देउवालाई आयो यस्तो गोप्य रिपोर्टः एमाले पहिलो पार्टी बन्ने, काँग्रेस दोस्रोमा झर्ने
काठमाडौं, ८ कात्तिक । वाम र लोकतान्त्रिक मोर्चा बनाएर चुनाव लड्दा कुन दलले कति मत पाउला, कसको प्रत्यक्षतर्फ कुन हैसियत बन्ला ? के त्यसपछि नेपाली कांग्रेसका नेताहरुले भने झैं वाम अधिनायकत्व स्थापना गर्न सक्ने गरी देशैभर लाल झण्डा फहराउने सम्भावना रहला ? या, यी सबै कुराहरु कागजी बाघ मात्र हुन्, बनको बाघ बन्ने हैसियत बिनाका । यावत् प्रश्नको जवाफ खोजिरहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई हालै जासुसी संयन्त्रले एउटा विश्लेषणत्मक रिपोर्ट बुझाएको छ ।
त्यसमा आगामी निर्वाचनमा वाम गठबन्धन कुन स्थितिमा रहन्छ, नेपाली कांग्रेसले प्रत्यक्ष तथा समानुपातिकमा कति सिट र प्रतिशत ल्याउन सक्छ, एमाले र माओवादीले कति–कति मत र स्थान आफ्नो पक्षमा पार्ने सम्भवना छ भन्नेदेखि लिएर संघीय समाजवादी फोरम नेपाल, राजपा, राप्रपा, नयाँ शक्ति नेपाल र अन्य दलहरुले प्राप्त गर्न सक्ने प्रत्यक्षतर्फका सिटसंख्या र समानुपातिकबाट ल्याउन सक्ने प्रतिनिधित्वको समेत आँकलन गरिएको छ ।
स्थानीय तह निर्वाचन ०७४ मा पार्टीहरुले प्राप्त गरेको मतसंख्या र त्यसको सम्भावित बाँडफाँट समेतको आधारमा दलहरुको भविष्यबारे गरिएको आंकलनले नेपाली कांग्रेस दोस्रो बन्ने देखाएको जनआस्था साप्ताहिकमा खबर छ । गठवन्धनमा सामेल गराउन कांग्रेसले राजपाको दबाव झेल्नुपर्नेछ भन्दै वाम गठवन्धन र लोकतान्त्रिक गठवन्धनको विश्लेषण गर्न विगतका निर्वाचनहरुमा प्राप्त मतलाई समेत आधार बनाइएको छ ।
नेपाली कांग्रेसले २०७० सालको संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ २६ प्रतिशत विजय हासिल गरेको थियो भने समानुपातिकतर्फ २९.८ प्रतिशत मत पाएको थियो । ०७४ को स्थानीय तह निर्वाचनमा उसले जम्मा ३३ प्रतिशत मत हासिल गरेको देखिन्छ जबकी एमालेले ३४ प्रतिशत मत हात पारेको थियो । प्रत्यक्ष तर्फ ०७० मा जम्मा २४ प्रतिशत र समानुपातिकतर्फ जम्मा २८ प्रतिशत मत प्राप्त गरेर दोस्रो बनेको एमाले अब पहिलो बन्छ बन्ने आधार नै ०७४ को स्थानीय तह निर्वाचनमा उसले प्राप्त गरेको मत प्रतिशत हो ।
माओवादी केन्द्र ०७० भन्दा धेरै नखस्किएको तथ्यांकले देखाउँछ । तर वाम गठवन्धनबाट कांग्रेसीहरु जति आत्तिएका थिए त्यति अत्तालिनु नपर्ने अवस्था सो रिपोर्टले देखाएको छ । सो रिपोर्टमा यहि तथ्यांकका आधारमा अबको प्रतिनिधिसभामा वाम गठबन्धनका दलहरुमध्ये एमालेले ६० सिट प्रत्यक्षतर्फ जित्ने आँकलन गरिएको छ ।
जसमा १० सिट तलमाथि हुन सक्ने आँकलन छ । एमालेले प्रत्यक्षतर्फ ९० सिटमात्रै लिँदैछ । जबकी उसले माओवादीसँग गरिएको प्रतिशत बाँडफाँडको आधारमा १०७ सिट पाउनुपर्ने हुन्थ्यो । त्यसरी ५६ सिट माग गरेको मााअेवादीले ५३ सिट पाउँदैछ । उसले ३५ सिट जित्न सक्छ । सात सिट तलमाथि हुन सक्छ । यसो हुँदा वाम गठबन्धनले प्रत्यक्ष तर्फ कम्तिमा ९० र बढीमा ११० सिट जित्ने छ ।
Comments
अरु समाचार
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...
-
विराटनगर आगजनी प्रकरणः नेपाली कम्युनिष्ट पार्टीका अन्सारीसहित पाँचजना पक्राउ
विराटनगर । जेनजी आन्दोलनका क्रममा गत २४ भदौमा विराटनगरस्थित विभिन्न सरकारी कार्यालयमा गरिएको आगजनी तथा तोडफोड घटनामा संलग्न रहेको आरोपमा...
-
पर्शुराम बस्नेतमाथि मोरङमा किन भयो आक्रमण प्रयास, के बस्नेतराज सकिएकै हो ?
काठमाडाैं । एमालेमा गुन्डागर्दी गर्दै नेता बनेका पर्शुराम बस्नेतमाथि मोरङमा महाधिवेशन प्रतिनिधि छनोटमा गोलमाल गर्न खोज्दा कडा प्रतिवाद गरिएको छ...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...












