राजनीतिक दलहरु घोषणापत्र बिनै चुनाव प्रचारप्रसारमा व्यस्त, मतदातालाई कसरी मनाउँलान ?
काठमाडौं, ७ कात्तिक । राजनीतिक दलहरु घोषणापत्र बिनै चुनाव प्रचार प्रसारमा जुटेका छन् । पहिलो चरणमा ३२ जिल्लामा हुने प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि दलहरु चुनावी प्रचार प्रसारमा जुटेका हुन् । राजनीतिक दलहरु उम्मेदवारी दर्ता गराएसँगै ती जिल्लामा निर्वाचनको चहलपहल बढेको छ । उम्मेदवारी मनोनयनसँगै गाउँ तथा शहरमा उम्मेदवारसहित पार्टीका नेता कार्यकर्ता चुनावी कार्यक्रममा व्यस्त छन् ।
निर्वाचन आयोगले पनि पहिलो चरणमा निर्वाचन हुने जिल्लाका उम्मेदवारहरुको अन्तिम सुचि (नामावली) यहि कात्तिक ८ गते बुधबार सार्वजनिक गरेर निर्वाचन चिन्ह समेत प्रदान गर्दैछ । तर, उम्मेदवाको अन्तिम नाम प्रकाशित हुने र निर्वाचन चिन्ह लिने अघिल्लो दिनसम्म पनि चुनावमा भाग लिने दलहरुले आफ्नाआफ्ना चुनावी घोषणापत्र सार्वजनिक गर्न सकेका छैनन् । चुनावी घोषणापत्र नहुँदा प्रमुख दलका उम्मेदवारहरुलाई निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न असहज भएको छ । ‘केही अप्ठ्यारो त हुन्छ तरपनि घोषणापत्र अभावमै जनतामा जान सकिन्न भन्ने होइन’ एमाले उपाध्यक्ष भीम रावलले भने, ‘हामी जतिसक्दो चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारीमा छौ ।’
कांग्रेस नेता अर्जुननरसिंह केसीले चुनावी घोषणापत्र उम्मेदवार र पार्टीको प्रतिवद्धतापत्र भएकाले चुनाव प्रचारप्रसारमा जाँदा मतदाताले घोषणापत्र माग्ने बताए । तर आफ्नो पार्टी जनताबीच परिचित भएकाले घोषणापत्र विनै पनि चुनावी प्रचारप्रसारमा जान समस्या नभएको उनको भनाई छ ।
बाम गठबन्धनमा रहेका एमाले र माओवादी केन्द्रले गत असोज १९ गते दुवै पार्टीका नेता सम्मिलित एक कार्यदल बनाई एक साताभित्र संयुक्त चुनावी घोषणापत्र सार्वजनिक गर्ने प्रतिवद्धता जनाएका थिए । सो कार्यदलमा एमाले उपाध्यक्ष बामदेव गौतम, भीम रावल, प्रदीप ज्ञवाली, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, देव गुरुङ, विश्वभक्त दुलाल ‘आहुति’ रहेका छन् । तर, घोषणापत्रमा समेट्ने विषय बस्तुका बारेमा गठबन्धनभित्रै विवाद हुँदा अहिलेसम्म पनि सो कार्यदलले घोषणापत्र सार्वजनिक गर्न सकेको छैन ।
‘केही प्राविधिक कुरा समेट्न बाँकी रहेकाले गठबन्धनको संयुक्त घोषणापत्र सार्वजनिक गर्न ढिलाई भएको छ, तर अव केही दिनभित्रै सार्वजकि गर्ने तयारी भएको छ’, बाम गठबन्धनका तर्फबाट घोषणापत्र कार्यदलमा रहेका एमाले नेता प्रदिप ज्ञवालीले बताए । उनले भने ‘घोषणापत्र अभावमा जनतामाझ जान बाधा पर्दैन, तरपनि केही दिनमै उम्मेदवारहरुले जनताका हातमा घोषणापत्र पुर्याउनेछन् ।’
Comments
अरु समाचार
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
काठमाडाैं । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...












