नेपाली चेली जोली अमात्यलाई राष्ट्रसंघबाट एक उच्च सम्मान प्रदान
काठमाडौं, ८ कात्तिक । नेपाली चेली जोली अमात्यले संयुक्त राष्ट्रसंघबाट एक उच्च सम्मान प्राप्त गरेकी छिन् । युएस नेशनल कमिटि फर युन वुमनले जोलीलाई च्याम्पेन अफ द चेन्ज अवार्ड प्रदान गरेको हो । ३० औं बार्षिकोत्वको अवसरमा जोलीलाई यस्तो सम्मान प्रदान गरिएको हो ।
युएन वुमनले नेपालमा उल्लेखनीय काम गरिररहेको सन्दर्भमा आफूले च्याम्पेन अफ द चेन्ज अवार्ड प्राप्त गरेकोमा जोलीले खुशी व्यक्त गरेकी छिन् । ३ जनालाई छानेर प्रदान गरिएको यस्तो अवार्ड प्राप्त गर्नेमा अरु दुईजना कर्नरस्टोन क्यापिटल इन्ककी संस्थापक एरिका कार्प र ग्लोबल वेलनेस इन्स्टीच्युटकी अध्यक्ष सुसी एलिस रहेका छन् ।
जोली अमात्य राष्ट्रसंघका सन् २०१५ देखि २०१७ सम्म युवा सम्मेलनकी अध्यक्ष हुन् । उनले विश्वका तमाम युवा वर्गको प्रतिनिधित्व गर्दै दुईपटक राष्ट्रसंघ युवा सम्मेलनलाई सम्बोधन गरिसकेकी छिन् । सन् २०१३ देखि कार्यरत जोली राष्ट्र संघको इतिहासमै युवा अध्यक्ष पदमा नियुक्त हुने सबैभन्दा कनिष्ठ तथा पहिलो नेपाली हुन् ।
पाटनमा जन्मिएकी उनले यसअघि विश्व बैंक, एक्सन एड नेपालजस्ता संस्थामा काम गरिकेकी छिन् । काठमाडौंको सेन्ट मेरिजमा पढेकी उनले हाल अमेरिकाको न्युयोर्कलाई कर्मथलो बनाएकी छिन् । जोलीले सन् २००७ मा ‘महिलाको आवाज’ भन्ने पत्रिकामा उत्कृष्ट १० महिलाको पुरस्कार प्राप्त गरेकी थिइन् । उनले अमेरिकाको आएवा विद्यालयमा वित्त तथा लेखा संकाय, हार्बर्ड विश्वविद्यालयमा पूर्वस्नातक तहको अध्ययन पूरा गरेकी छिन् ।
Comments
अरु समाचार
-
भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता
काठमाडौं । भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ। गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प...
-
‘नेपालको व्यापार, पर्यटन र लगानी सम्भावनाबारे ल्हासामा प्रवर्द्धनात्मक कार्यक्रम’
ल्हासा। नेपाली महावाणिज्यदूतावास, ल्हासाको आयोजनामा नेपालको व्यापार, पर्यटन तथा लगानीका सम्भावनाबारे जानकारी गराउने उद्देश्यले ल्हासास्थित सांग्रिला होटलमा विशेष कार्यक्रम सम्पन्न...
-
अमेरिकी र इरानी अधिकारीहरु शान्ति वार्ता गर्न पुगे स्वीटजरल्याण्ड
काठमाडौं । शान्ति सम्झौताको प्रयासमा अमेरिकी र इरानी अधिकारीहरु वार्तामा बस्न स्वीटजरल्याण्ड पुगेका छन् । मध्यस्थकर्ताको भूमिका निर्वाह गरेका कतार...
-
मध्यपूर्वमा ऊर्जा र अन्य आपूर्ति अवरोध हट्न अझै समय लाग्छ : आइएमएफ
काठमाण्डौ । अमेरिका–इरानबीचको युद्धविराम घोषणाले मध्यपूर्वको तनावलाई कम गर्ने देखिए पनि ऊर्जा र अन्य आपूर्ति अवरोधहरू हट्न अझै समय लाग्ने...
-
इरानमाथि कडा दबाब सिर्जना गर्दै २२ देशले चेतावनी
सिड्नी । संयुक्त राज्य अमेरिका, बेलायतसहित युरोपेली राष्ट्रहरू र अस्ट्रेलिया लगायत २२ देशले इरानमाथि कडा दबाब सिर्जना गर्दै आफ्ना भूभागमा...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
फ्लाईदुबईले सेप्टेम्बरदेखि पोखरा–दुबई दैनिक उडान गर्ने, मेयर आचार्यद्वारा सेवा सफल बनाउन अपिल
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने दिशामा महत्वपूर्ण प्रगति भएको छ। उच्चस्तरीय सुरक्षा, सेफ्टी तथा सञ्चालनसम्बन्धी...
-
रुसी लगानीकर्तालाई नेपालको विद्युत क्षेत्रमा लगानी गर्न महतोको आह्वान
काठमाडाैं । व्यवसायी तथा उद्योगपति उपेन्द्र महतोले नेपालको जलविद्युत तथा ऊर्जा पूर्वाधार क्षेत्रमा लगानी गर्न रुसी व्यवसायी तथा लगानीकर्ताहरूलाई आह्वान...
-
इरानले भन्यो- फेरि कुनै युद्ध चाहिँदैन, हमला भए सशक्त जवाफ दिइनेछ
काठमाडौं । इरानले कुनै नयाँ युद्धको सुरुवात गर्न नचाहेको, तर आफूमाथि हमला भए पूर्ण तागतका साथ जवाफ दिने बताएको छ।...











