१ नम्बर प्रदेशको चुनावी प्रतिस्पर्धाः वाम गठबन्धन कि लोकतान्त्रिक गठबन्धन ?
काठमाडौं, १४ कात्तिक । यतिबेला प्रतिनिधिसभा र प्रदेशसभाको चुनावको सरगर्मी बढेको छ । प्रदेश नम्बर एकमा पनि चुनावी चहलपहल बढेको छ । राजनीतिक दलहरु आफ्ना उम्मेदवार विजयी गराउन मतदाता भेटघाट, घरदैलो कार्यक्रम लगायतका प्रचारात्मक कार्यक्रमलाई तिब्रता दिईरहेका छन् ।
पहिलो चरणमा प्रदेश नम्बर एकका ६ जिल्लामा चुनाव हुँदैछ । हिमाली र पहाडी जिल्लामा हुने पहिलो चरणको चुनाव राजनीतिक दलदहरु मत माग्न व्यस्त भइरहँदा चुनावी अड्कल बाजीहरु पनि सुरु भइसकेको छ ।
प्रदेश नम्बर एकमा हुने पहिलो चरणको चुनावमा ताप्लेजुङ्ग, भोजपुर र संखुवासभाको चुनावी सरगर्मी अन्यको भन्दा बढी नै छ । यहाँ केन्द्रीय नेताहरुको उम्मेदवारीले पनि अन्यत्रको समेत ध्यान खिचेको छ । तप्लेजुङ्गमा एमाले सचिब योगेश भट्टराई चुनावी मैदानमा छन् ।
भोजपुरमा एमाले नेता शेरधन राई प्रदेश सभामा लड्दै छन् । शेरधनले उम्मेदवारी घोषणा अघि नै मुख्यमन्त्रीको दावेदारी प्रस्तुत गरेका कारण पनि चर्चा र चासोको विषय बनेको छ ।
ओखलढुङ्गामा कांग्रेस नेता रामहरी खतिवडा र एमाले नेता यज्ञराज सुनुवार बिचको भिडन्तले चुनावी प्रतिस्पर्धालाई निकै रोचक बनाईरहेको छ । यो बाहेक संखुवासभामा एमाले नेता राजेन्द्र गौतम र पूर्वमन्त्री दिपक खड्का बिचको चुनावी प्रतिस्पर्धाले पनि जिल्लामा चुनावको रौनक बढेको छ ।
यो बाहेक पाँचथरमा समेत कांग्रेसका प्रभावशाली नेता भिष्मराज आङ्दम्बे चुनावी मैदान छन् । केन्द्रीय नेताहरु नै उम्मेदवार बनेका कारण यी जिल्लामा चुनावी प्रचार समेत तिब्र भएको छ । स्थानीय तहको चुनावको मत परिणामलाई हेर्ने हो भने प्रदेश नम्बर एकमा बाम गठबन्धन अगाडि छ तर स्थानीय तहको चुनावलाई मात्रै हेरर चुनावी विश्लेषण गर्नुको अर्थ भने छैन ।
प्रदेश नम्बर एकमा रहेका एक सय ३८ स्थानीय तह मध्ये एमालले ६९ स्थानमा प्रमुखपद जितेको छ भने कांग्रेस ५१ स्थानीय तहमा विजयी बनेको थियो । गठबन्धनमा रहेको माओवादीले ९ स्थानीय तहको प्रमुख पद जितेको छ । प्रदेश नम्बर एकमा संघीय समाजवादी फोरमले २ स्थानीय तह राप्रपाले तीन र लोकतान्त्रिक फोरमले ३ स्थानीय तहमा जितेका थिए ।
यो तथ्यांकलाई पनि आधार मानेर हेर्दा वाम गठबन्धन नै बलियो छ । वाम गठबन्धनको स्थानीय तह मतपरिणाम जोड्दा ७९ सिटमा प्रमुख जितेको थियो । कांग्रेस र उ सँग सहकार्य गर्ने राप्रपा र फोरम लोकतान्त्रिक लगायतका दलले ५९ सिटमा विजयी भएका थिए ।
मंसिर १० को पहिलो चरणमा चुनाव हुने जिल्लाः
सोलुखुम्बु:
स्थानीय तहको चुनावमा वाम दलले सोलुखुम्बुमा २१ हजार ६ सय ९९ मत पाएको थियो भने नेपाली कांग्रेसले १२ हजार ७ सय १८ मत पाएको थियो । यस आधारमा यहाँ वाम गठबन्धनको मत कांग्रेसले पाएको भन्दा ८ हजार ९ सय ८१ मत भन्दा बढी छ । प्रतिनिधिसभाका लागि एउटा मात्र निर्वाचन क्षेत्र रहेको सोलुखुम्बुमा ६९ हजार ४ सय २२ मतदाता छन् ।
ओखलढुङ्गाः
स्थानीय तहको चुनावमा ओखलढुङ्गमा वाम गठबन्धनले ३३ हजार ५ सय ३१ मत पाएको थियो भने नेपाली कांग्रेसले २६ हजार १ सय ५ मत पाएको थियो । यो आधारमा यहाँ वाम गठबन्धनको पक्षमा नेपाली कांग्रेसको भन्दा ७ हजार ४ सय २६ मत बढी छ । ओखलढुङ्गामा प्रतिनिधिसभा चुनावका लागि वाम गठबन्धनबाट एमालेका यज्ञराज सुनुवार र नेपाली कांग्रेसका तर्फबाट रामहरि खतिवडाबिच प्रतिस्पर्धा हुँदैछ ।
ओखलढुङ्गमा यी दुवै नेता प्रभावशाली युवा नेताका रुपमा चिनिन्छन् । २०७० को दोश्रो संविधानसभाको चुनावमा एमालेका तर्फबाट ओखलढुङ्गा क्षेत्र नं १ बाट विजयी सांसद यज्ञराज सुनुवार र क्षेत्र नं २ बाट निवार्चित रामहरि खतिवडाबिचको चुनावी प्रतिस्पर्धा रोचक हुने भएको छ । अहिले ओखलढुङ्गामा एउटा मात्र निर्वाचन क्षेत्र रहेको छ भने १ लाख २ हजार २ सय ६३ मतदाता रहेका छन् ।
ताप्लेजुङ्गः
स्थानीय तहको चुनावमा वाम गठबन्धनको २४ हजार ९ सय १७ मत आएको थियो भने नेपाली कांग्रेसको १९ हजार ५ सय ७२ मत आएको थियो । यस आधारमा यहाँ नेपाली कांग्रेसको भन्दा वाम गठबन्धनको ५ हजार ३ सय ४५ मत बढी छ । ताप्लेजुङमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको १२ सय ७ मत रहेको थियो । ताप्लेजुङमा वाम गठबन्धनबाट एमाले नेता योगेश भट्टराई र नेपाली कांग्रेसका तर्फबाट केशब दाहाल प्रतिस्पर्धा हुँदैछ । प्रतिनिधिसभा चुनाव लागि एक क्षेत्र रहेको ताप्लेजुङमा ७८ हजार ४ सय ११ मतदाता रहेका छन् ।
संखुवासभाः
स्थानीय तहको चुनावमा संखुवासभामा वाम गठबन्धनले ३३ हजार ६ सय २४ मत पाएको थियो भने नेपाली कांग्रेसले २७ हजार ४ सय ६१ मत ल्याएको थियो । यहाँ नेपाली कांग्रेसले भन्दा वाम गठबन्धनले ६ हजार १ सय ६३ बढी मत पाएको छ । संखुवासभामा राप्रपाको १ हजार मत छ भने अन्य दलको नगन्य उपस्थिति छ । प्रदेश नम्बर १ को पूर्वी पहाडी जिल्ला संखुवासभामा प्रतिनिधिसभा चुनावका लागि एक निर्वाचन क्षेत्र रहेको छ । यहाँ १ लाख ५ हजार ६१ मतदाता रहेका छन् । संखुवासभामा वाम गठबन्धनबाट एमाले नेता राजेन्द्र गौतम र नेपाली कांग्रेसका तर्फबाट दीपक खड्का चुनावी मैदानमा छन् ।
पाँचथरः
स्थानीय तहको चुनावमा यहाँ वाम गठबन्धनले ४० हजार ४ सय १८ मत पाएको थियो भने नेपाली कांग्रेसले २७ हजार ७ सय ७६ मत पाएको थियो । यहाँ राप्रपाको १५ सय र संघीय समाजवादी फोरमको ११ सय हाराहारी मत छ । पाँचथरमा एमाले माओवादी गठबन्धनबाट एमाले नेता बसन्त नेम्वाङ् र नेपाली कांग्रेसका तर्फबाट भीष्मराज आङ्दाम्बे चुनावी प्रतिस्पर्धामा छन् । भिष्मराज आङ्दाम्बे कांग्रेसका प्रभावशाली नेता मानिन्छन् । पाँचथरमा १ लाख २५ हजार २ सय २२ मतदाता रहेका छन् ।
भोजपुरः
स्थानीय तहको चुनावमा भोजपुरमा वाम गठबन्धनले ३८ हजार ४ सय ५४ मत पाएको थियो भने नेपाली कांग्रेसले २० हजार ५ सय ६१ मत पाएको थियो । कांग्रेसले पाएको मत वाम दलले पाएको मत भन्दा १७ हजार ८ सय ९३ मत कम हो । भोजपुरमा प्रतिनिधिसभा चुनावका लागि वाम गठबन्धनबाट माओवादीका नेता सुदन किराँती र नेपाली कांग्रेसका तर्फबाट उमेशजंग रायमाझी प्रतिस्पर्धााम छन् । भोजपुरमा १ लाख १३ हजार ८ सय ९६ मतदाता रहेका छन् ।
खोटाङः
खोटाङमा गएको स्थानीय तहको निर्वाचनमा बाम दलले ३३ हजार ५ सय ३१ मत पाएको थिए । नेपाली कांग्रेसले २६ हजार १ सय ५ मत पाएको थियो । यहाँ नेपाली कांग्रेसले पाएको मत भन्दा वाम गठबन्धनको पक्षमा ७ हजार ४ सय २६ मत बढी मत छ । प्रतिनिधिसभा चुनावका लागि एक निर्वाचन क्षेत्र रहेको खोटाङमा १ लाख २५ हजार १ सय ७८ मतदाता छन् । यहाँ वाम गठबन्धनको तर्फबाट एमाले नेता विशाल भट्टराई र नेपाली कांग्रेसका तर्फबाट सरस्वती मजिमयबिच प्रतिस्पर्धा हुँदैछ ।
दोस्रो चरणमा हेभिवेटको भिडन्तः
मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा प्रदेश नम्बर एकमा हेभिवेट नेताहरुको भिडन्त हुँदैछ । इलामबाट पूर्व प्रधानमन्त्री झलनाथ खनाल र सुवास नेम्बाङ, झापाबाट एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस नेता कृष्ण सिटौला, सुनसरीबाट कांग्रेसका विजय गच्छदार, एमाले सचिव भीम आचार्यको उम्मेदवारी हुँदैछ । मोरङ्गमा कांग्रेस नेताहरु शेखर कोइराला, महेश आचार्य चुनावी मैदानमा छन् भने लालबाबु पण्डित पनि मोरङ्गबाट लड्दै छन् । यो बाहेक राप्रपाका राजेन्द्र लिङ्देन, राप्रपा प्रजातान्त्रिकका सुनिल बाबु थापा र माओवादी नेता गोपाल किराँती पनि चुनावी मैदानमा भएपछि यहाँको चुनावी सरगर्मी तातेको छ ।
फोरक लोकतान्त्रिकले एक र संघीय समाजवादी फोरमले एक स्थानीय तह जितेको मोरङ्गमा उपेन्द्र यादबको समेत उम्मेदवारी हुनेछ । सुनसरीमा पनि वाम गठबन्धन र कांग्रेसकै बिचमा प्रतिस्पर्धा हुने देखिन्छ । सुनसरीमा वाम गठबन्धनमा माओवादी केन्द्रको खासै मत स्थानीय तहमा आएको छैन । जिल्लाका स्थानीय तह मध्ये एमालेले तीन वटा स्थानीय तहमा विजय हासिल गरेको छ । २ मा स्थानीय तह लोकतान्त्रिक फोरमले जितेको थियो भने एक स्थानीय तह संघीय समाजवादी फोरमले जितेको छ । भने ६ स्थानीय तहमा कांग्रेसले बाजी मारेको छ । धनकुटामा एमालेको प्रभाव राम्रो मानिन्छ त्यहाँका सातवटै स्थानीय तहमा एमालेले बाजी मारेको थियो ।
झापामा वाम गठबन्धन र कांग्रेसका बिचमा प्रतिस्पर्धा देखिन्छ । झापामा ७ वटा स्थानीय तहमा एमालले प्रमुख पद जितेको छ । तीनवटामा राप्रपाले बाजी मार्दा एउटा स्थानीय तह माओवादीले जितेको छ । ५ स्थानीय तह कांग्रेसले जितेको छ । इलाममा ७ स्थानीय तह एमालेले जित्दा कांग्रेसले २ वटामा बाजी मारेको छ ।
Comments
अरु समाचार
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
काठमाडाैं । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
अधिवक्ता मञ्जु मिश्र कैलाली–३ बाट स्वतन्त्र उम्मेदवार
धनगढी । युवा कानुन व्यवसायी अधिवक्ता मञ्जु मिश्र आगामी प्रतिनिधिसभा निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारका रूपमा...











