यि हुन्, वाम गठबन्धनले टुंगो लगाउन नसकेका ५ जिल्ला, कहाँ के विवाद ?
काठमाडौं, १२ कात्तिक । नेकमा एमाले र माओवादीबीचको वाम गठबन्धनमा अझै पाँच जिल्लाको विवाद टुंगिन बाँकी रहेको छ । नेकपा एमाले–माओवादीको वाम गठबन्धनले ७२ जिल्लाको प्रत्यक्षतर्फको उम्मेदवारी टुङ्ग्याएका छन् । बाँकी ५ जिल्लामा अझै सहमति जुट्न सकेको छैन ।
आइतवारसम्म सल्यान, चितवन, झापा, उदयपुर र सुनसरी जिल्लामा टिकट कस्ले पाउने भन्ने टुंगो लाग्न बाँकी रहेको वाम गठबन्धन सम्बद्ध दलहरुले जनाएका छन् । दुवै पार्टीका नेताहरुको समान रुपमा दावी गरेका कारण अन्तिम टुंगो लगाउन बाँकी रहेको छ । दुवै पार्टीले सबै क्षेत्रमा आ-आफ्नो दावी नछोडेपछि अन्तिम टुंगो लगाउन वाम गठबन्धनलाई कठिनाई भएको हो ।
के कारणले अड्कियोः
झापामा एमालेलाई पाँचवटै क्षेत्र चाहिनेः
झापाका एमालेले पाँचवटै क्षेत्रमा दावी गरिरहेको छ । तर माओवादी केन्द्रले भने आफ्ना नेता राम कार्कीका लागि एक क्षेत्र छुट्टयाउन आग्रह गरिरहेको छ। अन्तिममा झापा २ माओवादी केन्द्रलाई छाड्ने गरी छलफल भइरहेको माओवादीका एक नेताले जानकारी दिए।
सुनसरीका सबै क्षेत्रमा पनि एमालेकै दावीः
सुनसरीमा पनि एमालेले सबैक्षेत्र आफुले पाउनुपर्ने दावी गर्दै आएको छ । वामपन्थीहरुको वलियो पकड रहेको सुनसरी क्षेत्र नम्बर १ मा एमाले र माओवादी केन्द्र दुवैले दावी गरेपछि सहमति जुट्न नसकेको हो। एमाले सुनसरीका पाँच वटै सिट दावी गरिरहेको छ। तर माओवादीले भने आफ्नो पनि दावी प्रस्तुत गर्दा विवाद उत्पन्न भएको हो ।
उदयपुरः माओवादीले झापा नपाए उदयपुर माग्दा विवादः
झापा नपाउने स्थिति बनेमा नेता कार्कीलाई उदयपुरबाट उठाउने माओवादी केन्द्रको तयारी रहेको बुझिएको छ । तर उदयपुरमा पनि एमालेले आफ्नो दावी कायम राखेको छ। झापाको विवाद समाधान भएसँगै उदयपुरको टिकट टुंगो लाग्ने नेताहरुले बताएका छन् ।
चितवनमा बादल र एमाले जिल्ला अध्यक्ष दुवैको दावीः
चितवन–२ मा बरिष्ठ नेता रामबहादुर थापा ‘बादल’ लाई प्रतिस्पर्धा गराउने माओवादी केन्द्रको तयारी छ । तर एमाले जिल्ला अध्यक्ष समेत रहेका कृष्णभक्त पोखरेल पनि सोही क्षेत्रमा प्रतिस्पर्धा गर्ने मनसायमा छन् । दुवै पक्षले आ–आफ्नो प्रतिष्ठाको विषय बनाएकाले यो क्षेत्रमा सहमति जुट्न नसकेको हो ।
सल्यान बन्यो दुवै दलको टाउँको दुखाईः
वाम गठबन्धनको लागि सल्यान टाउँको दुखाईको विषय बनेको छ । एकमात्र निर्वाचन क्षेत्र रहेको सल्यानमा एमाले र माओवादीका दुई नेताले सशक्त रुपमा आफ्नो दावी गरेका छन् । एमाले पोलिटव्यूरो सदस्य प्रकाश ज्वाला र माओवादी केन्द्रका टेकबहादुर बस्नेतले आ आफ्नो दावी गरेपछि सल्यानमा टुंगो लगाउन समस्या देखिएको हो । उनीहरु दुवै सल्यान छोड्न मानिरहेका छैनन् । जसले गर्दा वाम गठबन्धनलाई सल्यानको समस्या समाधान गर्न फलामको चिउरा चपाउनुसरह भईरहेको छ ।
Comments
अरु समाचार
-
युद्धका हतियार तोकिएको समयमा विश्वका जुनसुकै ठाउँमा पुग्ने तर मल वा इन्धन किन पुग्दैन ? : बालेन शाह
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले हतियार आपूर्तिका लागि विश्वसँग रहेको तीव्र र प्रभावकारी संयन्त्र किसानका लागि मल तथा इन्धन आपूर्तिमा...
-
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्यूयोर्क। प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा...
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...












