यस्तो छ एमाले–माओवादी सिध्याउने कांग्रेसको गोप्य प्लान
काठमाडौं, १० कात्तिक । नेपाली कांग्रेसले समयमै नसच्चिए वाम गठबन्धन सिद्धिने चेतावनी दिएको छ । कांग्रेसलाई सिद्धाउने नियतले गठन भएको वाम गठवन्धन आफै सिद्धिने कांग्रेसको ठहर छ । वाम गठबन्धनमा आवद्ध नेकपा एमाले र माओवादीले कांग्रेसविरुद्ध विभिन्न षडयन्त्रहरु गरिरहेको आरोप लगाउँदै कांग्रेस प्रचार समिति संयोजक बालकृष्ण खाँडले उनीहरु आफै सिद्धिने जिकिर गरे ।
शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा पत्रकार सम्मेलन गर्दै खाँडले भने, ‘पञ्चायतले कांग्रेस सिध्याउँछु भन्दाखेरि कांग्रेस सिद्धिएन, लोकतन्त्र सिद्धिएन, पञ्चायत सिद्धियो । राजाले कांग्रेस सिध्याउँछु भन्दाखेरि राजतन्त्र सिद्धियो । आज एमाले र माओवादीले कांग्रेस सिध्याउँछु, लोकतन्त्रलाई सिध्याउँछु, संसदीय व्यवस्थालाई उल्टाउँछु भन्दाखेरि संसदीय व्यवस्था उल्टिन्न, लोकतन्त्र सिद्धिन्न, कांग्रेस सिद्धिन्न, सिद्धिन्ने पालो एमाले र माओवादीको आएको छ ।’
उनले वाम गठवन्धन कांग्रेसका लागि अवसर र चुनौति दुवै भएको बताए । उनले भने, ‘हिजो राजतन्त्र समाप्त गर्ने हामीलाई अवसर मिल्यो । आज नेपालका कम्युनिष्टहरु निरंकुश हुने क्रममा अघि बढ्दाखेरि उनीहरु समाप्त हुने दिन आइसक्या छ ।’
नेता खाँडले निर्वाचनमा नेपाली जनताको साथ पाउने र कांग्रेसको पूर्ण बहुमत आउने विश्वास व्यक्त गरे । ‘प्रदेशमा पनि हाम्रो बहुमत आउने छ, केन्द्रमा पनि हाम्रो बहुमत आउने छ,’ नेता खाँडले भने, ‘कांग्रेसको प्रधानमन्त्रीत्वमा, सातवटै प्रदेशमा मुख्यमन्त्रीत्वमा निर्वाचनपछि कांग्रेसको सरकार बन्नेछ ।’
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












