रेणु दाहालसँग पराजित देवीको प्रकाशसँग सेल्फी, प्रचण्डसँग के कुरा भयो ?
काठमाडौं, ८ कात्तिक । भरतपुर महानगरको मेयरमा माओवादी अध्यक्षकी छोरीसँग पराजित भएका एमाले नेता देवी ज्ञवाली एकाएक चर्चामा आएका छन् । बुधबार एकाबिहानै माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीलाई भेट्न बालकोट पुगेपछि ज्ञवाली चर्चामा आएका हुन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी रेणु दाहालसँग पराजित भएपछि देवी प्रचण्डसँग रुष्ट बनेका थिए । तर बुधबार एकाएक प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीलाई भेट्न बालकोट पुगेका छन् ।
ज्ञवालीले ओली निवास भक्तपुर बालकोटमा बुधबार बिहान दुवै नेतासँग भेटवार्ता गरेका छन् । दुवै नेताले भेट्न खोजेपछि आफू चितवनबाट काठमाडौं आएको ज्ञवालीको भनाई छ । ‘आउँदो चुनावको तयारीबारे दुवै शीर्ष नेताहरुले भेट्न खोजेपछि म आएको हुँ’ ज्ञवालीले भने । नेताहरुसँग सामान्य कुराकानी र सामुहिक तस्बिर लिने काम भएको ज्ञवालीको भनाई छ ।
भेटमा ओली र प्रचण्डले स्थानीय चुनावपछि ज्ञवालीले उच्च राजनीतिक चरित्र देखाएको भन्दै प्रशंसा गरेका थिए । ‘मलाई उहाँहरुले प्रशंसा गर्दै आउँदो चुनावमा चितवनबाट वामपन्थी गठबन्धनलाई जिताउन तपाईंको भूमिका महत्वपूर्ण छ भन्दै जिम्मेवारी पनि दिनुभएको छ’ ज्ञवालीले भने ।
स्थानीय चुनावमा भरतपुरमा माओवादी उम्मेदवार रेणु दाहाल विजयी भएसँगै एमाले र माओवादीबिचको सम्बन्ध चिसो भएको थियो । आउँदो प्रतिनिधिसभा चुनावमा प्रचण्ड चितवन क्षेत्र नम्बर ३ बाट उठ्ने भएपछि एमालेको समर्थनमा आशंका उत्पन्न भैरहेको बेला दुवै नेताले ज्ञवालीसँग भेट गरेका हुन् ।
पहिलेको सबै कुरा बिर्सेर वामपन्थी गठबन्धनलाई बलियो बनाउन आफू लाग्ने बताए । ‘राजनीतिमा पहिलेको कुरा बिर्सेर भने, ‘चितवनमा वामपन्थी गठबन्धनबाट उठ्ने जोकोहीलाई जिताउनु मेरो जिम्मेवारी हो ।’ ओली र प्रचण्डलाई भेट्न गएका ज्ञवालीसँग प्रचण्डका छोरा प्रकाश दाहालले समेत फोटो खिचाएका छन् । प्रकाशले आफ्नो फेसबुक पेजमा फोटो राख्दै वाम एकताले पैदा गरेको निकटता भनेका छन् ।
Comments
अरु समाचार
-
तीन दशकको पत्रकारिता योगदानको कदर, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सुन्दरहरैँचा, मोरङ, असोज ९ गते । तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित भएका छन्। सामाजिक गतिविधि,...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...












