वाम-गठबन्धले प्यूठान छाडेपछि मोहनविक्रम सिंहकी कान्छी श्रीमतीलाई टिकट
काठमाडौं, ६ कात्तिक । वाम-गठबन्धनले प्यूठान छोड्न मानेपछि नेकपा (मसाल) का महामन्त्री मोहनबिक्रम सिंहकी श्रीमतीले टिकट पाउने भएकी छन् । मोहनविक्रमकी कान्छी श्रीमती दुर्गा पौडेल सिंहले टिकट पाउने भएकी हुन् । पुराना कम्न्युष्टि नेता सिंहको लागि प्यूठान जिल्ला छोड्ने एमाले र माओवादी गठबन्धनबीच सहमति भएको थियो । वाम-गठबन्धनले सिंहबाहेक अरुलाई सघाउन नसकिने बताउँदै आएका थिए ।
गठबन्धनको माग बमोजिम सिंहले आफु नभई कान्छी श्रीमतीलाई उठाएका हुन् । बाग्लुङका प्रतिनिधि सभाका दुवै सिट एमाले माओवादी गठबन्धनलाई छाड्नमा राष्ट्रिय जनमोर्चा सहमत भएपछि सिंह पत्नीलाई प्यूठान छोडिएको गठबन्धनले जनाएको छ । प्रदेशसभाको लागि भने गठबन्धनले प्यूठानका दुई क्षेत्रबाट उम्मेदवार उठाउने छन् । प्यूठानबाट नेपाली काँग्रेसले भने पुर्ननिर्माण प्राधिकरणका सिईओ डा. गोविन्दराज पोखरेललाई उम्मेदवार बनाउने तयारी गरेको छ ।
Comments
अरु समाचार
-
तीन दशकको पत्रकारिता योगदानको कदर, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सुन्दरहरैँचा, मोरङ, असोज ९ गते । तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित भएका छन्। सामाजिक गतिविधि,...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...












