सामाजिक सुरक्षा भत्ता रकमले जुवा खेल्दै गरेका माओवादीबाट निर्वाचित वडाध्यक्ष पक्राउ
सिन्धुपाल्चोक, ३१ असोज । सामाजिक सुरक्षा भत्ता रकम लिएर जुवा खेल्दै गरेको अवस्थामा प्रहरीले एक वडा अध्यक्षलाई पक्राउ गरेको छ । बलेफी गाउँपालिका– ६ (साबिक माम्खा गाविस) का वडाध्यक्ष चित्रवहादुर तामाङलाई प्रहरीले अँधेरीस्थित एक जुवाखालबाट सोमवार राति पक्राउ गरेको हो ।
विशेष सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालय चौताराबाट खटिएको टोलीले अरनिको राजमार्गको अँधेरीस्थित सिन्धु क्याफेमा जुवा खेलिरहेको अवस्थामा तामाङलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक मोहन पोखरेलले जानकारी दिए । माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष तामाङले प्रहरी फन्दामा परेपछि आफ्नो नाम समेत ढाँटेर विजय तामाङ बताएका थिए । तर, सोधपुछ गर्ने क्रममा उनी बलेफी–६ का वडाध्यक्ष रहेको पुष्टि भएको प्रहरी उपरीक्षक पोखरेलले बताए ।
बृद्ध र बिधुवाभत्तालगायत सामाजिक सुरक्षा भत्ताको रकम लिएर उनी जुवाखालमा बसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । उनीसहित पक्राउ परेका १६ जनामाथि जुवा ऐन अनुसार कारबाही हुने प्रहरीले जनाएको छ । प्रहरीले जुवाखालबाट एक लाख १८ हजार रुपैयाँ बरामद गरेको हो ।
माओवादी केन्द्रका जिल्लास्तरीय प्रभावशाली नेता मानिने तामाङ पक्राउ परेपछि छुटाउन दबाब समेत आउन थालेको प्रहरीको भनाई छ । आफ्नो पार्टीबाट वडाअध्यक्ष जस्तो पदमा निर्वाचित भएर जुवाखालबाट पक्राउ परेपछि पार्टीले समेत छानविन सुरु गरेको माओवादी केन्द्रले जनाएको छ । उनलाई पार्टीले स्पष्टिकरण सोध्ने र चित्तबुझ्दो जवाफ नआए पार्टीबाट निश्काषित सम्मको कारवाही गर्ने तयारी भईरहेको माओवादी स्रोतले जनाएको छ ।
Comments
अरु समाचार
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
भुटानी शरणार्थी प्रकरणमा केपी ओली र आरजु राणालाई जोड्ने प्रयास कानुनी प्रक्रियाको उपहास र न्यायिक स्टन्ट
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
सर्वोच्चमा पेस हुने रिट निवेदनको दर्ता प्रक्रिया २४ घण्टाभित्र टुङ्याइने
काठमाडौँ । सर्वोच्च अदालतले सेवाग्राहीबाट दर्ताका लागि पेस हुने रिट निवेदनहरूको दर्ता प्रक्रियासम्बन्धी समयसीमा तोक्दै सूचना जारी गरेको छ। अदालतद्वारा...
-
प्रधानमन्त्री शाहले पुनर्गठन गरे मन्त्रिमण्डल, मन्त्रीको सूची यस्तो
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिमण्डल पुनर्गठन गरेका छन्। मङ्गलबार प्रधानमन्त्री शाहले दुई मन्त्री थप्दै मन्त्रिमण्डल पुनर्गठन गरेका हुन्।...
-
ओलीको सम्बोधनले किन तान्यो राष्ट्रिय ध्यान ?
काठमाडौं । संसद्को निर्वाचनपछिको पहिलो सार्वजनिक सम्बोधनमा केपी ओलीले केवल पार्टीगत विषयमा मात्र नभई राष्ट्रिय राजनीति, नेतृत्व, लोकतान्त्रिक संस्थाहरू, राष्ट्रिय...
-
रास्वपा सभापति लामिछानेले बोलाएको सर्वदलीय बैठकमा गगन थापा नजाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा नजाने भएका छन्...
-
प्रतिनिधि सभा बैठकमा आज बजेटमाथि छलफल हुने कार्यसूची
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेदेखि बस्दैछ । आजको बैठकमा आगामी आर्थिक वर्षका लागि प्रस्तावित...
-
रास्वपा सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएका छन् । उनले...












