समायोजन भएका कर्मचारी बढुवापछि सरुवा हुन नपाउने
काठमाडौं, ३० असोज । संघ, प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारी एक तह बढुवा भएपछि सरुवा हुन नपाउने भएका छन्। सरकारले ल्याउन थालेको ‘कर्मचारी समायोजन विधेयक–२०७४’मा तीन तहमा समायोजन गरी गएका कर्मचारी त्यही तहमा बढुवा भए पुनः अर्को तहमा जान नपाउने व्यवस्था गरिएको सामान्य प्रशासन मन्त्रालयमा प्रवक्ता शिवराम न्यौपानेले जानकारी दिए ।
समायोजनपछि सरुवा भएका प्रदेश र स्थानीय तहका कर्मचारी बढुवापछि सोही ठाउँमा बस्नुपर्ने बताए। ‘‘समायोजनपछि बढुवा नहुँदासम्म संघ, प्रदेश र स्थानीय तहमा रहेका कर्मचारी जुन तहमा पनि जान सक्दछन’उनले भने–‘‘तर समायोजनपछि कुनै तहमा रहको कर्मचारी एक पटक बढुवा भएपछि भने कतै सरुवा गर्न पाउने छैनन।’
असोज २२ गते व्यवस्थापिका–संसद्बाट पारित भई आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण भएको विधेयकमा कर्मचारी एउटा प्रदेशबाट अर्को प्रदेशमा र एउटा स्थानीय तहबाट अर्को स्थानीय तहमा पनि जान पाउने भएको उनले बताए।
यस्तै विधेयकमा समायोजनपछि पनि कर्मचारीको सुरक्षा र वृद्धि विकासलाई निरन्तरता दिएको छ। तीनै तहका कर्मचारीलाई अध्ययन बिदा, सेमिनार, गोष्ठीको अवसर समानुपातिक ढंगबाट वितरण गर्ने पनि उल्लेख छ।
यस्तै सेवा सञ्चालन गर्ने निकायले सेवा, समूह वा उपसमूह मिल्दो समान पदमा मात्र समायोजन गर्ने उल्लेख गरिएको छ। समायोजनको आधार कार्यरत पदको ज्येठता, संघ, प्रदेश र स्थानीय तहको रोजाइ र स्थायी बसोवास वा नागरिकताको ठेगानाअनुसार रहेका छन्।
समायोजन हुन नचाहने कर्मचारीलाई स्वेच्छिक अवकासकोसमेत व्यवस्था गरिएको छ। समायोजन ऐन प्रारम्भ भएको तीन महिनाभित्र स्वेच्छिक अवकासको सूचना प्रकाशित गरी अवकास रोज्न सक्ने न्यौपानेले बताए।
सामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेतको अध्यक्षतामा रहेको अधिकार सम्पन्न संघीय प्रशासनिक पुनःसंरचना समितिले केन्द्रमा १५ र प्रदेशमा सात मन्त्रालय रहने गरी मन्त्रिपरिषद्लाई सिफारिस गरेको छ। कर्मचारी समायोजनपछि सरकारले ती कर्मचारीलाई संघ, प्रदेश र स्थानीय तह मातहतमा पठाउने छ। अहिले करिब ८६ हजार निजामती कर्मचारी रहेका छन्। रासस
Comments
अरु समाचार
-
दोलखाका युवा नेता ‘नोर्बु शेर्पा’ केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्दै
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का युवा नोर्बु शेर्पाले नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्ने घोषणा...
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...












