२४ घण्टामै सचिव सरुवाको निर्णय फेरियो, लोकसेवा आयोग सचिव विहिन
काठमाडौं, ८ कात्तिक । सचिवहरुको सरुवा गरेको २४ घण्टा नबित्दै निर्णय फेरिएको छ । सोमवार बसेको मन्त्रिपरिषद बैठकले सचिवहरूको सरुवा गरेको थियो । तर २४ घण्टामै फेरि तिनै सचिवहरूको कार्यक्षेत्र हेरफेर गरिएको हो ।
सरकारले लोकसेवा आयोगसँग परामर्श नगरी सचिव सरुवा गरेको भन्दै आयोगले असन्तुष्टि जनाएपछि सचिव सरुवाको निर्णय हेरफेर गरिएको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ । प्रधानमन्त्री कार्यालयबाट लोकसेवा आयोगमा सरुवा भएका सचिव ङइन्द्रप्रसाद उपाध्यायलाई लोकसेवाले मन पराउन सकेन् । ।
लोक सेवाले उपाध्यायलाई मन नपराएपछि सरकारले महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयमा पुर्याएको छ । प्रधानमन्त्री कार्यालयबाट डेढ महिना अघि मात्रै महिला तथा बालबालिका कार्यालयमा पुगेका उनलाई फेरि फर्काएर प्रधानमन्त्री कार्यालयमा ल्याइएको छ । लोकसेवा आयोग चाहिँ सचिव विहिन भएको छ । लोकसेवा आयोगमा रहेका मधुप्रसाद रेग्मीलाई पनि सरुवा गरिएपछि लोकसेवा आयोग सचिव विहीन भएको छ । रेग्मी शिक्षा मन्त्रालयमा पुगेका छन् ।
सूचना आयोगकी यामकुमारी खतिवडा उद्योग मन्त्रालय पुगेकी छन् भने सामान्यबाट गृहमा पुगेका मोहनकृष्ण सापकोटाको पदस्थापन चाहिँ सोही ठाउँमै भएको छ ।
प्रधानमन्त्री कार्यालयमा रहेका केदारबहादुर अधिकारीलाई सञ्चार मन्त्रालयमा लगिएको छ । सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ चाहिँ प्रधानमन्त्री कार्यालयमा आएका छन् । प्रधानमन्त्री कार्यालयका अर्का सचिव रामकुमार आचार्य महालेखा नियन्त्रकको कार्यालयमा गएका छन् ।
Comments
अरु समाचार
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
काठमाडाैं । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
अधिवक्ता मञ्जु मिश्र कैलाली–३ बाट स्वतन्त्र उम्मेदवार
धनगढी । युवा कानुन व्यवसायी अधिवक्ता मञ्जु मिश्र आगामी प्रतिनिधिसभा निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारका रूपमा...











