रेणु दाहालसँग पराजित देवीको प्रकाशसँग सेल्फी, प्रचण्डसँग के कुरा भयो ?
काठमाडौं, ८ कात्तिक । भरतपुर महानगरको मेयरमा माओवादी अध्यक्षकी छोरीसँग पराजित भएका एमाले नेता देवी ज्ञवाली एकाएक चर्चामा आएका छन् । बुधबार एकाबिहानै माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीलाई भेट्न बालकोट पुगेपछि ज्ञवाली चर्चामा आएका हुन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी रेणु दाहालसँग पराजित भएपछि देवी प्रचण्डसँग रुष्ट बनेका थिए । तर बुधबार एकाएक प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीलाई भेट्न बालकोट पुगेका छन् ।
ज्ञवालीले ओली निवास भक्तपुर बालकोटमा बुधबार बिहान दुवै नेतासँग भेटवार्ता गरेका छन् । दुवै नेताले भेट्न खोजेपछि आफू चितवनबाट काठमाडौं आएको ज्ञवालीको भनाई छ । ‘आउँदो चुनावको तयारीबारे दुवै शीर्ष नेताहरुले भेट्न खोजेपछि म आएको हुँ’ ज्ञवालीले भने । नेताहरुसँग सामान्य कुराकानी र सामुहिक तस्बिर लिने काम भएको ज्ञवालीको भनाई छ ।
भेटमा ओली र प्रचण्डले स्थानीय चुनावपछि ज्ञवालीले उच्च राजनीतिक चरित्र देखाएको भन्दै प्रशंसा गरेका थिए । ‘मलाई उहाँहरुले प्रशंसा गर्दै आउँदो चुनावमा चितवनबाट वामपन्थी गठबन्धनलाई जिताउन तपाईंको भूमिका महत्वपूर्ण छ भन्दै जिम्मेवारी पनि दिनुभएको छ’ ज्ञवालीले भने ।
स्थानीय चुनावमा भरतपुरमा माओवादी उम्मेदवार रेणु दाहाल विजयी भएसँगै एमाले र माओवादीबिचको सम्बन्ध चिसो भएको थियो । आउँदो प्रतिनिधिसभा चुनावमा प्रचण्ड चितवन क्षेत्र नम्बर ३ बाट उठ्ने भएपछि एमालेको समर्थनमा आशंका उत्पन्न भैरहेको बेला दुवै नेताले ज्ञवालीसँग भेट गरेका हुन् ।
पहिलेको सबै कुरा बिर्सेर वामपन्थी गठबन्धनलाई बलियो बनाउन आफू लाग्ने बताए । ‘राजनीतिमा पहिलेको कुरा बिर्सेर भने, ‘चितवनमा वामपन्थी गठबन्धनबाट उठ्ने जोकोहीलाई जिताउनु मेरो जिम्मेवारी हो ।’ ओली र प्रचण्डलाई भेट्न गएका ज्ञवालीसँग प्रचण्डका छोरा प्रकाश दाहालले समेत फोटो खिचाएका छन् । प्रकाशले आफ्नो फेसबुक पेजमा फोटो राख्दै वाम एकताले पैदा गरेको निकटता भनेका छन् ।
Comments
अरु समाचार
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...
-
विराटनगर आगजनी प्रकरणः नेपाली कम्युनिष्ट पार्टीका अन्सारीसहित पाँचजना पक्राउ
विराटनगर । जेनजी आन्दोलनका क्रममा गत २४ भदौमा विराटनगरस्थित विभिन्न सरकारी कार्यालयमा गरिएको आगजनी तथा तोडफोड घटनामा संलग्न रहेको आरोपमा...
-
पर्शुराम बस्नेतमाथि मोरङमा किन भयो आक्रमण प्रयास, के बस्नेतराज सकिएकै हो ?
काठमाडाैं । एमालेमा गुन्डागर्दी गर्दै नेता बनेका पर्शुराम बस्नेतमाथि मोरङमा महाधिवेशन प्रतिनिधि छनोटमा गोलमाल गर्न खोज्दा कडा प्रतिवाद गरिएको छ...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...












