सिटौलाको नाम समानुपातिकबाट हट्यो, प्रत्यक्षमा लड्ने, राप्रपाको यस्तो घोषणा
काठमाडौं, १३ कात्तिक । अन्ततः नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको नाम समानुपातिक सूचीबाट फिर्ता भएको छ । कांग्रेसले समानुपातिकतर्फको बन्दसूची संशोधन गरी निर्वाचन आयोगलाई बुझाउँदा सिटौलाको नाम हटाएको हो । पूर्वमहामन्त्री समेत रहेका सिटौलाको व्यापक असन्तुष्टिपछि कांग्रेसले उनको नाम समानुपाति सूचीबाट हटाएको हो ।
कांग्रेसले राप्रपासँग तालमेलकै लागि सिटौलाको नाम एक नम्बरमा राखेर समानुपातिकतर्फको प्रारम्भिक सूची आयोगमा बुझाएको थियो। समानुपातिकतर्फ नाम राखिएपछि असन्तुष्ट हुँदै आएका नेता सिटौलाले झापा पुगेर मतदाताहरुसँग सुझाव लिएका थिए।
उनले मतदाताहरुको सुझाव र स्थानीय नेता कार्यकर्ताको सुझावका बलमा समानुपातिकतर्फ नै राखिए संसदीय समिति र अन्य जिम्मेवारीबाट राजिनामा दिएर विरोधमा जाने धम्की सभापति शेरबहादुर देउवासहित नेताहरुलाई दिएपछि कांग्रेसले उनको नाम समानुपातिक सूचीबाट फिर्ता लिएको हो।
नाम फिर्ता लिएसँगै सिटौला झापा ३ बाट प्रत्यक्षतर्फ चुनाव लड्ने भएका छन् । उनी प्रत्यक्षबाटै चुनाव लड्ने भएपछि महामन्त्री राजेन्द्र लिङ्देनलाई उठाउने तयारीमा रहेको राप्रपा र कांग्रेसबीच खटपट सुरु भएको छ । यसअघिको सहमति पालना नभए देशभर असहयोग गर्ने चेतावनी राप्रपाले दिएको छ।
सिटौलाको नाम समानुपातिको सूचीबाट हटाउँदै प्रत्यक्षबाटै चुनाव लड्ने भएपछि राप्रपाले कांग्रेससँगको गठबन्धन टुटेको घोषणा गरेका थिए । उनले कांग्रेसबाट धोका भएको टिप्पणी गर्दै गठबन्धनमा नबस्ने घोषणा गरेका हुन् ।
लोकतान्त्रिक गठबन्धनबाट झापा ३ मा उम्मेदवार बन्ने भएपछि गाउँमा भोट माग्दै हिँडेका लिङ्देनले गठबन्धन टुटेको प्रतिक्रिया दिए । उनले भने– एउटै गठबन्धनको उम्मेदवार एउटै निर्वाचन क्षेत्रमा दुईजना भएपछि गठबन्धन त सिद्धिइहाल्यो नि ।’
Comments
अरु समाचार
-
जानकी नवमीमा राष्ट्रिय बिदा दिन शाह नेतृत्वको सरकारसँग साधुसन्तको आग्रह
जनकपुरधाम । जनकपुरधामका साधुसन्तहरुले 'जानकी नवमी' को दिन राष्ट्रिय बिदा दिन बालेन्द्र शाह नेतृत्वको नवगठित सरकारसँग आग्रह गरेका छन् ।...
-
यी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका...
-
आजको मौसम : वर्षा, चट्याङ तथा हिमपातका कारण हुनसक्ने जोखिमप्रति सतर्कता अपनाउनू
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली...
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...












