ओली र प्रचण्डकाे देउवालाई चेतावनी, ‘चुनाव सार्ने षड्यन्त्र कुनै पनि हालत अमान्य’
काठमाडौं, ९ कात्तिक । एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रदेश र प्रतिनिधिसभाको चुनाव सार्ने प्रयास नगर्न चेतावनी दिएका छन् । चुनाव सार्ने षड्यन्त्र भईरहेको प्रति लक्षित गर्दै दुवै अध्यक्षले एउटै बोली बोल्दै यस्तो चेतावनी दिएका हुन् ।
वाम गठबन्धन बनाएका दुई दलका शीर्ष नेताहरुले पत्रकार सम्मेलन गरी सर्वोच्चको पछिल्लो आदेशपछि चुनाव सार्ने षड्यन्त्र हुनसक्ने भन्दै आपत्ति जनाएका हुन् । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डले मनोनयनको प्रक्रिया सुरु भइसकेको भन्दै चुनाव सार्न नहुनेमा जोडदिए ।
नेताद्वयले जारी गरेको संयुक्त वक्तव्यमा भनिएको छ, ‘मंसिरमा हुने निर्वाचनलाई कुनै पनि निहुँमा सार्ने, टार्ने वा बिथोल्ने काम(कुरा लोकतान्त्रिक अभ्यासविरुद्ध तथा नेपाल र नेपाली जनताको हित विपरीत हुनजान्छ ।’
संयुक्त पत्रकार सम्मेलनमा एमाले अध्यक्ष ओलीले नागरिकको मताधिकारको अधिकार सबैले रक्षा गर्नुपर्ने भएकाले सानातिना कुरामा नअल्झिइकन तोकिएकै समयमा चुनाव हुनुपर्नेमा जोडदिए ।
प्रधानमन्त्री शेरबहादुर देउवाका पछिल्ला गतिविधि चुनाव सार्ने खालका भएको आरोप लगाउँदै ओलीले लोकतान्त्रिक प्रणालीलाई बिथोल्ने आँट नगर्न चेतावनी पनि दिए । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सबै दल र निर्वाचन आयोगको समेत सहमतिमा मतपत्रको ढाँचा निर्धारण गरिएको भन्दै अहिले यो विषय उठाउनु जायज नभएको बताए ।
चुनाव सार्ने चलखेल भएको संकेत पाएपछि अन्तिम समयमा आफूहरुले सरकार नछाड्ने निर्णय गरेको बताउँदै प्रचण्डले केहिदिन अघि सर्वोच्चको संयुक्त इजलासले गरेको गरेको निर्णयविरुद्ध एकल इजलासको बुधबारको निर्णयले चुनाव सार्ने शंका उब्जाएको बताए ।
Comments
अरु समाचार
-
पोखरामा पञ्चासे जोड्ने आधुनिक पहुँच मार्ग र साइकल ट्र्याक निर्माण परियोजना अघि बढ्ने
पोखरा । पोखरा महानगरपालिकाले पर्यटन प्रवर्द्धन, दिगो शहरी यातायात र वातावरणमैत्री पूर्वाधार विकासलाई लक्षित गर्दै नयाँ महत्वपूर्ण परियोजना अघि बढाउने...
-
पोखरा-लिन्जीबीच सहकार्य विस्तारबारे शिष्टाचार भेटवार्ता
पोखरा । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग चीनको भगिनी सहर लिन्जीका वैदेशिक मामिला उप–निर्देशक तथा सिपीसीका सचिव डानजेङ साङ्झोउ...
-
लागूऔषधविरुद्ध एसपी कविता कटवालको ‘जिरो टोलरेन्स’: के गरिदैछ ?
काठमाडाैं । मोरङ प्रहरीको कमान्ड सम्हालेदेखि नै एसपी कविता कटवालले आपराधिक क्रियाकलापविरुद्ध ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अघि सारेकी...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
पश्चिमी वायुको प्रभाव कायमै- यी ठाउँमा पानी पर्ने सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायु तथा मुलुकको नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ...
-
आज यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायु प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार...
-
चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह
काठमाडौँ । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रका साथै मध्य र...
-
आजदेखि देशभर ‘सरसफाइ सप्ताह’,अभियानमा सक्रिय सहभागी हुन निर्देशन
काठमाडौँ। सरकारले ‘स्वच्छ प्रशासनको नयाँ सङ्कल्प’ अन्तर्गत सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन वैशाख २८ गते (सोमबार) देखि...
-
केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी...












