‘बिना विभागीय’ बनेपछि माओवादी मन्त्रीहरु पहिलो पटक सिंहदरबारमा
काठमाडौं, ६ कात्तिक । सोमबार बसेको मन्त्रीपरिषद् बैठकमा बिना विभागीय मन्त्रीहरु पनि सहभागि भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले बिना विभागीय बनाउँदै जिम्मेवारी खोसेका माओवादी मन्त्रीहरू सोमबारको मन्त्रिपरिषद बैठकमा सहभागी भएका हुन् ।
माओवादी मन्त्रीहरू टेकबहादुर बस्नेत, प्रभु शाह र सन्तकुमार थारु मन्त्रिपरिषद बैठकमा सहभागी भएका हुन्। माओवादीबाट सरकारको नेतृत्व गरेका कृष्णबहादुर महरा र यसअघि गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका जनार्दन शर्मा भने मन्त्रिपरिषद बैठकमा गएनन् ।
सरकारमा हाल माओवादीका ९ मन्त्री रहेका छन्। गत असोज ३१ गते सरकारबाट बाहिरिने तयारी गरेपनि अन्तिम समयमा माओवादी मन्त्रीहरू चुनाव सार्ने चलखेल भएको भन्दै मन्त्रिपरिषद् बैठकमा सहभागी भएका थिए। प्रधानमन्त्री देउवाले पछिल्लोपटक गत असोज २९ गते राप्रपाबाट मन्त्री थप्दै सरकार विस्तार गरेका थिए।
हाल माओवादीले जिम्मेवारी सम्हालेका कतिपय मन्त्रालय राप्रपाका मन्त्रीहरूले सम्हालिरहेका छन्। माओवादी मन्त्रीहरू बिना विभागीय बनाइएपछि सिंहदरबार भने जाने गरेका छैनन्। तर मन्त्रिपरिषद् बैठकमा भने आज तीन मन्त्री सहभागी भएका हुन्।
Comments
अरु समाचार
-
दोलखाका युवा नेता ‘नोर्बु शेर्पा’ केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्दै
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का युवा नोर्बु शेर्पाले नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्ने घोषणा...
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...












