मंसिर १० को चुनाव यसकारण रोचकः प्रभावशाली नेताहरु नै एकअर्काका प्रतिष्पर्धी
काठमाडौं, ६ कात्तिक । प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका लागि केही प्रभावशाली नेताहरुबीच प्रतिस्पर्धा हुने देखिएको छ । पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा आईतबार उम्मेद्वार मनोनयन दर्ता गरियो । केही क्षेत्रमा चर्चित र प्रभावशाली उम्मेद्वारहरु एकअर्काको प्रतिष्पर्धीको रुपमा उभिएका छन् ।
एकातर्फ नेकपा एमाले र माओवादी केन्द्रबीचको वामपन्थी गठबन्धन र अर्कातर्फ कांग्रेस नेतृत्वमा लोकतान्त्रिक गठबन्धन बनाएर मुख्य दलहरु प्रदेशसभाको चुनावी मैदानमा होमिएका छन् । मनोनयन दर्तासँगै विभिन्न राजनीतिक दलहरुबाट उम्मेद्वार बनेका नेताहरुबीचको भीडन्तको चर्चापरिचर्चा सुरु भएको छ ।
आइतबार सम्पन्न उम्मेद्वार मनोनयन दर्तासँगै मतदाताहरुमा राजनीतिक दलबाट उम्मेद्वार बनेका नेताहरुको प्रतिष्पर्धाले आउँदो मंसिर १० गतेको निर्वाचन केहि रोचक हुने देखिएको छ । दुई फरक धारको गठबन्धनले यो निर्वाचनलाई थप रोचक बनाउँदै लगेको छ ।
नेकपा एमाले र माओवादीको बाम गठबन्धन र नेपाली काँग्रेससहित साना दलको लोकतान्त्रिक गठबन्धनबाट उम्मेद्वार बनेकाहरुबीचको भीडन्त मंसिर १० गते हेर्न लायक बनेको छ । प्रदेशका ७४ सिटमध्ये माओवादीले ३३ सिट र एमालेले ३९ सिट पाएको छ ।
बाबुराम र नारायणकाजीको भिडन्त निकै रोचकः
नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठको भिडन्त एकदमै रोचक बन्ने छ । एउटै क्षेत्रबाट उम्मेदवारी दिएका यि दुईबीचको चुनावी भीडन्त निकै रोचक देखिने भएको हो । उम्मेदवारी मनोनय दर्ता गराएको भोली पल्टै सोमबार दुई नेताबीच आरोप प्रत्योप सुरु भएको छ । गोरखामा पत्रकार सम्मेलन गर्दै दुई नेताहरुले एकअर्कालाई दोषारोपण गरेका हुन् । काँग्रेसको साथ पाएका बाबुराम भट्टराई र एमालेको साथ पाएका नारायणकाजी श्रेष्ठबीचको प्रतिष्पर्धाले नेपालको राजनीतिक जगतले निकै चाँसोका साथ हेरिरहेको छ ।
सिन्धुपाल्चोकमा पशुपति शमशेरसँग अग्निप्रसाद सापकोटाको टक्कर:
सिन्धुपाल्चोक १ बाटसञ्चारमन्त्री मोहनबहादुर बस्नेतले उम्मेदवारी दर्ता गराएका छन् । यसअघिको निर्वाचनमा हार बेहोरेका राप्रपा (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति शमशेर राणाले सिन्धुपाल्चोक २ बाट काँग्रेसको साथ पाउँदै उम्मेदवार बनेका छन् । तर, उनलाई चुनावी मैदानमा माओवादी केन्द्रका नेता अग्निप्रसाद सापकोटाले चुनौती दिनेछन् । उनलाई एमालेले साथ दिएको छ । यसले गर्दा अबको चुनाव सिन्धुपाल्चोकमा निकै रोचक हुनेदेखिएको छ ।
ओखलढुंगामा रामहरि खतिवडासँग एमालेका यज्ञराज सुनुवार भिड्नेः
एक निर्वाचन क्षेत्रमा प्रतिनिधिसभाको निर्वाचन गर्नुपर्ने भएपछि दुवै गठबन्धनका चर्चित अनुहार नै प्रतिस्पर्धामा देखिएका छन् । लोकतान्त्रिक गठबन्धनवाट नेपाली कांग्रेसका युवा नेता रामहरि खतिवडा प्रतिष्पर्धामा उत्रेका छन् भने उनलाई एमालेका युवा नेता यज्ञराज सुनुवारले टक्कर दिनेछन् ।
नुवाकोटमा अर्जुननरसिंह केसी र नारायणप्रसाद खतिवडाः
अर्जुननरसिंह केसी पनि यसपटक २ नम्बर क्षेत्रवाट चुनावी मैदानमा उत्रेका छन् । अर्जुननरसिंह केसीसँग वाम गठबन्धनका नारायणप्रसाद खतिवडा भिड्ने भएका छन् । त्यसैगरि रुकुममा माओवादीका प्रभावशाली नेता जर्नादन शर्माले यस पटक लोकतान्त्रिक गठबन्धनका वीरबहादुर ओलीसँग प्रतिष्पर्धा गर्ने भएका छन्।
वाम गठबन्धनको तर्फबाट एमालेका ‘हेभिवेट’ उम्मेदवारहरुमा सचिवद्धय पृथ्वीसुब्बा गुरुङ र योगेश भट्टराई रहेका छन् । प्रदेश १ को मुख्यमन्त्रीको दावेदार रहेका एमाले नेता शेरधन राईले भने भोजपुर २ को प्रदेशसभाका लागि उम्मेदवार बनेका छन् ।
एमालेका अर्का प्रभावशाली नेता राजेन्द्रप्रसाद पाण्डे यसपटक धादिङको प्रतिनिधिसभा १ बाट उम्मेदवारी दिएका छन् । उम्मेद्वारहरुको आफ्नो क्षेत्रमा रहेको प्रभाव भन्दा पनि यो निर्वाचनमा कुन गठबन्धन कतिको बलियो भन्ने आधारमा जित्ने देखिन्छ । गठबन्धन बलियो नभएमा यसअघिका चुनावी नतिजा परिर्वतन नहोला भन्न सकिन्न ?
Comments
अरु समाचार
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...
-
विराटनगर आगजनी प्रकरणः नेपाली कम्युनिष्ट पार्टीका अन्सारीसहित पाँचजना पक्राउ
विराटनगर । जेनजी आन्दोलनका क्रममा गत २४ भदौमा विराटनगरस्थित विभिन्न सरकारी कार्यालयमा गरिएको आगजनी तथा तोडफोड घटनामा संलग्न रहेको आरोपमा...
-
पर्शुराम बस्नेतमाथि मोरङमा किन भयो आक्रमण प्रयास, के बस्नेतराज सकिएकै हो ?
काठमाडाैं । एमालेमा गुन्डागर्दी गर्दै नेता बनेका पर्शुराम बस्नेतमाथि मोरङमा महाधिवेशन प्रतिनिधि छनोटमा गोलमाल गर्न खोज्दा कडा प्रतिवाद गरिएको छ...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...












