उम्मेदवारी फिर्ता गराउन गृहराज्यमन्त्रीद्धारा बागी उम्मेदवारलाई हेलिकोप्टर चार्टर
रामेछाप, ८ कात्तिक । उम्मेदवारी फिर्ता गराउन बागी उम्मेदवारलाई हेलिकोप्टर चार्टर गरियो भन्दा अचम्म लाग्न सक्छ । तर रामेछापमा उम्मेदवारी फिर्ता गराउन बागी उम्मेदवारलाई हेलिकोप्टर चार्टर गरिएको हो । एमाले माओवादी वामपन्थी गठबन्धनबिरुद्ध सबै पदमा बागी उम्मेदारी दिएका माओवादी नेताहरुको उम्मेदवारी फिर्ता गराउन हेलिकोप्टर चार्टर गरिएको हो ।
पार्टीको ३ नम्बर प्रदेश हेडक्वार्टरसँगको वार्तापछि उम्मेदवारी फिर्ता लिन तीनैजना बागी उम्मेवार हेलिकोप्टरबाट मन्थली पुगेका थिए । टिकट वितरण र सिट बाँडफाँडप्रति अशन्तुष्टि जनाउँदै पूर्व सभासद लक्ष्मी गुरुङले प्रतिनिधिसभामा माओवादी नेता तथा राज्यमन्त्री श्यामकुमार श्रेष्ठ विरुद्ध उम्मेदवारी दिएकी थिइन् । उनी माओवादीबाट २०६४ मा समानुपातिक सभासद थिइन् भने २०७० मा प्रत्यक्ष चुनाव लडेकी थिइन् ।
त्यस्तै जिल्ला सचिवालय सदस्य हेमन्त पौडेल निकासले प्रदेश क मा एमाले जिल्ला अध्यक्ष शान्ति पौडेल विरुद्ध उम्मेदवारी दिएका थिए भने माओवादी पोलिटव्यूरो सदस्य मैनकुमार मोक्तानले प्रदेश ख मा एमाले नेता कैलाश ढुंगेल विरुद्ध उम्मेदवारी दिएका थिए ।
पार्टी नेताहरुले अशन्तुष्ट माओवादी नेता युवराज चौलागाई सहित बागी उम्मेदवारहरुसँग छलफल गरेपछि उनीहरुलाई समानुपातिक लगायत अन्य ठाउँमा न्याय गर्ने आश्वासन दिएपछि उम्मेदवारी फिर्ता लिन सहमत भएका हुन् ।
पार्टीमा छलफल गर्दा ढिलो भएको र उम्मेवारी फिर्ता लिने समय सकिने भएकाले बागी बागी उम्मेदवारलाई हेलिकोप्टरबाट मन्थली लगिएको हो । बागीलाई मन्थली लैजान प्रतिनिधिसभाका उम्मेदवार समेत रहेका गृहराज्यमन्त्रीबाट बिनाबिभागीय भएका श्याम श्रेष्ठले हेलिकोप्टर व्यवस्था गरेका थिए ।
Comments
अरु समाचार
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
काठमाडाैं । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
अधिवक्ता मञ्जु मिश्र कैलाली–३ बाट स्वतन्त्र उम्मेदवार
धनगढी । युवा कानुन व्यवसायी अधिवक्ता मञ्जु मिश्र आगामी प्रतिनिधिसभा निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारका रूपमा...











