प्रधानमन्त्री देउवाले आफुले बोल्ने भाषण ‘कस्ले लेखेको हो’ भनेर सोधेपछि…
काठमाडौं, २७ असोज । विभिन्न कारणले चर्चामा आईरहाने प्रधानमन्त्री शेरबहादुर देउवा फेरि चर्चामा आएका छन् । यसपटक देउवा आफुले बोल्ने भाषणका कारण चर्चामा आएका हुन् । शुक्रबार प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित ६२ औं प्रहरी दिवसमा प्रधानमन्त्री देउवाले भाषण गर्नै लाग्दा भनेका कुराले सामाजिक सञ्जालमा चर्चा पाएको छ । देउवाले प्राय लेखेको भाषण बोल्ने गर्दछन् ।
यसपटक पनि देउवाले अरुले लेखेकै भाषण बोल्न खोजेका थिए । अरुले लेखेको भाषण बोल्दा पटक पटक विवादमा आएपछि यसपटक देउवाले भाषणको आधिकारिकता खोजेका छन् । नक्सालमा आयोजित कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहेका देउवाले बोल्न मोडियमतर्फ जाँदा एक जनाले भाषण लेखेको पाना दिए । उनले पाना थमाउँदै भने यो भाषण कसले लेखेको ? देउवाले सोध्न त सुटुक्क सोधेका थिए तर माइकबाट घन्किएर सुनियो। केही गललल हाँसे।
प्रधानमन्त्री देउवाको नीजि सचिवालयले तयार पार्दछ । आजको भाषण देउवाले कार्यक्रममा आउनु अगाडि पढ्न पनि नभ्याएका रहेछन् । यसअघि उनी आउने गाडीमै सरसर्ती हेथ्र्ये । त्यसपछि प्रधानमन्त्रीले आफ्नो मतव्य पढ्थ्ये । तर यसपटक उनले गाडीमै पढ्न समेत नभ्याएका रहेछन् । त्यसपछि देउवाले कतिपय भाषण उनले पढेर दिए भने कतिपय नहेरी नै।
सम्बोधनमा प्रधानमन्त्री शेरबहादुर देउवाले आसान्न निर्वाचनमा सुरक्षा प्रदान गर्ने नेपाल प्रहरी सक्षम रहने विश्वास व्यक्त गरे। देउवाको मन्तव्यमा गडवड भएको यो पहिलो घटना भने होइन। यसअघि पनि पटक पटक भाषणमा गडवड भईसकेको छ ।
Comments
अरु समाचार
-
दोलखाका युवा नेता ‘नोर्बु शेर्पा’ केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्दै
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का युवा नोर्बु शेर्पाले नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्ने घोषणा...
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...












