अवसरवादले सिध्यायो माओवादी !
बहुदलीय व्यवस्थामा आए पश्चात काँग्रेस–एमालेलाई मात्रै भोट दिनेहरूले अन्य दलहरूबाट परिवर्तनको आस राख्नु कागतिको बिरुवा रोपेर सुन्तलाको आस राख्नु जस्तै हो । तर, नेपाली राजनीति यस्तै नियतिहरूका साथ अघि बढ्दै छ । २००७ साल देखि ०४६ साल सम्मको परिवर्तनको लागि नेपाली काँग्रेसले मुख्य भूमिका निर्वाह ग¥यो । २०६२–०६३ सालको जनआन्दोलन मुख्यतः माओवादी जनयुद्धको जगमा भएको सबैमा जगजाहेर नै छ । त्यसयताको राजनीति पनि माओवादीकै एजेण्डा वरिपरी छ ।
राजनीतिक रूपमा एउटै पार्टीमा रहँदा रहँदै पनि बिचारमा मत भिन्नता रहेको देखाउँदै विभिन्न राजनीतिक शक्तिहरू बेलाबखत विभाजित भएका इतिहास प्रशस्त छन् । तर, जसले बिचार र कार्यदिशामा असन्तुष्टि पोख्दै पार्टी विभाजन गरेका छन् उनीहरूले जनताको पक्षमा कुनै पनि काम गर्न सकेको देखिदैन । कुनै समय नेकपा एमाले विभाजन गर्ने बामदेब गौतम, नेपाली काँग्रेस विभाजन गर्ने शेरबहादुर देउवा हुन् या काँग्रेसबाट छुट्टिएर फोरममा प्रवेश गरी स्वयम् मधेशी जनअधिकार फोरम विभाजन गरी लोकतान्त्रिक गठन गरेका विजयकुमार गच्छेदार हुन् उनीहरूले कुनै पनि रूपमा पार्टी विभाजनको औचित्य पुष्टि गर्न सकेनन् । र, अन्त्यमा व्यक्तिगत स्वार्थलाई केन्द्रमा राख्दै माऊ पार्टीमा फर्के ।
पार्टी विभाजनको इतिहास केलाँउदा सबैभन्दा बढि विभाजित पार्टी हो माओवादी । जसले छोटो समयमा धेरै पटक विभाजित हुनुप¥यो । जनयुद्धको समयमा जनताको भरोसाको केन्द्र थियो माओवादी। तर, शान्ति प्रक्रियामा आएपछि सरकारको नेतृत्व गरेसँगै छिटफुट रूपमा बाहेक माओवादीलाई जनताले पत्याउनै छाडे ।
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको संघारमा मुलुक छ । वाम र लोकतान्त्रिक गरी आ–आफ्नो दल रक्षाका लागि दलहरू गठबन्धनका साथ चुनावमा उत्रिएका छन् । कुनैबेला सबैभन्दा ठूलो पार्टी बनेको माओवादी अहिले अस्थित्व रक्षाका लागि निर्वाचनमा एमालेसँग नजिकिएको छ । खासगरी शान्ति प्रक्रियामा आएपछि प्रचण्डले पार्टीलाई सही नेतृत्व गर्न सकेनन् । जनयुद्धका योजनाकार, पार्टीका अति महत्वपूर्ण व्यक्ति डा.बाबुराम भट्टराई र मोहन वैद्य ‘किरण’ लाईसमेत पार्टीमा अड्याउन सकेनन् । डा.भट्टराईले पार्टी परित्याग गरेपछिको पार्टीको अवस्था नाजुक भएर एमालेसँग एकताको कुरो चलिरहेकै छ । प्रचण्डको यही कमजोरीकै कारण पार्टी कमजोर बनेको हो ।
दलहरू जुट्नु स्वागतयोग्य हो । अहिलेको वाम गठबन्धनले पनि जुटेर अघि बढ्नुपर्ने आवश्यकता सबै जनताले गरेका छन् । तर, गठबन्धन भएको केहि दिन नबित्दै डा.भट्टराई बाहिरिनुले पनि गठबन्धनभित्र लोभीपापीहरूकै हालिमुहाली रहेको पुष्टि हुन्छ । त्यसो त वाम गठबन्धनले देशलाई निकास दिन नसक्ने केही आधारहरू निर्वाचनमा टिकट वितरणमै देखिएको छ ।
वाम एकता आवश्यकता हो तर, प्रचण्डले त्यसअघि पूर्व माओवादी नेताहरू बिच एकताको प्रयास थाल्नुपर्थ्यो । उनले त्यसो त गर्न चाहेनन् नै बरू वाम एकतामा आएका बाबुरामलाई पनि क्षेत्र बाँडफाँडको बिषयमा बखेडा निकालेर गठबन्धनबाट बाहिरिन बाध्य बनाए । यस घटनाले त अझै गठबन्धन हुनुमा रहस्य रहेको संकेत गरेको छ ।
एउटै इतिहास निर्माणको लागि एउटै पार्टीमा रहेर लडेका नेताहरूबचि आज किन पानी बाराबारको स्थिति आयो ? राजनीतिक रूपमा आज किन एउटाले अर्काको अस्थित्व स्वीकार गर्न नसक्ने स्थिति आयो ? किन हिजो पार्टीलाई योगदान गर्नेहरूलाई निराश बनायो माओबादी नेतृत्वले ? यस बिषयमा न पार्टी नेतृत्वको ध्यान गएको छ न आम कार्यकर्ताको नै । सबैले पार्टीभित्र आफ्नो स्वार्थ बाहेक केही खोजेको देखिन्न । आज पनि हिजो माओवादी जनयुद्धमा रगत पसिना बगाउने अधिकांश युवाहरू खाडीमा बेल्चा चलाइरहेका छन् । तिनकाबारे किन पूर्व माओवादी नेताहरूले एकशब्द बोल्दैनन् ? माओवादी कार्यकर्ताहरू अहिले पनि वाम एकताको पक्षमा छन् । तर, एमाले–माओवादी मात्र होइन सबै पूर्व माओवादी नेताहरूसहितको एकता चाहान्छन् । यदि प्रचण्डले आफू एक्लैको राजनीतिक भविष्य सुरक्षित गर्नको लागि भन्दै आम कार्यकर्ताको भावना विपरित एमालेसँग पार्टी एकता गरेमा उनको बारेमा माओवादी आन्दोलनलाई धोका दिएको ठहरिने छ ।
उनी आत्मसमर्पणवादको बाटोमा लागेको यो पहिलोपटक भने होइन । संसदिय व्यवस्थालाई प्रधान शत्रु मानेर सुरुवात गरिएको जनयुद्धको अन्त्य संसदिय व्यवस्थालाई नै नै स्वीकार गरेर अन्त्य गर्नुले नै माओवादी आत्मसमर्पणवादको बाटोमा लागेको पुष्टि हुन्छ । शान्ति प्रक्रियाकै क्रममा जनमुक्ति सेनाको विघटन गराइयो । हतियारहरू प्रतिक्रियावादी सत्तालाई बुझाइयो । र, २०५७ सालमै दोस्रो राष्ट्रिय सम्मेलनबाट निर्णय गरिएको संविधानसभाको कार्य दिशालाई कार्यान्वयन गर्ने क्रममा पहिलो संविधानसभामा भाग लिएर संविधानसभा मार्फत् क्रान्ति सम्पन्न गर्ने उद्देश्यसाथ गठन गरिएको र माओवादीकै बढि संख्या रहेको संविधानसभालाई माओवादीकै सरकार रहेको बेलामा विघटन गराईयो । त्यतिमात्र होइन पार्टीभित्र रहेका क्रान्तिकारी धारलाई पाखा लगाएर आत्मसमर्पणवादी समूहलाई बलियो बनाउने काम नेतृत्वले ग¥यो । यदि त्यसरी आत्मसमर्पण गरी एमालेसँग मिल्न नै भए १० वर्षे जनयुद्धको औचित्य के थियो ? त्यसको जवाफ जनताले अब को सँग खोज्ने ? अनि हिजो जनयुद्धको नाममा दुःख भोग्ने जनता माओवादी नेतृत्वको कदमप्रति चुप बस्न पक्कै बस्दैनन् ।
यो पनि पढ्नुस् ।
http://news-nepal.com/%e0%a4%95%e0%a4%9a%e0%a5%8d%e0%a4%9a%e0%a4%be-%e0%a4%95%e0%a4%ae%e0%a5%8d%e0%a4%af%e0%a5%81%e0%a4%a8%e0%a4%bf%e0%a4%b7%e0%a5%8d%e0%a4%9f%e0%a4%95%e0%a4%be-%e0%a4%b8%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a4%be/
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
लोकतान्त्रिक मूल्य सुदृढ बनाउन अग्रज नेताको आदर्श आत्मसात् गर्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी
ललितपुर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक मूल्यमान्यता, नैतिकता, सुशासन र जनउत्तरदायित्वलाई सुदृढ बनाउन अग्रज राजनीतिक व्यक्तित्वहरूको आदर्शलाई आत्मसात् गर्न आवश्यक...
-
परिणाममुखी काम गर्न प्रेस काउन्सिल र दूरसञ्चार प्राधिकरणका नवनियुक्त अध्यक्षलाई सञ्चारमन्त्रीको निर्देशन
काठमाडौँ । प्रेस काउन्सिल नेपालको अध्यक्षमा नियुक्त उमेश श्रेष्ठ र नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले नियुक्तिपत्र ग्रहण गरेका छन्।...
-
साउन १ देखि सर्वोच्च अदालतको नियमित सुनुवाइ ११ दिन प्रभावित
काठमाडौं । नयाँ आर्थिक वर्षका लागि लगत सार्ने वार्षिक प्रक्रियाका कारण सर्वोच्च अदालतमा साउन १ गतेदेखि नियमित सुनुवाइ ११ दिनसम्म...
-
रेशम चौधरीलाई आममाफीविरुद्ध परेको मुद्धाको आज सुनुवाई हुँदै
काठमाडौं । रेशम चौधरीलाई आमआफी दिनेविरुद्ध परेको मुद्धाको आज (शुक्रबार) पेशी तोकिएको छ । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी...
-
राष्ट्रिय सभा: एकै दिन ६ विधेयक पारित, संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा
काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा...
-
पीडित शारदा बोहराको आग्रहः ‘रेशम चौधरीलाई आममाफी नदिइयोस्, अदालतको फैसला कार्यान्वयन होस्’
काठमाडौं । टीकापुर घटनामा मारिएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायत बोहराले रेशम चौधरीको रिहाइप्रति असहमति जनाउँदै...
-
प्रतिनिधिसभाको बैठकमा आज राष्ट्रिय सेवा दल विधेयक प्रस्तुत गरिँदै
काठमाडौँ । संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट कानून,...
-
मन्त्रिपरिषद्का ८ महत्वपूर्ण निर्णय के–के ? गोविन्दबहादुर कार्की मुख्य सचिव नियुक्त
काठमाडौँ । सरकारले नेपाल सरकारको मुख्य सचिव पदमा गोविन्दबहादुर कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री...












