एक महिलाद्धारा २ वर्षकी छोरी र ११ महिनाका छोरासँगै झुण्डिएर आत्महत्या
एजेन्सी, २७ असोज । श्रीमान र घरपरिवारले कुटपिट गरेको भन्दै २ वर्षका छोरी र ११ महिनाका छोरासँगै एक महिलाले आत्महत्या गरेकी छन् । भारतको उत्तर प्रदेश प्रतापगढकी मञ्जु नामकी महिलाले आफना २ बर्षकी छोरी र ११ महिनाको छोरासँगै एउटै पासोमा झुण्डिएर आत्महत्या गरेकी हुन् ।
ति महिलालाई आफ्नै श्रीमान तथा परिवारले लगातार पैसाको माग गर्ने र नदिँदा कुटपिट गर्ने गरेपछि दिक्क भएर आत्महत्या गरेको हुनसक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । प्रहरीले अनुसन्धानको लागि भन्दै उनका श्रीमान् र सासूलाई नियन्त्रणमा लिएको छ । मञ्जुका मामाका छोराले झुक्याएर बिहे गरिएको बताएका थिए ।
मञ्जुको विवाह सन् २०१४ मा नागेन्द्र नामका युवकसँग गरिएको थियो । मामाका छोरा पंकज मिश्राका अनुसार त्यतिबेला मञ्जुलाई नागेन्द्र वकिल भएको भनिएको थियो तर नागेन्द्र केही काम गर्दैनथे । बिहेमा ठूलो परिमाणमा दाइजो दिइएको थियो र १ लाख रुपैयाँ नगद समेत दिइएको थियो ।
नागेन्द्रकी एक बहिनी थिइन् जसको बिहे आगामी नोभेम्बरमा तय भएको थियो । त्यसका लागि नागेन्द्रले मञ्जुका पितासँग ३ लाख रुपैयाँ मागेका थिए । तर, मञ्जुका पिताले रकम दिन अस्वीकार गरेका थिए । उनले १ लाखसम्म दिन सक्ने बताएका थिए । यसपछि नागेन्द्रले मञ्जुलाई यातना दिन थालेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
Comments
अरु समाचार
-
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई भ्रष्टाचार अभियोगमा १० वर्ष जेल
ढाका । बङ्गलादेशको एक अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई भ्रष्टाचारको अभियोगमा १० वर्षको जेल सजाय सुनाएको छ । विशेष न्यायाधीशको अदालत–४...
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...
-
Nepali Consul General Niraula and Yunnan Normal University Professor Lu Hold Meeting
Lhasa, Magh 15 — A meeting was held on Thursday at the Consulate General office in Lhasa between Nepali Consul...
-
Alexander Kadakin: The Diplomat Who Turned Service into a Lifelong Mission
The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most often associated with India, as it were the relations with this...
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
‘नेपाल मानव अधिकारको संरक्षणप्रति प्रतिबद्ध छ’: परराष्ट्र सचिव अमृतबहादुर राई
काठमाडाैं । नेपाल सरकारका परराष्ट्र सचिव अमृतबहादुर राईले मानव अधिकारको संरक्षण र प्रवर्द्धनप्रति नेपाल पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।...
-
चीनकी नेपाल मामिला प्रमुख झेङ युहा काठमाडौँ आउँदै
काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को एक उच्चस्तरीय टोली बिहीबार काठमाडौँ आउने भएको छ । बदलिँदो अन्तर्राष्ट्रिय शक्ति सन्तुलन,...
-
Kathmandu Event Highlights Mountaineering Tourism in Nepal–Canada Ties
Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program in Kathmandu to commemorate the 61st year of Nepal–Canada diplomatic...
-
अमेरिकी नागरिकलाई तुरुन्तै इरान छोड्न एडभाइजरी
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यापार गर्ने देशहरूमाथि कडा आर्थिक कारबाहीको घोषणा गरेका छन्। ट्रम्पका अनुसार इरानसँग कुनै...











