गौचन हत्यामा संलग्नको स्केच तयार, मोटरसाइकलको नम्बर र रङ पहिचान
काठमाडौं, २६ असोज । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या भएको तेस्रो दिनसम्म पनि हत्यारा पत्ता लाग्न सकेको छैन् । सोमबार दिउँसोनै अज्ञात समूहको गोली प्रहारबाट ज्यान गुमाएका गौचनका हत्यारा अझै पक्राउ पर्न सकेका छैनन् । घटनाको छानविन गर्न प्रहरीले डिआइजी गणेश केसीको संयोजकत्वमा उच्चस्तरिय समिति समेत गठन गरेको छ । समितिले आफ्नो छानबिनको कार्य गरिरहेको छ ।
अहिले सम्म हत्याराको को हो भन्ने एकिन पत्ता नलागेपनि घटनामा संलग्न केही व्यक्तिको पहिचान गर्ने काम भइरहेको डिआइजी केसीले बताए । उनले भने, ‘अनुसन्धान सकारात्मक रुपमा अगाडि बढेको छ। केही समयमा नै अपराधी सार्वजनिक र्ने प्रहरी सफल हुन्छ।’
गौचनको हत्यामा प्रयोग भएको मोटरसाइकलको नम्बर पहिचान गर्न सफल भएको केसीले जानकारी दिए । सोमबार दिउँसो गौचनलाई गोली हान्न दुई युवकले रातो रंगको पल्सर मोटरसाइकल प्रयोग गरेको अनुन्धानमा देखिएको प्रहरी अधिकारीको भनाई छ ।
घटनास्थलभन्दा करिब २ सय मिटर नै पर मोटरसाइकल रोकी गोली हानी उनीहरु पैदलै मोटरसाइकल भएको स्थानसम्म पुगी मोटरसाइकल चढी भागेका थिए। प्रहरीले बाइकको नम्बर प्लेटको आधारमा मोटरसाइकल धनीको खोजी गरिरहेको छ । डिआइजी केसीले भने, ‘मोटरसाइकल पत्ता लागे पनि सही धनी को हो भन्ने खोज्दैछौं। बाइक चोरीको र नम्बर प्लेट पनि नक्कली राखेको हुन सक्ने हुनाले त्यो कोणबाट पनि अनुसन्धान भइरहेको छ।’
गत पुस ४ गते मनोज पुन समूहले रुपन्देही युवा संघ अध्यक्ष दुर्गा तिवारीको हत्यामा प्रयोग गरेको बा ५१ प ८०७३ नम्वरको रातो १५० सिसीको पल्सर बाइक चोरीको र नक्कली नम्बर प्लेट भएको फेला पारेको थियो। प्रत्यक्षदर्शीको बयानको आधारमा प्रहरीले केही मानिसको स्केच पनि तयार पारेको छ। डिआइजी केसीले भने, ‘केही व्यक्तिको स्केच तयार पारेका छौं।’
स्केचको आधारमा थप अनुसन्धान गर्न सहयोग पुग्ने उनले बताए। आर्थिक लेनदेनकै कारण हत्या भएको हुनसक्ने कोणबाट प्रहरीले अनुसन्धान गरिरहेको छ। छानविन अन्तिम चरणको पुगेको भन्दै डिआइजी केसीले हत्यारा चाँडोभन्दा चाँडो पत्ता लाग्ने बताए ।
Comments
अरु समाचार
-
तीन दशकको पत्रकारिता योगदानको कदर, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सुन्दरहरैँचा, मोरङ, असोज ९ गते । तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित भएका छन्। सामाजिक गतिविधि,...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...












