैन ।
प्रदेश नम्बर १ मा माओवादीलाई प्रतिनिधिसभाका लागि ५ सिट दिइने प्रस्ताव एमालेबाट गएको छ । प्रदेश ४ मा माओवादीलाई अन्य प्रदेशमा भन्दा बढी सिट दिने विषयमा मोटामोटी सहमति भएको छ । तर, प्रदेश नम्बर ३ मा सिट बाँडफाँटमा सबैभन्दा बढी जटिलता देखिएको छ ।
एमालेले ६० र माओवादी केन्द्रले ४० प्रतिशत सिट पाउने सहमतिअनुसार निर्वाचन क्षेत्र भागबन्डा गरिँदैछ । कार्यदललाई असोज २२ गते नै बाँडफाँट टुंग्याउनुपर्ने निर्देशन भए पनि दुवै दलले आन्तरिक तयारी पूरा नगर्दा बुधबारसम्म पनि टुंगिन सकेको छैन् ।
Comments
अरु समाचार
-
तीन दशकको पत्रकारिता योगदानको कदर, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सुन्दरहरैँचा, मोरङ, असोज ९ गते । तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित भएका छन्। सामाजिक गतिविधि,...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...












