मलेसियामा नेपाली चढेको बस दुर्घटना हुँदा ८ महिलाको मृत्यु, नेपालीको अवस्था के भयो ?
काठमाडौं, ७ कात्तिक । मलेसियामा नेपाली चढेको बस दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ । मंगलबार बिहान नेपाली कामदार चढेको बसलाई अर्कोबसले ठक्करदिँदा ८ जना महिलाको ज्यान गएको हो । दुर्घटनामा ३३ जना घाइते भएका छन् । २३ जनाको अवस्था गम्भीर रहेको छ ।
कामदार बोकेर कम्पनीतर्फ जाँदै गरेको बसमा समस्या आएपछि सडकको देब्रेपटि रोकिएको थियो । पछि अर्को कम्पनीको बसले ठक्करदिँदा ६ जनाको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा ज्यान गएको मलेसियन प्रहरीले जनाएको छ । सोनी कम्पनी र प्लेक्सस कम्पनीको बस नर्थ साउथ एक्सप्रेसवेको जुरुटोल प्लाजा नजिक बिहान ५ बजेर ४० मिनेटमा दुर्घटना भएको हो ।
बसमा नेपाली र इन्डोनेसियन कामदार रहेपनि अहिले सम्म नेपालीको ज्यान गएको कुनै जानकारी नआएको नेपाली दूतावासले जनाएको छ । नेपाली कामदार बोकेको बस दुर्घटनामा परेपनि नेपाली कामदारको ज्यान गएको पुष्टि हुन नसकेको क्वालालम्पुरस्थित नेपाली राजदूतावासका द्धितीय सचिव प्रेमराज गौतमले जानकारी दिए । घटनाबारे बुझ्न पेनाङस्थित कन्सुलेट जनरललाई घटनास्थलमा पठाएको र स्थानीय प्रहरी अधिकारीहरुसँग समन्वय भइरहेको उनले जनाकारी दिए ।
Comments
अरु समाचार
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...
-
‘नेपालको व्यापार, पर्यटन र लगानी सम्भावनाबारे ल्हासामा प्रवर्द्धनात्मक कार्यक्रम’
ल्हासा। नेपाली महावाणिज्यदूतावास, ल्हासाको आयोजनामा नेपालको व्यापार, पर्यटन तथा लगानीका सम्भावनाबारे जानकारी गराउने उद्देश्यले ल्हासास्थित सांग्रिला होटलमा विशेष कार्यक्रम सम्पन्न...
-
अमेरिकी र इरानी अधिकारीहरु शान्ति वार्ता गर्न पुगे स्वीटजरल्याण्ड
काठमाडौं । शान्ति सम्झौताको प्रयासमा अमेरिकी र इरानी अधिकारीहरु वार्तामा बस्न स्वीटजरल्याण्ड पुगेका छन् । मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका कतार...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
इरानमाथि कडा दबाब सिर्जना गर्दै २२ देशले चेतावनी
सिड्नी । संयुक्त राज्य अमेरिका, बेलायतसहित युरोपेली राष्ट्रहरू र अस्ट्रेलिया लगायत २२ देशले इरानमाथि कडा दबाब सिर्जना गर्दै आफ्ना भूभागमा...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
रुसी लगानीकर्तालाई नेपालको विद्युत क्षेत्रमा लगानी गर्न महतोको आह्वान
काठमाडाैं । व्यवसायी तथा उद्योगपति उपेन्द्र महतोले नेपालको जलविद्युत तथा ऊर्जा पूर्वाधार क्षेत्रमा लगानी गर्न रुसी व्यवसायी तथा लगानीकर्ताहरूलाई आह्वान...
-
इरानले भन्यो- फेरि कुनै युद्ध चाहिँदैन, हमला भए सशक्त जवाफ दिइनेछ
काठमाडौं । इरानले कुनै नयाँ युद्धको सुरुवात गर्न नचाहेको, तर आफूमाथि हमला भए पूर्ण तागतका साथ जवाफ दिने बताएको छ।...











