फोटो खिच्न, चियापान गर्न र सांसदलाई बाटो खर्च दिन आज संसदको अन्तिम बैठक बस्दै
काठमाडौं, २८ असोज । सविधानसभाबाट रुपान्तरित संसदको अन्तिम बैठक आज बस्दैछ । शनिबार मध्यरातदेखि अवधि समाप्त हुने संसदको शुक्रबारको बैठकलाई नै अन्तिम बनाउने भनिएपनि शनिबार सबै दलका शीर्ष नेताले सम्बोधन गर्नेगरी बैठक दिउँसो तीन बजे बस्न लागेको हो ।
आजको बैठकमा फोटो खिच्ने, चियापान गर्ने र सांसदलाई बाटो खर्च पनि उपलब्ध गराइने संसद सचिवालयले जनाएको छ । २०७२ असोज ३ गते संविधान जारी भएपछि तत्कालिन संविधानसभालाई नै संसदमा रूपान्तरण गरिएको थियो । प्रतिनिधि सभा चुनावको मनोनयनको अघिल्लो दिन संसदको अवधि स्वतः समाप्त हुने संवैधानिक व्यवस्थाअनुसार संसदको आयु आज मध्यरातदेखि सकिँदैछ ।
निर्वाचन आयोगले प्रतिनिधि सभा चुनावका लागि समानुपातिक उम्मेदवारको बन्दसूचि बुझाउन आइतबारसम्मको समय तोकेको छ । संसदले संविधान कार्यान्वयनका लागि महत्वपूर्ण धेरै विधेयक पारित गरेपनि राष्ट्रियसभा गठन सम्बन्धी विधेयक र चिकित्सा शिक्षा विधेयक लगायत महत्वपूर्ण विधेयक पारित गर्न सकेन ।
राष्ट्रियसभा गठनमा बहुमतीय कि एक संक्रमणीय निर्वाचन प्रणाली अपनाउने भन्ने विषय दलहरुबिच सहमति जुट्न नसक्दा विधेयक पारित हुन नसकेको हो । त्यस्तै दलहरुबिचकै विवादका कारण चिकित्सा शिक्षा विधेयक पनि अलपत्र परेको हो । सहमति नभएकाले अब सरकारले अध्यायदेश मार्फत विधेयक ल्याउनेछ ।
Comments
अरु समाचार
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...
-
केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी...












