दीपक मनाङेलाई समर्थन गर्दै एमाले आधिकारिक उम्मेदवारको उम्मेदवारी फिर्ता
मनाङ, ८ कात्तिक । मनाङमा दीपक मनाङेलाई समर्थन गर्दै एमाले उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । एमालेको तर्फबाट आधिकारिक उम्मेदवार मानिएकी खण्ड लामाले अन्ततः उम्मेदवारी फिर्ता लिएका हुन् । प्रदेश सभा ‘ख’ का लागि एमालेबाट टिकट पाएकी खण्ड लामाले उम्मेदवारी फिर्ता लिएकी हुन् ।
एमालेबाट टिकट नपाएपछि प्रदेश नम्बर ‘ख’ बाटै दीपक मनाङेले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए । एमालेबाट आधिकारिक रुपमा पाएको उम्मेदवारी फिर्ता लिएपछि खण्ड लामाले दीपक मनाङेलाई सघाउने लगभग पक्का भएको छ ।
मनाङमा प्रतिनिधिसभाका लागि कांग्रेसबाट टेकबहादुर गुरुङ, एमालेबाट पोल्देन छोपाङ गुरुङको उम्मेदवारी दर्ता भएको छ । दुई निर्वाचन क्षेत्र रहेको मनाङमा प्रदेश सभा ‘क’ मा नेपाली कांग्रेसबाट चिन्तबहादुर घले, एमोलबाट दोर्जे डेण्डुल गुरुङ चुनाव लड्दै छन् ।
यसैगरी प्रदेश सभा ‘ख’ मा नेपाली कांग्रेसबाट कर्म गुरुङ चुनावी मैदानमा छन् । एमालेबाट टिकट पाएकी खण्ड लामाले उम्मेदवारी फिर्ता लिएसंगै अब कांग्रेसका उम्मेदवार गुरुङ र स्वतन्त्र उम्मेदवार दीपक मनाङे भनिने राजिव गुरुङबीच चुनावी प्रतिष्पर्धा हुनेछ ।
Comments
अरु समाचार
-
दोलखाका युवा नेता ‘नोर्बु शेर्पा’ केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्दै
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का युवा नोर्बु शेर्पाले नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्ने घोषणा...
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...












