ललितपुरका मेयरले पूर्व मन्त्रीदेखि सचिवसम्म सम्मिलित विज्ञ टोली गठन गरे
ललितपुर, १० कात्तिक । ललितपुर महानगरपालिकाले १२ सदस्यीय विज्ञ टोली गठन गरेको छ। मेयर चिरीबाबु महर्जनले महानगरको कामलाई चुस्त बनाउन भन्दै १२ सदस्यीय विज्ञ टोली गठन गरेका हुन्। टोलीमा पूर्व मन्त्रीदेखि पूर्वसचिवसम्म रहेका छन्। टोलीमा पूर्व महिला बालबालिका तथा समाज कल्याणमन्त्री तथा पर्यटन सचिव ऋद्धिबाबा प्रधानलाई सामाजिक सुरक्षातर्फको विज्ञका रुपमा नियुक्त गरेका छन्।
यसैगरी, पूर्वमुख्य सचिव तिर्थमान श्रेष्ठलाई नीति र प्रक्रियाको विज्ञका रुपमा महानगरपालिकाले नियुक्त गरेका छन्।महानगरले सम्पदा, आर्थिक विकास, शहरी विकास तथा व्यवस्थापन, शिक्षा, खेलकुद लगायतका क्षेत्रमा पनि विज्ञ नियुक्त गरेको छ।
‘विज्ञले दिने सुझावका कारण नगरभित्रको आवश्यकता र समस्या पत्ता लगाउन सहज हुने र निर्णयमा पुग्न पनि सजिलो हुन्छ।’ प्रवक्ता राजु महर्जनले भने, ‘हामीले टोलीको ल्लाह र सुझाव अनुसार नै काम गर्न थालिसकेका छौं।’ महानगरले कृषि लगायतका केही महत्वपूर्ण विषयमा विज्ञ नियुक्त गर्न बाँकी रहेको महानगरले जनाएको छ।
Comments
अरु समाचार
-
जापानका लागि प्रस्तावित राजदूत थापाको जापानको स्थायी बसोबास अनुमतिबारे प्रश्न
काठमाडौं । जापानका लागि प्रस्तावित नेपाली राजदूत जिग्यान कुमार थापा जापानको स्थायी बसोबास अनुमति (पीआर) लिएका व्यक्ति रहेको तथ्य सार्वजनिक...
-
सुशासन, नागरिकमैत्री सेवा प्रवाह, विकास निर्माण लगायतमा जोड दिन मुख्य सचिव कार्कीको निर्देशन
भोजपुर । मुख्य सचिव गोविन्द्रबहादुर कार्कीले सरकारी कार्यालयका प्रमुख तथा कर्मचारीलाई सुशासन कायम हुनेगरी काम गर्न निर्देशन दिएका छन्। उनले...
-
दोलखाका युवा नेता ‘नोर्बु शेर्पा’ केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्दै
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का युवा नोर्बु शेर्पाले नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिको उम्मेदवार बन्ने घोषणा...
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...












