मंसिर १० को चुनाव यसकारण रोचकः प्रभावशाली नेताहरु नै एकअर्काका प्रतिष्पर्धी
काठमाडौं, ६ कात्तिक । प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका लागि केही प्रभावशाली नेताहरुबीच प्रतिस्पर्धा हुने देखिएको छ । पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा आईतबार उम्मेद्वार मनोनयन दर्ता गरियो । केही क्षेत्रमा चर्चित र प्रभावशाली उम्मेद्वारहरु एकअर्काको प्रतिष्पर्धीको रुपमा उभिएका छन् ।
एकातर्फ नेकपा एमाले र माओवादी केन्द्रबीचको वामपन्थी गठबन्धन र अर्कातर्फ कांग्रेस नेतृत्वमा लोकतान्त्रिक गठबन्धन बनाएर मुख्य दलहरु प्रदेशसभाको चुनावी मैदानमा होमिएका छन् । मनोनयन दर्तासँगै विभिन्न राजनीतिक दलहरुबाट उम्मेद्वार बनेका नेताहरुबीचको भीडन्तको चर्चापरिचर्चा सुरु भएको छ ।
आइतबार सम्पन्न उम्मेद्वार मनोनयन दर्तासँगै मतदाताहरुमा राजनीतिक दलबाट उम्मेद्वार बनेका नेताहरुको प्रतिष्पर्धाले आउँदो मंसिर १० गतेको निर्वाचन केहि रोचक हुने देखिएको छ । दुई फरक धारको गठबन्धनले यो निर्वाचनलाई थप रोचक बनाउँदै लगेको छ ।
नेकपा एमाले र माओवादीको बाम गठबन्धन र नेपाली काँग्रेससहित साना दलको लोकतान्त्रिक गठबन्धनबाट उम्मेद्वार बनेकाहरुबीचको भीडन्त मंसिर १० गते हेर्न लायक बनेको छ । प्रदेशका ७४ सिटमध्ये माओवादीले ३३ सिट र एमालेले ३९ सिट पाएको छ ।
बाबुराम र नारायणकाजीको भिडन्त निकै रोचकः
नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठको भिडन्त एकदमै रोचक बन्ने छ । एउटै क्षेत्रबाट उम्मेदवारी दिएका यि दुईबीचको चुनावी भीडन्त निकै रोचक देखिने भएको हो । उम्मेदवारी मनोनय दर्ता गराएको भोली पल्टै सोमबार दुई नेताबीच आरोप प्रत्योप सुरु भएको छ । गोरखामा पत्रकार सम्मेलन गर्दै दुई नेताहरुले एकअर्कालाई दोषारोपण गरेका हुन् । काँग्रेसको साथ पाएका बाबुराम भट्टराई र एमालेको साथ पाएका नारायणकाजी श्रेष्ठबीचको प्रतिष्पर्धाले नेपालको राजनीतिक जगतले निकै चाँसोका साथ हेरिरहेको छ ।
सिन्धुपाल्चोकमा पशुपति शमशेरसँग अग्निप्रसाद सापकोटाको टक्कर:
सिन्धुपाल्चोक १ बाटसञ्चारमन्त्री मोहनबहादुर बस्नेतले उम्मेदवारी दर्ता गराएका छन् । यसअघिको निर्वाचनमा हार बेहोरेका राप्रपा (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति शमशेर राणाले सिन्धुपाल्चोक २ बाट काँग्रेसको साथ पाउँदै उम्मेदवार बनेका छन् । तर, उनलाई चुनावी मैदानमा माओवादी केन्द्रका नेता अग्निप्रसाद सापकोटाले चुनौती दिनेछन् । उनलाई एमालेले साथ दिएको छ । यसले गर्दा अबको चुनाव सिन्धुपाल्चोकमा निकै रोचक हुनेदेखिएको छ ।
ओखलढुंगामा रामहरि खतिवडासँग एमालेका यज्ञराज सुनुवार भिड्नेः
एक निर्वाचन क्षेत्रमा प्रतिनिधिसभाको निर्वाचन गर्नुपर्ने भएपछि दुवै गठबन्धनका चर्चित अनुहार नै प्रतिस्पर्धामा देखिएका छन् । लोकतान्त्रिक गठबन्धनवाट नेपाली कांग्रेसका युवा नेता रामहरि खतिवडा प्रतिष्पर्धामा उत्रेका छन् भने उनलाई एमालेका युवा नेता यज्ञराज सुनुवारले टक्कर दिनेछन् ।
नुवाकोटमा अर्जुननरसिंह केसी र नारायणप्रसाद खतिवडाः
अर्जुननरसिंह केसी पनि यसपटक २ नम्बर क्षेत्रवाट चुनावी मैदानमा उत्रेका छन् । अर्जुननरसिंह केसीसँग वाम गठबन्धनका नारायणप्रसाद खतिवडा भिड्ने भएका छन् । त्यसैगरि रुकुममा माओवादीका प्रभावशाली नेता जर्नादन शर्माले यस पटक लोकतान्त्रिक गठबन्धनका वीरबहादुर ओलीसँग प्रतिष्पर्धा गर्ने भएका छन्।
वाम गठबन्धनको तर्फबाट एमालेका ‘हेभिवेट’ उम्मेदवारहरुमा सचिवद्धय पृथ्वीसुब्बा गुरुङ र योगेश भट्टराई रहेका छन् । प्रदेश १ को मुख्यमन्त्रीको दावेदार रहेका एमाले नेता शेरधन राईले भने भोजपुर २ को प्रदेशसभाका लागि उम्मेदवार बनेका छन् ।
एमालेका अर्का प्रभावशाली नेता राजेन्द्रप्रसाद पाण्डे यसपटक धादिङको प्रतिनिधिसभा १ बाट उम्मेदवारी दिएका छन् । उम्मेद्वारहरुको आफ्नो क्षेत्रमा रहेको प्रभाव भन्दा पनि यो निर्वाचनमा कुन गठबन्धन कतिको बलियो भन्ने आधारमा जित्ने देखिन्छ । गठबन्धन बलियो नभएमा यसअघिका चुनावी नतिजा परिर्वतन नहोला भन्न सकिन्न ?
Comments
अरु समाचार
-
तीन दशकको पत्रकारिता योगदानको कदर, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सुन्दरहरैँचा, मोरङ, असोज ९ गते । तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित भएका छन्। सामाजिक गतिविधि,...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...












