‘ट्रम्प देशद्रोही हुन्’ भन्दै डोनाल्ड ट्रम्पमाथि रसियाली झण्डा फालियो (भिडियो)
एजेन्सी, ८ कात्तिक । ‘ट्रम्प देशद्रोही हुन्’ भन्दै अमेरिकी राष्ट्रपतिमाथि रसियाली झण्डा फालिएको छ । ‘ट्रम्प देशद्रोही हुन्’ भन्दै र्यान क्लेटन नाम गरेका प्रदर्शनकारीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि रसियाली झण्डा फालेका हुन् । मंगलबार क्यापिटल हिलमा रिपब्लिकन पार्टीका सिनेटरहरुसँगको बैठकका लागि प्रवेश गर्दै गरेका राष्ट्रपति ट्रम्पमाथि रसियाली झण्डा फ्ँयाकेका हुन् ।
३६ वर्षीय क्लेटनलाई यसअघि पनि गैरकानूनी आचरणको आरोप लाग्दै आएको छ । क्लेटनले यसअघि राष्ट्रपति ट्रम्पका ज्वाँई जेयर्ड कुस्नेरलाई पनि अभद्र व्यवहार गरेका थिए । क्लेटन ट्रम्प विरोधी संस्था ‘अमेरिकन्स टेक एक्सन’ सँग जोडिएका व्यत्ति भएको प्रहरीले जनाएको छ ।
राष्ट्रपति ट्रम्पको कार्यकालको पहिलो वर्ष रसियासँगको सम्बन्धलाई लिएर निकै आलोचना भएको छ । डोनाल्ड ट्रम्पले राष्ट्रपति चुनावको प्रचारप्रसारको समयमा रुसको सहयोग लिएको आरोपसमेत लाग्दै आएको छ । प्रदर्शनकारी क्लेटनले ‘यी राष्ट्रपतिले रसियाली एजेन्टहरुसँग मिलेर चुनाव जित्नका लागि षड्यन्त्र गरेका हुन्’ भन्दै चिच्याएका थिए । क्लेटनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
https://www.youtube.com/watch?v=EQgjxmbftCU
Comments
अरु समाचार
-
बंगलादेशकी पूर्वप्रधानमन्त्री हसिनालाई भ्रष्टाचार अभियोगमा १० वर्ष जेल
ढाका । बङ्गलादेशको एक अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई भ्रष्टाचारको अभियोगमा १० वर्षको जेल सजाय सुनाएको छ । विशेष न्यायाधीशको अदालत–४...
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...
-
Nepali Consul General Niraula and Yunnan Normal University Professor Lu Hold Meeting
Lhasa, Magh 15 — A meeting was held on Thursday at the Consulate General office in Lhasa between Nepali Consul...
-
Alexander Kadakin: The Diplomat Who Turned Service into a Lifelong Mission
The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most often associated with India, as it were the relations with this...
-
विनोद चाैधरीलाई अदालतको झड्का, केवाइसी भ्यानको मोनोपोली तोडिदै
काठमाडाैं । अदालत गएर भएपनि शक्ति प्रदर्शन गर्ने ठानेका डलर अर्बपति विनोद चाैधरीलाई जिल्ला अदालत काठमाडाैंको आदेशले झड्का दिएको छ...
-
‘नेपाल मानव अधिकारको संरक्षणप्रति प्रतिबद्ध छ’: परराष्ट्र सचिव अमृतबहादुर राई
काठमाडाैं । नेपाल सरकारका परराष्ट्र सचिव अमृतबहादुर राईले मानव अधिकारको संरक्षण र प्रवर्द्धनप्रति नेपाल पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।...
-
चीनकी नेपाल मामिला प्रमुख झेङ युहा काठमाडौँ आउँदै
काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) को एक उच्चस्तरीय टोली बिहीबार काठमाडौँ आउने भएको छ । बदलिँदो अन्तर्राष्ट्रिय शक्ति सन्तुलन,...
-
Kathmandu Event Highlights Mountaineering Tourism in Nepal–Canada Ties
Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program in Kathmandu to commemorate the 61st year of Nepal–Canada diplomatic...
-
अमेरिकी नागरिकलाई तुरुन्तै इरान छोड्न एडभाइजरी
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यापार गर्ने देशहरूमाथि कडा आर्थिक कारबाहीको घोषणा गरेका छन्। ट्रम्पका अनुसार इरानसँग कुनै...











