काँग्रेसका कुन शीर्ष नेताले कुन निर्वाचन क्षेत्रबाट चुनाव लड्ने ?
काठमाडौं, १ कात्तिक । नेपाली कांग्रेसले शीर्षनेताहरुले लड्ने निर्वाचन क्षेत्र टुंगो लगाएको छ । काँग्रेसले पार्टी सभापति शेरबहादुर, वरिष्ट नेता देउवा रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला लगायतका शीर्ष नेताहरुले लड्ने निर्वाचन क्षेत्रको टुंगो लगाएको हो । काँग्रेस संसदीय समिति बैंठकले पार्टी सभापति देउवालाई डडेलधुराबाटै चुनाव लड्ने गरी टुंग्याएको छ ।
त्यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेल तनहुँ १ बाट र महामन्त्री शशांक कोइराला नवलपुर १ बाट चुनाव लड्ने टुंगो कांग्रेसले लगाएको हो । यसैगरी प्रकाशमान सिंह काठमाडौं क्षेत्र नम्बर १ बाट चुनाव लड्नेछन् । सिंह यसअघिका निर्वाचनबाट पनि काठमाडौं १ बाटै निर्वाचित भएका थिए ।
काठमाडौं २ बाट दीपक कुइँकेल, काठमाडौं ३ बाट अम्बिका बस्नेत र काठमाडौं ४ बाट गगन थापा चुनाव लड्ने निश्चित भएको कांग्रेसले जनाएको छ । गगन थापा दोस्रो संविधानसभा निर्वाचनमा पनि काठमाडौं ४ बाटै विजयी भएका थिए ।
काठमाडौं ५ बाट प्रकाशशरण महत, काठमाडौं ८ बाट नवीन्द्रराज जोशी, ९ बाट ध्यानगोविन्द रञ्जित र काठमाडौं १० बाट राजेन्द्र केसी चुनाव लड्नेछन् । केसीले दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौं १० मा माओवादी अध्यक्ष प्रचण्डलाई हराएका थिए ।
कांग्रेसले जिल्लाबाट आएको सिफारिसको आधारमा उम्मेदवार छनोट गर्न २२ सदस्यीय समिति बनाएको थियो । सोही समितिले अहिले पनि छलफल गरिरहेको छ । समितिले पहिलो चरणमा शीर्ष नेताहरुको निर्वाचन क्षेत्र टुंगो लगाएको कांग्रेस मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिए ।
Comments
अरु समाचार
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...












