यि हुन्, वाम गठबन्धनमा निर्वाचन क्षेत्र भागबन्डा मिल्न नसकेका १५ जिल्ला
काठमाडौं, ९ कात्तिक । वाम गठबन्धमा अझै १५ जिल्लाको निर्वाचन क्षेत्र बाँडफाँडमा भागबन्डा मिल्न सकेको छैन् । एमाले र माओवादी केन्द्रले दाबी कायमै राखेपछि वाम गठबन्धन कार्यदलले १५ जिल्लाको निर्वाचन क्षेत्र बाँडफाँटमा सहमति जुटाउन नसकेको हो । भागबन्डामा सहमति जुटाउन नसकेपछि कार्यदलले त्यसको जिम्मा संयोजन समितिलाई दिने भएको छ ।
प्रत्यक्षतर्फ मनोनयनको एक साता बाँकी रहँदा कार्यदलले १५ जिल्लाको सहमति जुटाउने जिम्मा शीर्ष नेता सम्मिलित संयोजन समितिलाई नै दिने भएको हो । संयोजन समितिमा एमाले अध्यक्ष केपी ओली, वरिष्ठ नेता माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम, महासचिव ईश्वर पोखरेल तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेताद्वय नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा सदस्य छन् ।
एमालेलाई ६० र माओवादीलाई ४० प्रतिशत सिट बाँडफाँटमा सहमति जुटाउन कार्यदल गठन भए पनि १५ जिल्लामा सहमति जुट्न नसकेपछि संयोजन समितिलाई जिम्मा दिने निष्कर्षमा कार्यदल पुगेको हो । ‘मिल्न बाँकी जिल्लाको जिम्मा संयोजन समितिलाई दिने भएका छौं, ‘कार्यदल सदस्य एवं एमाले नेता सुरेन्द्र पाण्डेले भने, ‘कार्यदलले नसकेपछि शीर्ष नेताले नै सहमति गर्नुहुनेछ ।’
१ नम्बर प्रदेशका झापा, मोरङ, सुनसरी र उदयपुरमा सहमति जुट्न नसकेको पाण्डले जानकारी दिए । माओवादी केन्द्रले झापा र मोरङमा दुईरदुई तथा उदयपुरमा एक निर्वाचन क्षेत्र दाबी गरेको छ । २ नम्बर प्रदेशका धनुषा र सप्तरीमा सहमति जुटे पनि अन्य ६ जिल्लामा दुवै दलले दाबी छोडेका छैनन् । त्यस्तै ३ नम्बर प्रदेशको चितवनमा एमाले र माओवादी केन्द्रबीच भागबन्डा मिल्न सकिरहेको छैन् ।
चितवनमा एक क्षेत्र छोड्न एमाले तयार देखिएको छ भने माओवादीले दुईवटा क्षेत्रमा दाबी गरिरहेको छ । अध्यक्ष पुष्पकमल दाहाल र नेता रामबहादुर थापाका लागि माओवादीले दुईवटा क्षेत्र मागिरहेको पाण्डेको भनाई छ । दाहालका लागि एक क्षेत्र छोड्न सकिए पनि दुईवटा दिने पक्षमा एमाले नरहेपछि कुरा नमिलेको हो ।
यस्तै, ४ नम्बर प्रदेशको कास्कीमा कुरा मिलेको छैन् । माओवादी केन्द्रले कास्कीमा एक क्षेत्र आफूलाई अनिवार्य चाहिने अडान राखेको छ । ५ नम्बर प्रदेशको दाङमा पनि सहमति जुट्न सकेको छैन । एमाले नेता शंकर पोखरेल र माओवादी नेता कृष्णबहादुर महराले दाङको एउटै क्षेत्रमा दाबी गरेका कारण कार्यदलस्तरमा सहमति जुट्न नसकेको हो ।
६ नम्बर प्रदेशको सल्यान र ७ नम्बर प्रदेशको कञ्चनपुुरमा पनि क्षेत्र बाँडफाँटमा सहमति जुट्न सकेको छैन । माओवादीले कञ्चनपुरमा दुईवटा क्षेत्र दाबी गरे पनि एमालेले एउटै नदिने अडान राखेको छ । एमालेले जित्नसक्ने कञ्चनपुरको १ नम्बर क्षेत्रमा माओवादीको दाबी छ ।
७ नम्बर प्रदेशको सबैभन्दा बढी क्षेत्र रहेको कैलालीमा भने एमालेले तीनवटा र माओवादीले दुईवटा लिने गरी सहमति जुटेको जनाइएको छ । दुई निर्वाचन क्षेत्र रहेको ७ नम्बरकै अछामका दुवै क्षेत्र एमालेले लिने सहमति कार्यदलले गरेको छ ।
Comments
अरु समाचार
-
तीन दशकको पत्रकारिता योगदानको कदर, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
सुन्दरहरैँचा, मोरङ, असोज ९ गते । तीन दशकदेखि सञ्चार क्षेत्रमा सक्रिय पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित भएका छन्। सामाजिक गतिविधि,...
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...












