उत्तर कोरियाविरुद्ध जापानले कडा कदम चाल्ने, अब उत्तरले के गर्ला ?
काठमाडौं, ६ कात्तिक । उत्तर कोरियाविरुद्ध कडा रुपमा प्रस्तुत हुने जापानी प्रधानमन्त्री सिन्जो आबेले चेतावनी दिएका छन् । जापानको मध्यावधी चुनावको एक्जिट पोलमा विशाल जितको सम्भावना देएिपछि प्रधानमन्त्री आबेले उत्तर कोरिया विरुद्ध कडा रुपमा उत्रिने चेतावनी दिएका हुन् ।
प्रधानमन्त्री आबेले देशको परिवर्तित राजनीतिक संकटका बीच जनादेश बढाउनका लागि एक वर्ष पहिले नै चुनाव गराएको बताएका छन् । पछिल्लो समय उत्तर कोरियाले जापानको उत्तरी द्विप होक्काइदोमा लक्षित गरेर दुई वटा मिसाइल प्रहार गरेको थियो । यो चुनावमा जित्नु भयो भने सिन्जो आबे सबैभन्दा लामो समय प्रधानमन्त्री बन्नेमा पर्नुहुनेछ । सिन्जो आबे सन् २०१२ मा प्रधानमन्बी बन्नुभएको थियो । सिन्जो आबेले जापानको शान्तिवादी संविधान पनि संशोधन गर्ने पक्षमा हुनुहुन्छ ।
जापानको यो संविधान सन् १९४७ मा अमेरिकाको दबाबमा बनेको थियो । संविधानको अनुच्छेद ९ मा युद्धको पूर्ण त्यागको कुरा उल्लेख छ । जसले गर्दा पनि जापानले उत्तर कोरियामाथि कारबाही गर्न संवैधानिक बाटो खुलेको छैन । ताजा जनादेशका साथ संविधान संशोधन गर्ने पक्षमा प्रधानमन्त्री सिन्जो आबे रहेको राजनीतिक विश्लेषकहरुले बताएका छन् ।
Comments
अरु समाचार
-
नेपाल मूलका नेपालीलाई पहिचान दिलाउने प्रतिबद्धता
काठमाडौं । गैरआवासीय नेपाली संघको १२ औं वार्षिक सभामा नेपाल मुलका नेपालीहरुलाई समावेश गराउने प्रतिवद्धता व्यक्त भएको छ । भिन्न...
-
इरान–इजरायल युद्ध अपडेट: तेहरानमा शीर्ष सुरक्षा अधिकारी लारिजानी र सोलेमानी मारिएपछि तनाव
तेहरान । मध्यपूर्वमा जारी युद्धकाबीच इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव अली लारिजानी मारिएका इरानी सञ्चार माध्यमले पुष्टी गरेका छन्...
-
दुबई विमानस्थल नजिक ड्रोन आक्रमण, उडान सेवा प्रभावित
दुबई । दुबईमा रहेको अन्तर्राष्ट्रिय विमानस्थल नजिक ड्रोन सम्बन्धी घटना भएपछि सोमबार केही समयका लागि सबै उडानहरू अस्थायी रूपमा रोकिएका...
-
अमेरिकाले भन्यो- अब कम्तिमा ३० दिन विश्वका सबै देश रुसी तेल किन्न स्वतन्त्र छन्
वासिङटन डीसी । अमेरिकाले अबको एक महिना विश्वका जुनसुकै देशले रुसी तेल किन्नका लागि स्वतन्त्र रहेको जनाएको छ। अमेरिकाले समुद्रमा...
-
शनिबारयता इरानमा मृत्यु हुनेको सङ्ख्या ७८७, इरानद्वारा अमेरिकी अखडामा जवाफी हमला
वासिङ्टन ।अमेरिकी सेनाको सेन्ट्रल कमान्डले शनिबारदेखि सुरु भएको सैन्य कारबाहीका क्रममा इरानमा झन्डै २ हजार शक्तिशाली आक्रमण गरेको दाबी गरेको...
-
दुबई विमानस्थलबाट सीमित उडान शुरु, खाडी देशप्रति आफ्नो शत्रुता नभएको इरानको दाबी
काठमाडौं । यूएईको दुबई र अबुधाबी विमानस्थलसहित खाडी क्षेत्रमा इरानले आक्रमण गरेलगत्तै रद्द गरिएको उडान हिजो बेलुकादेखि सीमित उडान शुरु...
-
इरानका सर्वोच्च नेता खामेनीको मृत्यु पुष्टि, ४० दिन शोक घोषणा
काठमाडौं । इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४०...
-
नेपाली महावाणिज्यदूतद्वारा चिनियाँ नागरिकले सञ्चालन गरेको नेपाली रेष्टुरेन्ट उद्घाटन
ल्हासा, फागुन १२, २०८२ – तिब्बतको ल्हासास्थित १.९ कुजिलिन स्क्वायर, विन्हे पार्कमा ‘नेपाली रेष्टुरेन्ट’ सञ्चालनमा आएको छ। ल्हासा नेपाल क्याटरिंग...
-
दिल्लीमा युथ कांग्रेसका सदस्यहरूको प्रदर्शन, नेपालको जेनजी आन्दोलनबाट प्रेरित भएको दाबी
नयाँ दिल्ली । दिल्लीमा युथ कांग्रेसका सदस्यहरूले प्रदर्शन गरो छन् । त्यो प्रदर्शन नेपालको जेनजी आन्दोलनबाट प्रेरित भएको दाबी गरिएको...












