१११ प्रदेश तथा प्रतिनिधिसभा सदस्यका लागि ७०२ उम्मेदवारको भिडन्त
काठमाडौं, ९ कात्तिक । मंसिर १० गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि ७०२ जना उम्मेदवार चुनावमा होमिएका छन् । निर्वाचन आयोगले पहिलो चरणमा निर्वाचन हुने १११ प्रदेश तथा प्रतिनिधिसभा सदस्यको अन्तिम उम्मेदवारको नामावली सार्वजनिक गरेसँगै ७०२ जना चुनावी मैदानमा होमिएका हुन् ।
प्रतिनिधिसभा सदस्यतर्फ ३७ र प्रदेशसभातर्फ ७४ गरी जम्मा १११ सदस्य पदका लागि ७ सय २ जना उम्मेदवार मैदानमा उत्रिएको निर्वाचन आयोगले जनाएको छ । १११ पदका लागि गत कार्तिक ५ गते ८०३ जनाले उम्मेदवारी दर्ता गरेपनि बुधबारसम्ममा एकसय जनाले आफ्नो नाम फिर्ता लिएका थिए ।
७०२ जनालाई नै निर्वाचन आयोगले बुधबार चुनाव चिन्ह प्रदान गरेको छ । निर्वाचन चिन्ह पाएपछि सम्बन्धित राजनीतिक दल र तिनका उम्मेदवारहरु आ–आफ्ना चुनावी क्षेत्रमा चुनाव जित्ने रणनीति बनाउन व्यस्त छन् ।
बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन बनाएर चुनावमा होमिएका प्रमुख राजनीतिक दलहरुले आ–आफ्ना गठबन्धनमार्फत चुनावी प्रचारप्रसार गर्ने जनाएका छन् । त्यसका लागि उनीहरुले विभिन्न स्तरका चुनाव परिचालन कमिटि गठन गरेका छन् ।
प्रदेशसभातर्फ ४८१ र प्रतिनिधिसभातर्फ ३२२ उम्मेदवारहरुमध्ये प्रदेशसभाका ६० र प्रतिनिधिसभाका ४० जनाको उम्मेदवारी फिर्ता भएको छ भने प्रदेशसभातर्फ एकजनाको उम्मेदवारी रद्द भएको निर्वाचन आयोग अन्तर्गतको सूचना प्रविधि महाशाखाले जनाएको छ । दोलखा जिल्लाका प्रदेशसभातर्फका जनसमाजवादी पार्टीका उम्मेदवार लक्ष्मण विश्वकर्माको उम्मेदवारी रद्द गरिएको छ ।
Comments
अरु समाचार
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...
-
केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी...












