देउवालाई आयो यस्तो गोप्य रिपोर्टः एमाले पहिलो पार्टी बन्ने, काँग्रेस दोस्रोमा झर्ने
काठमाडौं, ८ कात्तिक । वाम र लोकतान्त्रिक मोर्चा बनाएर चुनाव लड्दा कुन दलले कति मत पाउला, कसको प्रत्यक्षतर्फ कुन हैसियत बन्ला ? के त्यसपछि नेपाली कांग्रेसका नेताहरुले भने झैं वाम अधिनायकत्व स्थापना गर्न सक्ने गरी देशैभर लाल झण्डा फहराउने सम्भावना रहला ? या, यी सबै कुराहरु कागजी बाघ मात्र हुन्, बनको बाघ बन्ने हैसियत बिनाका । यावत् प्रश्नको जवाफ खोजिरहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई हालै जासुसी संयन्त्रले एउटा विश्लेषणत्मक रिपोर्ट बुझाएको छ ।
त्यसमा आगामी निर्वाचनमा वाम गठबन्धन कुन स्थितिमा रहन्छ, नेपाली कांग्रेसले प्रत्यक्ष तथा समानुपातिकमा कति सिट र प्रतिशत ल्याउन सक्छ, एमाले र माओवादीले कति–कति मत र स्थान आफ्नो पक्षमा पार्ने सम्भवना छ भन्नेदेखि लिएर संघीय समाजवादी फोरम नेपाल, राजपा, राप्रपा, नयाँ शक्ति नेपाल र अन्य दलहरुले प्राप्त गर्न सक्ने प्रत्यक्षतर्फका सिटसंख्या र समानुपातिकबाट ल्याउन सक्ने प्रतिनिधित्वको समेत आँकलन गरिएको छ ।
स्थानीय तह निर्वाचन ०७४ मा पार्टीहरुले प्राप्त गरेको मतसंख्या र त्यसको सम्भावित बाँडफाँट समेतको आधारमा दलहरुको भविष्यबारे गरिएको आंकलनले नेपाली कांग्रेस दोस्रो बन्ने देखाएको जनआस्था साप्ताहिकमा खबर छ । गठवन्धनमा सामेल गराउन कांग्रेसले राजपाको दबाव झेल्नुपर्नेछ भन्दै वाम गठवन्धन र लोकतान्त्रिक गठवन्धनको विश्लेषण गर्न विगतका निर्वाचनहरुमा प्राप्त मतलाई समेत आधार बनाइएको छ ।
नेपाली कांग्रेसले २०७० सालको संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ २६ प्रतिशत विजय हासिल गरेको थियो भने समानुपातिकतर्फ २९.८ प्रतिशत मत पाएको थियो । ०७४ को स्थानीय तह निर्वाचनमा उसले जम्मा ३३ प्रतिशत मत हासिल गरेको देखिन्छ जबकी एमालेले ३४ प्रतिशत मत हात पारेको थियो । प्रत्यक्ष तर्फ ०७० मा जम्मा २४ प्रतिशत र समानुपातिकतर्फ जम्मा २८ प्रतिशत मत प्राप्त गरेर दोस्रो बनेको एमाले अब पहिलो बन्छ बन्ने आधार नै ०७४ को स्थानीय तह निर्वाचनमा उसले प्राप्त गरेको मत प्रतिशत हो ।
माओवादी केन्द्र ०७० भन्दा धेरै नखस्किएको तथ्यांकले देखाउँछ । तर वाम गठवन्धनबाट कांग्रेसीहरु जति आत्तिएका थिए त्यति अत्तालिनु नपर्ने अवस्था सो रिपोर्टले देखाएको छ । सो रिपोर्टमा यहि तथ्यांकका आधारमा अबको प्रतिनिधिसभामा वाम गठबन्धनका दलहरुमध्ये एमालेले ६० सिट प्रत्यक्षतर्फ जित्ने आँकलन गरिएको छ ।
जसमा १० सिट तलमाथि हुन सक्ने आँकलन छ । एमालेले प्रत्यक्षतर्फ ९० सिटमात्रै लिँदैछ । जबकी उसले माओवादीसँग गरिएको प्रतिशत बाँडफाँडको आधारमा १०७ सिट पाउनुपर्ने हुन्थ्यो । त्यसरी ५६ सिट माग गरेको मााअेवादीले ५३ सिट पाउँदैछ । उसले ३५ सिट जित्न सक्छ । सात सिट तलमाथि हुन सक्छ । यसो हुँदा वाम गठबन्धनले प्रत्यक्ष तर्फ कम्तिमा ९० र बढीमा ११० सिट जित्ने छ ।
Comments
अरु समाचार
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...
-
केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी...












