विवेकशील साझा पार्टीको थप चार जिल्लामा उम्मेदवारी घोषणा (नामावलीसहित)
काठमाडौं, २ कात्तिक । विवेकशील साझा पार्टीले थल जिल्लामा उम्मेदवारी घोषणा गरेको छ । दोस्रो चरणमा काठमाडौँ लगायतका जिल्लाहरुमा उम्मेदवारी घोषणा गरेको विवेकशील साझा पार्टीले तेस्रो चरणमा थप चार जिल्लामा उम्मेदवारी घोषणा गरेको हो ।
तेश्रो चरणमा रुपन्देही, ईलाम, पर्सा, अर्गाखाँची जिल्लाबाट संघीय प्रतिनिधिसभा सदस्यको लागी प्रत्यक्ष उम्मेदवारी घोषणा गरेको हो । अन्य उम्मेदवारहरु पनि क्रमशः घोषणा गर्दै जाने पार्टीको नीति रहेको प्रवक्ता रमेश पौडेलले जानकारी दिए ।
विवेकशील साझा पार्टीले रुपन्देही क्षेत्र नम्बर २ बाट हरि कृष्ण अधिकारीलाई उम्मेदवार बनाएको छ । अर्घाखाँची हंसपुरमा जन्मिएका अधिकारी पेशाले दन्त चिकित्सक हुन् । काठमाडौँ मोडल कलेजबाट डेन्टल हाइजिन पढेका अधिकारी आस्था डेन्टल केयर, बुटवलका संचालक हुन् ।
सामाजिक संस्थाहरुमा सक्रिय अधिकारी राजनीतिलाई समाजसेवा मान्छन् । ३३ वर्षीय अधिकारी नेपाल डेन्टल हाइजेनिष्ट एसोसिएसनका केन्द्रीय अध्यक्ष हुन् । उनी नेपाल डेन्टल व्यवसायी एसोसिएसन रुपन्देही र हंसपुर अर्घाखाँची रुपन्देही सम्पर्क समाजका पनि अध्यक्ष हुन् ।
त्यस्तै पर्सा क्षेत्र नम्बर १ बाट डा. महमद रज्जालाई उम्मेदवार बनाएको छ । पेशाले चिकित्सक वीरगंजका रज्जा पछिल्लो एक वर्षदेखि पर्सा र बाराका ग्रामीण भेगका नागरिकलाई निःशुल्क स्वास्थ्य शिविर आयोजना गरी निःशुल्क औषधि वितरण गर्दै आएका छन् ।
बंगलादेशबाट एमबिबिएस गरेका डा. रज्जाका नेपाल र बंगलादेशका राष्ट्रिय स्तरका पत्रपत्रिकामा समाज विकाससम्बन्धी लेख प्रकाशित छन् । १० वर्ष विदेशमा बिताएका उनी समृद्धि र विकासका लागि वीरगंजलाई स्मार्ट सिटी बनाउन चाहन्छन् ।
विवेकशीला साझा पार्टीले ईलाम क्षेत्र नम्बर १ बाट सचिन घलेलाई उठाएको छ । डा. गोविन्द केसीको भ्रष्टाचार विरोधी अभियानमा साथ दिँदै आएका २७ वर्षीय घले १५ औँ हप्तासम्म सञ्चालित त्रिभुवन विश्वाविद्यालय सरसफाइ कार्यक्रमका मुख्य अभियन्ता मध्येका एक हुन्। ईलाम, सूर्योदय नगरपालिका वासिन्दा घलेले अंग्रेजी साहित्यमा स्नातकोत्तर गरेका छन् । उनी ईलामलाई भ्रष्टाचाररहित र समृद्ध बनाउन आफ्नो उम्मेदवारी दिएको बताउँछन् ।
अर्घाखाँचीबाट विष्णुप्रसाद मिश्रलाई उम्मेदवार बनाएको छ । मुम्बाईबाट कम्प्युटर साइन्समा स्नातक गरेका विष्णुप्रसाद मिश्र पेशा कार्यरत छन् । कामको सिलसिलामा कतार र दुबई गरी एक दशक बिताएका उनले सोही क्रममा नेपालको आर्थिक परनिर्भरता र त्यसका कारण युवा पुस्ताले पाएको दुःखलाई आत्मसात् गरेको बताउँछन् । सक्रिय राजनीति मार्फत देशको समस्या कम गर्न स्वदेशमै रोजगारीका अवसरहरु सृजना गर्ने उनको लक्ष्य छ ।
Comments
अरु समाचार
-
तीन दशकको पत्रकारिता योगदानको कदर, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सुन्दरहरैँचा, मोरङ, असोज ९ गते । तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित भएका छन्। सामाजिक गतिविधि,...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...












