कृष्णप्रसाद सिटौलालाई प्रत्यक्षतर्फ उम्मेदवारी दिन कार्यकर्ताको दबाब
भद्रपुर, ९ कात्तिक । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई प्रत्यक्षतर्फ उम्मेदवारी दिन कार्यकर्ताहरुले दवाव दिएका छन् । झापाका नेपाली काँग्रेस निकट बुद्धिजीवी, पेशागत संघ, भ्रातृ संगठन तथा अगुवा कार्यकर्ताले आसन्न प्रतिनिधि सभा निर्वाचनमा झापा क्षेत्र नम्बर ३ बाट प्रत्यक्षतर्फ उम्मेदवारी दिन सिटौलालाई सुझाव दिएका हुन् ।
गृह जिल्ला झापा पुगेका सिटौलाले आफ्नो क्षेत्र झापा क्षेत्र नं ३ का अगुवा कार्यकर्ता, बुद्धिजीवी, पेशागत संघ, भ्रातृ संगठन तथा शुभचिन्तकसित अगाडि बढाएको भेटघाट कार्यक्रममा सहभागी भएका सबैले सिटौलालाई राष्ट्रिय राजनीतिका धरोहर रहेको भन्दै प्रत्यक्षतर्फ नै उम्मेदवारी दिन सुझाव दिएका हुन् ।
नेपालको परिवर्तनको राजनीतिमा सिटौलाको अतुलनीय योगदान रहेको स्मरण गर्दै नेपाली काँग्रेसका शुभचिन्तकहरुले प्रतिनिधि सभा निर्वाचनका लागि झापा क्षेत्र नं ३ बाट प्रत्यक्ष निर्वाचनमा सिटौलाको विकल्पमा अर्को व्यक्ति नरहेको समेत स्पष्ट पारेका थिए ।
बिपीको समाजवादसहितको संघीय लोकतान्त्रिक व्यवस्थामा प्रजातान्त्रिक समाजवादी विचार लिएर नेपाली काँग्रेसले देशमा आमूल परिवर्तन गर्न सफल भएको स्मरण गर्दै झापा क्षेत्र नं ३ का काँग्रेस कार्यकर्ताले भावी प्रधानमन्त्रीका रुपमा सिटौलालाई अगाडि आउने नेता भन्दै जनताको प्रत्यक्ष मतदानमा आउन अनुरोध गरेका छन् ।
कार्यकर्ताको भावनालाई सम्मान गर्ने भन्दै नेता सिटौलाले झापा क्षेत्र नं ३ बाट आफूले प्रत्यक्षमै उम्मेदवारी दिने धारणा राख्नुभयो । उहाँले आफ्नो उम्मेदवारी निजी स्वार्थका लागि नभई देश र जनताको सेवा गर्न तथा झापा क्षेत्र नं ३ का जनताको जनभावनाअनुरुप रहेको समेत बताउनुभएको थियो । रासस
Comments
अरु समाचार
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...
-
विराटनगर आगजनी प्रकरणः नेपाली कम्युनिष्ट पार्टीका अन्सारीसहित पाँचजना पक्राउ
विराटनगर । जेनजी आन्दोलनका क्रममा गत २४ भदौमा विराटनगरस्थित विभिन्न सरकारी कार्यालयमा गरिएको आगजनी तथा तोडफोड घटनामा संलग्न रहेको आरोपमा...
-
पर्शुराम बस्नेतमाथि मोरङमा किन भयो आक्रमण प्रयास, के बस्नेतराज सकिएकै हो ?
काठमाडाैं । एमालेमा गुन्डागर्दी गर्दै नेता बनेका पर्शुराम बस्नेतमाथि मोरङमा महाधिवेशन प्रतिनिधि छनोटमा गोलमाल गर्न खोज्दा कडा प्रतिवाद गरिएको छ...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...












