अपडेटः कर्फ्युको अवज्ञा गर्दा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु, दर्जनौं घाइते
झापा, १० कात्तिक । झापामा प्रहरीको गोली लागेर दुई जनाको ज्यान गएको छ । बालकको मृत्यु प्रकरणबारे छानविन गर्न माग गर्दै निकालिएको र्यालीमा प्रहरीले गोली चलाउँदा अर्जुनधारा नगरपालिका ११ का नरेश थापा र एक अर्का युवाको ज्यान गएको हो । बिहानदेखि तनाव रहेको विर्तामोडमा स्थिति समान्य बनाउन जिल्ला प्रशासन कार्यालयले शुक्रबार दिउँसो साढे १ बजे देखि अनिश्चितकालसम्मका लागि लगाएको कर्फ्युमा परी थापा र अर्का पहिचान खुल्न नसकेका युवाको ज्यान गएको हो ।
कर्फ्यु लगाइएको समयमा कर्फ्यु तोडेर इलाका प्रहरी कार्यालय विर्तामोड तोडफोडमा गएका प्रदर्शनकारीमाथि प्रहरीले गोली हान्दा ३२ वर्षीय थापालाई लागेको थियो । गोली लागेपछि उपचारको लागि मेची अञ्चल अस्पताल लैजाँदै गर्दा उनको बाटैमा ज्यान गएको प्रहरीले जनाएको छ । उनको घाँटीमा गोली लागेको छ । उनको शव पोष्टमार्टमको लागि लगिएको छ ।
प्रहरीको गोलीबाट अन्य १० जना घाइते भएका छन् । उनीहरुको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये ४ जनाको बिएन्डसी मेडिकल कलेजमा, ४ जनाको मेची अन्चल अस्पतालमा र २ जनाको नजिकैको नीजि अस्पतालमा उपचार भइरहेको छ ।
स्थानीय प्रशासनले झापाको बिर्तामोडमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेपनि स्थानीयले कर्फ्यूको अवज्ञा गरेका छन् । बिरोध र्यालीमा प्रहरीले गोली प्रहार गरेपछि घटनाले उग्र रुप लिएको हो । उक्त घटना हिंसात्मक बन्दै गएपछि स्थानीय प्रशासनले अनिश्चित कालको लागि कर्फ्यू आदेश जारी गरेको हो । बिर्तामोडको मुक्तिचोकलाई केन्द्र मान्दै पूर्वमा बसपार्क छिर्ने बाटो, पश्चिममा चारपाने चोक, दक्षिणमा बिर्ताबजार र उत्तरमा महानन्दचोकसम्म अनिश्चितकालीन कर्फ्यू लगाइएको छ ।
अर्जुनधाराका ११ वर्षीय लक्ष्मण शिवाकोटीको मृत्युको सत्यतथ्य छानविन मागसहित सुरु भएको आन्दोलनले उग्र रुप लिएको छ । आन्दोलनकारीको समूहले बिर्तामोड नगरपालिका मेयर ध्रुव शिवाकोटीको निजीमा गाडी तोडफोड गरेका छन् । उनको घरमा समेत ढुंगामुढा प्रहार भएको छ । यस्तै, जिल्ला ट्राफिक प्रहरी कार्यालयमा पनि तोडफोड भएको छ । कार्यालय परिसरमा राखिएको पूर्वसांसद् प्रेम गिरीको मोटरसाइकल पनि जलाइएको छ । आन्दोलनकारीले मुक्तिचोक आसपास जडान गरिएका सीसी क्यामेरा पनि फुटाएका छन् ।
Comments
अरु समाचार
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
काठमाडाैं । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...












