‘बागी’ उम्मेदवारी दिनेलाई एमालेले कडा कारबाही गर्ने
काठमाडौं, ६ कात्तिक । नेकपा एमालेले बागी उम्मेदवारी दिने आफ्ना कार्यकर्तालाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ । नेकपा एमालेले वाम गठबन्धनका विरुद्ध प्रतिनिधिसभा र प्रदेशसभामा उमेदवारी दिने आफ्ना कार्यकर्तालाई उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको हो ।
एमाले–माओवादी केन्द्रबीच तालमेलबाट असन्तुष्ट आधा दर्जन बढी कार्यकर्ताले बागी उमेदवारी दिएपछि एमालेले गठबन्धनको मर्म र भावनाअनुरूप अघि बढ्न कार्यकर्तालाई निर्देशन दिएको हो ।
एमाले पार्टी स्थायी कमिटीले तालमेल गर्दा अन्यायमा परेका नेता कार्यकर्तालाई धैर्य र संयमित रहन र पार्टीको निर्णय शिरोधार्य गर्न आग्रह गरेको थियो । तर धैर्य तथा संयमित रहनुको साटो बागी उम्मेदवारी दिएपछि एमालेले कडाँ निर्देशन दिएको हो ।
एमालेबाट बझाङमा बागी उमेदवार परेको छ । भैरवबहादुर सिंहका विरुद्ध एमालेकै गोपालबहादुर खड्काले प्रतिनिधि सभामा बागी उम्मेदवारी दिएका हुन् । त्यस्तै आधिकारिक उम्मेदवारअर्जन थापाका विरुद्ध शेरबहादुर बोहोराले प्रदेश क मा उम्मेदवारी दिएका छन् ।
जाजरकोटमा कम्युनिष्ट गठबन्धनका नेता तथा पूर्वमन्त्री शक्ति बस्नेतविरुद्ध एमालेका गोविन्द विक्रम शाहले बागी उमेदवारी दर्ता गराएका छन् । त्यसैगरी नेकपा एमालेमा भर्खरै प्रवेश गरेका गुन्डा नाइके दिपक मनाङेले मनाङमा एमालेकै उमेदवार खण्डा लामाविरुद्ध बागी उमेदवारी दर्ता गराएका छन् । एमालेका खण्डा लामा गुरुङ विरुद्ध मनाङेले उमेदवारी दिएका हुन् ।
बागी उमेदवारी दिनु गठबन्धनको मर्म विपरित मात्र नभई पार्टीको नीति विपरित भएको भन्दै निःशर्त उमेदवारी फिर्ता लिन एमाले सचिव प्रदीप ज्ञवालीले आग्रह गरेका छन् । “एकाध ठाउँमा मिस कम्युनिकेशन भएको हुनसक्छ,” उनले भने, “भोलिसम्म उहाँहरूले फिर्ता लिनुहुन्छ ।” उनले फिर्ता नलिने उमेदवारहरूलाई पार्टीले कारवाही गर्ने र भविष्यमा कुनै जिम्मेवारी नदिइनेसमेत प्रष्ट पारे ।
Comments
अरु समाचार
-
दोलखाका युवा नेता ‘नोर्बु शेर्पा’ केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्दै
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का युवा नोर्बु शेर्पाले नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्ने घोषणा...
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...












