ओली र प्रचण्डकाे देउवालाई चेतावनी, ‘चुनाव सार्ने षड्यन्त्र कुनै पनि हालत अमान्य’
काठमाडौं, ९ कात्तिक । एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रदेश र प्रतिनिधिसभाको चुनाव सार्ने प्रयास नगर्न चेतावनी दिएका छन् । चुनाव सार्ने षड्यन्त्र भईरहेको प्रति लक्षित गर्दै दुवै अध्यक्षले एउटै बोली बोल्दै यस्तो चेतावनी दिएका हुन् ।
वाम गठबन्धन बनाएका दुई दलका शीर्ष नेताहरुले पत्रकार सम्मेलन गरी सर्वोच्चको पछिल्लो आदेशपछि चुनाव सार्ने षड्यन्त्र हुनसक्ने भन्दै आपत्ति जनाएका हुन् । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डले मनोनयनको प्रक्रिया सुरु भइसकेको भन्दै चुनाव सार्न नहुनेमा जोडदिए ।
नेताद्वयले जारी गरेको संयुक्त वक्तव्यमा भनिएको छ, ‘मंसिरमा हुने निर्वाचनलाई कुनै पनि निहुँमा सार्ने, टार्ने वा बिथोल्ने काम(कुरा लोकतान्त्रिक अभ्यासविरुद्ध तथा नेपाल र नेपाली जनताको हित विपरीत हुनजान्छ ।’
संयुक्त पत्रकार सम्मेलनमा एमाले अध्यक्ष ओलीले नागरिकको मताधिकारको अधिकार सबैले रक्षा गर्नुपर्ने भएकाले सानातिना कुरामा नअल्झिइकन तोकिएकै समयमा चुनाव हुनुपर्नेमा जोडदिए ।
प्रधानमन्त्री शेरबहादुर देउवाका पछिल्ला गतिविधि चुनाव सार्ने खालका भएको आरोप लगाउँदै ओलीले लोकतान्त्रिक प्रणालीलाई बिथोल्ने आँट नगर्न चेतावनी पनि दिए । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सबै दल र निर्वाचन आयोगको समेत सहमतिमा मतपत्रको ढाँचा निर्धारण गरिएको भन्दै अहिले यो विषय उठाउनु जायज नभएको बताए ।
चुनाव सार्ने चलखेल भएको संकेत पाएपछि अन्तिम समयमा आफूहरुले सरकार नछाड्ने निर्णय गरेको बताउँदै प्रचण्डले केहिदिन अघि सर्वोच्चको संयुक्त इजलासले गरेको गरेको निर्णयविरुद्ध एकल इजलासको बुधबारको निर्णयले चुनाव सार्ने शंका उब्जाएको बताए ।
Comments
अरु समाचार
-
पाल्पामा ६० क्विन्टल अवैध मल बरामद !
काठमाडाैं । पाल्पामा प्रहरीले ठुलो परिमाणमा अवैध युरिया मल बरामद गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत बगनासकाली गाउँपालिका ३, आर्यभञ्ज्याङ्ग...
-
शैक्षिक भ्रमणमा चितवन पुगेकी किशोरीको छतबाट खसेर मृत्यु
काठमाडाैं । चितवन सौराहामा शैक्षिक भ्रमणमा आएकी १८ वर्षीया किशोरीको होटलबाट खसेर मृत्यु भएको छ। सिन्धुलीको कमलामाई नगरपालिका–६ की स्नेहा...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
काभ्रेका ललित गिरी धोबीखोलामा मृत भेटिए !
काठमाडाैं । काठमाडाैंकाे धोबी खोलामा साइकलसहित एउटा शव भटिएको छ । जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार...
-
मोरङको गोठगाउँमा बुधबार भव्यरुपमा भट्टराई कुलपूजा गरिँदै
गोठगाउँ (केशव भट्टराई भोजपुरे)। मोरङको सुन्दरहरैैचा वडा नं ७ स्थित गोठगाउँमा भट्टराई बन्धुहरुले यही मंसिर १७ गते बुधबार भव्यरुपमा कुलपूजा...
-
विराटनगर आगजनी प्रकरणः नेपाली कम्युनिष्ट पार्टीका अन्सारीसहित पाँचजना पक्राउ
विराटनगर । जेनजी आन्दोलनका क्रममा गत २४ भदौमा विराटनगरस्थित विभिन्न सरकारी कार्यालयमा गरिएको आगजनी तथा तोडफोड घटनामा संलग्न रहेको आरोपमा...
-
पर्शुराम बस्नेतमाथि मोरङमा किन भयो आक्रमण प्रयास, के बस्नेतराज सकिएकै हो ?
काठमाडाैं । एमालेमा गुन्डागर्दी गर्दै नेता बनेका पर्शुराम बस्नेतमाथि मोरङमा महाधिवेशन प्रतिनिधि छनोटमा गोलमाल गर्न खोज्दा कडा प्रतिवाद गरिएको छ...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...












