कृष्णप्रसाद सिटौलालाई प्रत्यक्षतर्फ उम्मेदवारी दिन कार्यकर्ताको दबाब
भद्रपुर, ९ कात्तिक । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई प्रत्यक्षतर्फ उम्मेदवारी दिन कार्यकर्ताहरुले दवाव दिएका छन् । झापाका नेपाली काँग्रेस निकट बुद्धिजीवी, पेशागत संघ, भ्रातृ संगठन तथा अगुवा कार्यकर्ताले आसन्न प्रतिनिधि सभा निर्वाचनमा झापा क्षेत्र नम्बर ३ बाट प्रत्यक्षतर्फ उम्मेदवारी दिन सिटौलालाई सुझाव दिएका हुन् ।
गृह जिल्ला झापा पुगेका सिटौलाले आफ्नो क्षेत्र झापा क्षेत्र नं ३ का अगुवा कार्यकर्ता, बुद्धिजीवी, पेशागत संघ, भ्रातृ संगठन तथा शुभचिन्तकसित अगाडि बढाएको भेटघाट कार्यक्रममा सहभागी भएका सबैले सिटौलालाई राष्ट्रिय राजनीतिका धरोहर रहेको भन्दै प्रत्यक्षतर्फ नै उम्मेदवारी दिन सुझाव दिएका हुन् ।
नेपालको परिवर्तनको राजनीतिमा सिटौलाको अतुलनीय योगदान रहेको स्मरण गर्दै नेपाली काँग्रेसका शुभचिन्तकहरुले प्रतिनिधि सभा निर्वाचनका लागि झापा क्षेत्र नं ३ बाट प्रत्यक्ष निर्वाचनमा सिटौलाको विकल्पमा अर्को व्यक्ति नरहेको समेत स्पष्ट पारेका थिए ।
बिपीको समाजवादसहितको संघीय लोकतान्त्रिक व्यवस्थामा प्रजातान्त्रिक समाजवादी विचार लिएर नेपाली काँग्रेसले देशमा आमूल परिवर्तन गर्न सफल भएको स्मरण गर्दै झापा क्षेत्र नं ३ का काँग्रेस कार्यकर्ताले भावी प्रधानमन्त्रीका रुपमा सिटौलालाई अगाडि आउने नेता भन्दै जनताको प्रत्यक्ष मतदानमा आउन अनुरोध गरेका छन् ।
कार्यकर्ताको भावनालाई सम्मान गर्ने भन्दै नेता सिटौलाले झापा क्षेत्र नं ३ बाट आफूले प्रत्यक्षमै उम्मेदवारी दिने धारणा राख्नुभयो । उहाँले आफ्नो उम्मेदवारी निजी स्वार्थका लागि नभई देश र जनताको सेवा गर्न तथा झापा क्षेत्र नं ३ का जनताको जनभावनाअनुरुप रहेको समेत बताउनुभएको थियो । रासस
Comments
अरु समाचार
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...
-
केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी...












