यी हुन्, किम जोङ-उनका दुई सारथी वैज्ञानिक, राष्ट्रसंघले कालोसूचीमा राख्यो
काठमाडौं, १ कात्तिक । यतिबेला उत्तर कोरिया विश्वको नजरमा निकै हावी भईरहेको छ । उसले दिनप्रतिदिन गर्ने परमाणु परीक्षण तथा क्षेप्यास्त्र परीक्षणले गर्दा निकै चर्चामा छ । संयुक्त राष्ट्र संघ, अमेरिका, चीन लगायतका शक्तिशाली संगठन तथा राष्ट्रहरुको प्रतिबन्धका बाबजूत पनि परीक्षणको कार्य तीब्र पारिरहेको छ ।
पारमाणविक कार्यक्रमले कोरियाली नेता किम जोङ-उन विश्वशक्ति माझ हिरो बनिरहेका छन् । अमेरिका र चीनसहित कैयौँ मुलुकले उत्तर कोरियाको पारमाणविक कार्यक्रमलाई लिएर विभिन्न प्रतिबन्धहरु लगाइसकेका छन्। तर संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद् र शक्ति राष्ट्रहरुको प्रतिबन्धका बावजुद उत्तर कोरियाले आफ्नो क्षेप्यास्त्र कार्यक्रमलाई निरन्तरता दिइरहेको छ।
अमेरिकाले राष्ट्रसंघमा उक्त मुद्दालाई पटक-पटक उठाउँदै आएको छ। कसैको केही नसुन्दै आफ्नो पारमाणित कार्यक्रमलाई निरन्तरता दिईरहेको उत्तर कोरियाले यसको प्रमुख श्रेय कसलाई दिएको छ त ? उत्तर कोरियाको पारमाणविक कार्यक्रमलाई गति दिनुको श्रेय दुईजना परमाणु वैज्ञानिकहरु री होङ-सोप र होङ सङ-मुलाई जान्छ। उनीहरुको दिमाग तथा सक्रियताले उत्तर कोरिया विश्वसामू हिरो बनिरहेको छ ।
री होङ-सोप पारमाणु अस्त्र अध्ययन केन्द्रका प्रमुख हुन् भने होङ सङ-मु त्यसका उप-निर्देशक हुन्। पारमाणविक कार्यक्रमसम्बन्धी उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ-उनको महत्त्वाकांक्षा पूरा गर्ने जिम्मेवारी तिनै दुईजनाको काँधमा रहेको बताइन्छ।
जन हप्किन्स विश्वविद्यालयका अनुसन्धानकर्ता माइकल म्याडन भन्छन्, ‘यी दुई वैज्ञानिकहरुसँग ठूलो शक्ति छ र उनीहरुले उत्तर कोरियाको परमाणु वैज्ञानिक समुदायको प्रतिनिधित्व गर्दछन्।’ म्याडनका अनुसार ती दुई वैज्ञानिकहरु कुनैबेला परमाणु भौतिकशास्त्रका पिता भनिने डो साङ-रोकका विद्यार्थी थिए।
डो साङ-रोक किम जोङ-उनका बुवाका एक निकट सल्लाहकार थिए। उत्तर कोरियाली पारमाणविक केन्द्रहरुसम्म पहुँच भएका सीमित व्यक्तिहरुमा स्टाण्डफर्ड विश्वविद्यालयको परमाणु विज्ञानका प्राध्यापक सेगफर्ड हेकर पर्दछन्।
योङब्योन न्युक्लियर साइन्टिफिक रिसर्च सेन्टरको निर्देशक पदमा री होङ-सोप भएका बेला हेकरले सन् २००४ देखि २०१० को बीचमा त्यहाँको भ्रमण गरेका थिए। एउटा अन्तर्वार्तामा हेकरले भनेका थिए, ‘री होङ-सोपले मेरा प्रश्नहरुको इमानदारीपूर्वक दिएको जवाफ र उनको क्षमता देखेर म निकै प्रभावित भएको थिएँ।’
सन् २०१६ मा चौथो पारमाणविक परीक्षणमा पाएको सफलतापछि दुवै वैज्ञानिकलाई नेता किम जङ(अनले सम्मान गरेका थिए। त्यसरी सम्मानित हुने उनीहरु पहिला हुन्। छैठौं पारमाणविक परीक्षणमा सफलता पाएपछि दुई वैज्ञानिकहरुको सम्मानमा किम जोङ-उनले आधिकारिक समारोहकै आयोजना गरे। उत्तर कोरियाको पारमाणविक कार्यक्रमलाई अगाडि बढाउने यी दुई हस्तीहरुलाई राष्ट्रसंघको सुरक्षा परिषद्ले कालोसूचीमा राखेको छ। बीबीसीको सहयोगमा
Comments
अरु समाचार
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
आज अपाङ्गता भएकाहरुको अन्तरराष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाईंदै !
काठमाडाैं । अपाङ्गता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकार, सरोकारवाला निकाय तथा क्रियाशील विभिन्न...
-
Journalist for Justice Nepal Hosts Solidarity Event in Support of Venezuela
Kathmandu- Journalist for Justice Nepal organized a program titled "Journalist Solidarity with the People and Sovereignty of Venezuela" in support...
-
सैन्य कूपछि गिनी-बिसाउ अफ्रिकी युनियनबाट निलम्बित
एडिस अबाबा। अफ्रिकी युनियन (एयु) ले गिनी-बिसाउमा हालै भएको सैन्य कूलाई असंवैधानिक परिवर्तनका रूपमा व्याख्या गर्दै उक्त राष्ट्रलाई सङ्गठनबाट निलम्बन...
-
दक्षिण एशियाका केही देशमा मुसलधारे वर्षा, श्रीलंकामा आपतकाल घोषणा
काठमाडौं । मुसलधारे वर्षाका कारण दक्षिण एशियाका केही देशमा बाढी र पहिरोका कारण झन्डै ६ सय जनाले ज्यान गुमाएका छन्...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
‘Festive week marking 70 years of Nepal–China diplomatic relations’ officially inaugurated
Kathmandu:The Cultural Week commemorating the 70th anniversary of diplomatic relations between Nepal and the People’s Republic of China was formally...
-
श्रीलंकामा बाढी, कम्तीमा ५६ जनाको मृत्यु !
काठमाडौं । श्रीलंकामा भारी वर्षाका कारण आएको बाढी र पहिरोले यो हप्ता ठूलो विनाश निम्त्याएको छ। बाढी र पहिरोमा परी...
-
रुस र युक्रेन शान्ति–वार्ता उपलव्धीमुलक : अमेरिका
वासिङ्टन डीसी । अमेरिकी विदेशमन्त्री मार्को रुबियो नेतृत्वको उच्चस्तरीय अमेरिकी टोली र युक्रेनी प्रतिनिधिमण्डलबीच हिजो जेनेभामा भएको वार्ताले युक्रेनमा शान्ति...












