उम्मेदवारी फिर्ता गराउन गृहराज्यमन्त्रीद्धारा बागी उम्मेदवारलाई हेलिकोप्टर चार्टर
रामेछाप, ८ कात्तिक । उम्मेदवारी फिर्ता गराउन बागी उम्मेदवारलाई हेलिकोप्टर चार्टर गरियो भन्दा अचम्म लाग्न सक्छ । तर रामेछापमा उम्मेदवारी फिर्ता गराउन बागी उम्मेदवारलाई हेलिकोप्टर चार्टर गरिएको हो । एमाले माओवादी वामपन्थी गठबन्धनबिरुद्ध सबै पदमा बागी उम्मेदारी दिएका माओवादी नेताहरुको उम्मेदवारी फिर्ता गराउन हेलिकोप्टर चार्टर गरिएको हो ।
पार्टीको ३ नम्बर प्रदेश हेडक्वार्टरसँगको वार्तापछि उम्मेदवारी फिर्ता लिन तीनैजना बागी उम्मेवार हेलिकोप्टरबाट मन्थली पुगेका थिए । टिकट वितरण र सिट बाँडफाँडप्रति अशन्तुष्टि जनाउँदै पूर्व सभासद लक्ष्मी गुरुङले प्रतिनिधिसभामा माओवादी नेता तथा राज्यमन्त्री श्यामकुमार श्रेष्ठ विरुद्ध उम्मेदवारी दिएकी थिइन् । उनी माओवादीबाट २०६४ मा समानुपातिक सभासद थिइन् भने २०७० मा प्रत्यक्ष चुनाव लडेकी थिइन् ।
त्यस्तै जिल्ला सचिवालय सदस्य हेमन्त पौडेल निकासले प्रदेश क मा एमाले जिल्ला अध्यक्ष शान्ति पौडेल विरुद्ध उम्मेदवारी दिएका थिए भने माओवादी पोलिटव्यूरो सदस्य मैनकुमार मोक्तानले प्रदेश ख मा एमाले नेता कैलाश ढुंगेल विरुद्ध उम्मेदवारी दिएका थिए ।
पार्टी नेताहरुले अशन्तुष्ट माओवादी नेता युवराज चौलागाई सहित बागी उम्मेदवारहरुसँग छलफल गरेपछि उनीहरुलाई समानुपातिक लगायत अन्य ठाउँमा न्याय गर्ने आश्वासन दिएपछि उम्मेदवारी फिर्ता लिन सहमत भएका हुन् ।
पार्टीमा छलफल गर्दा ढिलो भएको र उम्मेवारी फिर्ता लिने समय सकिने भएकाले बागी बागी उम्मेदवारलाई हेलिकोप्टरबाट मन्थली लगिएको हो । बागीलाई मन्थली लैजान प्रतिनिधिसभाका उम्मेदवार समेत रहेका गृहराज्यमन्त्रीबाट बिनाबिभागीय भएका श्याम श्रेष्ठले हेलिकोप्टर व्यवस्था गरेका थिए ।
Comments
अरु समाचार
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...
-
विराटनगर आगजनी प्रकरणः नेपाली कम्युनिष्ट पार्टीका अन्सारीसहित पाँचजना पक्राउ
विराटनगर । जेनजी आन्दोलनका क्रममा गत २४ भदौमा विराटनगरस्थित विभिन्न सरकारी कार्यालयमा गरिएको आगजनी तथा तोडफोड घटनामा संलग्न रहेको आरोपमा...
-
पर्शुराम बस्नेतमाथि मोरङमा किन भयो आक्रमण प्रयास, के बस्नेतराज सकिएकै हो ?
काठमाडाैं । एमालेमा गुन्डागर्दी गर्दै नेता बनेका पर्शुराम बस्नेतमाथि मोरङमा महाधिवेशन प्रतिनिधि छनोटमा गोलमाल गर्न खोज्दा कडा प्रतिवाद गरिएको छ...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...












