१७ मन्त्री बेरोजगार ! मन्त्री नै बेरोजगार भएपछि अरुले रोजगारी कहाँबाट पाउने ?
काठमाडौं, १ कात्तिक । यतिबेला नेपालका १७ मन्त्रीहरु बेरोजार छन् । मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रका मन्त्री र राज्यमन्त्रीलाई विनाविभागीय बनाएपछि उनीहरु बेरोजगार बनेका हुन् । यतिबेला ९ मन्त्री र ८ राज्यमन्त्रीले सरकारी सेवासुविधा देखि तलब भत्तासम्म खान पाउने तर जिम्मेवारी भने नपाउने गरी व्यवस्थापन गरिएको छ ।
ईतिहासकै जम्बो ६४ सदस्यीय मन्त्रीपरिषद् बनाएका देउवाले माओवादी मन्त्रीलाई जिम्मेवारी मुक्त गराएका हुन् । यतिबेला जिम्मेवारी मुक्त भएपछि माओवादी मन्त्रीहरु शिंहदरवार गएका छैनन् । शिंहदरबार गएरपनि के गर्ने ? कहाँ बस्ने ? भन्ने टुंगो नभएपछि आ आफ्नो नीजि काममा गएका एक मन्त्री निकट स्रोतले जनाएको छ ।
मंगलवार नै सरकार छाड्ने तयारी गरेका माओवादीका मन्त्रीहरु आज भने सिंहदरवार गएका छैनन् । प्रदेश र प्रतिनिधिसभा चुनावको मनोनयन गर्ने दिनसम्म सरकारमै बसिराख्ने माओवादीको रणनीति रहेको छ । माओवादीले चुनाव सार्ने प्रधानमन्त्रीको योजना रहेको बताउँदै मंगलबार तत्काल सरकार नछाड्ने बताएको थियो ।
विना विभागीय भएपनि बस्ने तर सरकार नछाड्ने माओवादीले बताएपछि प्रधानमन्त्री देउवाले उनीहरुलाई विनाविभागीयको जिम्मेवारी दिएका थिए । ‘उम्मेदवारी मनोनयन सम्पन्न भएपछि हामी सरकारबाट हट्छौ’ माओवादीका एक नेताले भने ।
बिनाविभागिय मन्त्रीहरुलाई बस्नको लागि प्रधामनन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा व्यबस्था गरिएको छ । प्रधानमन्त्री देउवाले चुनाव सार्ने तयारी गरेको भन्दै माओवादी मन्त्रहरुले चुनावको सुनिश्चितता नभएसम्म सरकार नछाड्ने बताउदै आएका छन् ।
मन्त्रालयको जिम्मेवारी खोसिएका मन्त्रीहरु अब प्रधानमन्त्री कार्यालयमा हाई काडेर बस्नेछन् । मन्त्रालयको जिम्मा नभएपनि विनाविभागिय मन्त्रीहरुले मन्त्रिपरिषद्को बैठकमा भने सहभागि हुन पाउनेछन् ।
यसअघि पनि भागवण्डा मिलाउन विनाविभागिय मन्त्री बनाउने प्रचलन थियो । मंसिर १० र २१ गतेका लागि निर्धारित चुनाव सार्ने प्रस्ताव मन्त्रिपरिषद्मा ल्याइएमा त्यसलाई विफल तुल्याउने उनीहरुले दावी गर्दै आएका छन् । मतपत्र सम्बन्धी सर्वोच्च अदालतमा बिचाराधीन रिटमाथिको आज हुने फैसलाले चुनाव सर्ने या नसर्ने निर्धारण गर्नेछ । प्रधामनन्त्रीले जिम्मेवारी खोसिदिएपछि उनीहरुले मन्त्रालयमा कर्मचारीसँग बिदाइ पनि गर्न पाएनन् ।
Comments
अरु समाचार
-
तीन दशकको पत्रकारिता योगदानको कदर, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सुन्दरहरैँचा, मोरङ, असोज ९ गते । तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित भएका छन्। सामाजिक गतिविधि,...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...












